×

NMB BANK
NIC ASIA

दुर्व्यसनीमा युवा

अत्यावश्यक औषधिको चरम दुरूपयोग: मिश्रण गरेर लागूऔषध बनाउने गिरोह सक्रिय, महँगोमा किनबेच

विराटनगर | कात्तिक १४, २०८०

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कोशी प्रदेशका तराईंका जिल्लामा बिरामीलाई अति आवश्यक पर्ने औषधिको दुरूपयोग बढ्दै गएको छ । बिरामीले सेवन गर्ने औषधिको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएको हो । औषधिको दुरूपयोग गरी लागूऔषधको रूपमा प्रयोग गर्ने र कानूनविपरीत बिक्रीवितरण गर्ने गिरोह प्रदेशका मुख्य शहर र ग्रामीण क्षेत्रमा सञ्जाल बनाएरै सक्रिय रहेको पाइएको छ ।

Muktinath Bank

डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधिलाई मिश्रण गरेर लागूऔषध बनाएर युवा पुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो । यी बिरामीले दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गर्न पाउने औषधि हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी औषधिको चरम दुरूपयोग बढेको औषधि व्यवस्था विभाग(डीडीए) विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रत्येक वर्ष औषधिको अनुचित प्रयोग गरी दुरुपयोग गर्नेको संख्या बढेको कारणले अदालतमा मुद्दा संख्या पनि बढ्दो रहेको डीडीएको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा औषधिको दुरुपयोग गर्ने विरुद्ध ४५ वटा मुद्दा अदालतमा दर्ता भएको छ । यो संख्या प्रत्येक वर्ष बढ्दो रहेको छ । चालु आर्थिक वर्षको कार्तिक १२ गतेसम्म अदालतमा १८ वटा मुद्दा दर्ता भएका छन् ।

Vianet communication
Laxmi Bank

डीडीए विराटनगरले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा औषधिको अनुचित प्रयोग गरेको १७ वटा मुद्दा अदालतमा दर्ता गरेको देखिन्छ । १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो । औषधि ऐन, २०३५ अनुसार औषधिको अनुचित प्रयोग गरेर बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

जुन जिल्लाबाट औषधिको अनुचित प्रयोग गरेको आरोपमा प्रतिवादी पक्राउ गर्‍यो त्यही जिल्लाको सम्बन्धित अदालतमा अभियोग लैजानुपर्ने हुन्छ । जसले गर्दा कम जनशक्ति भएको डीडीएमा काम गर्न कठिनाइ हुने गरेको कर्मचारी बताउँछन् ।

विभागले गरेको अनुसन्धानबाट डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर बिक्री गर्ने गरेको खुलेको थियो । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने गरेको चिकित्सकले बताएका छन् ।

त्यही भएर अवैध रूपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । ‘प्रतिबन्धित औषधिहरू भारतदेखि भित्र्याएपछि पूर्वी सरहमा भण्डारण गरी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ कार्यालय प्रमुख मिश्रले भने, ‘अवैध रूपमा ल्याएको औषधिको चरम दुरूपयोग गर्दै गिरोहले दुर्व्यसनीमा लागेका युवाहरूलाई महंगो मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । उनीहरूले डाइसाइक्लो माइनउस, ट्रामाडोल र प्रिगावालिन मिसाएर लागूऔषध बनाएर बिक्री गरेको पाइयो ।’ 

यसरी औषधिलाई लागूऔषध बनाएर बिक्री वितरणमा गर्नेमा औषधि पसल सञ्चालन गर्ने सञ्चालकहरू पनि रहेका छन् । प्रतिबन्धित औषधि ट्रामाडोल र स्पासपेन मिलाएर लागूऔषध बनाएर ५ देखि ७ सय रूपैयाँसम्म बिक्री वितरण गर्ने गरेको छन् । प्रतिबन्धित औषधिलाई लागूऔषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केरावारी, बेलवारी, उर्लावारी, मधुमल्ला, पथरी, बेलबारीलगायत सहरमा बिक्री वितरण गर्दै आएका छन् । 

पक्राउ परेका प्रतिवादीहरूले २० देखि ३० हजार रुपैयाँको प्रतिबन्धित औषधि भारतमा खरिद गरेर पूर्वी शहरमा ल्याएर उक्त औषधि लागूऔषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्म बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् । ‘औषधिलाई लागूऔषध बनाएर पूर्वी सहरमा पुर्‍याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ । चालक प्रयोग गर्दा प्रहरी र नियमक नियाको ध्यान नजाने भएकोले औषधिको दुरुपयोग गर्ने गिरोहले निक्कै चलाखी गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । 

यसरी औषधिको दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी कमाउ धन्दामा केही फार्मेसी सञ्चालकहरू पनि संलग्न रहेको विभागले जनाएको छ । ‘पूर्वी सहरमा औषधिको दुरुपयोगको अवस्था भयावह रहेको छ । पर्याप्त जनशक्ति नभएको कारणले डीडीए एक्लैबाट मात्र यसको नियन्त्रण सम्भव छैन । यसलाई सामाजिक मुद्दा बनाएर सबै क्षेत्रको निकाय रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘प्रहरीको संयन्त्र हरेक स्थानीय तहसम्म र बोर्डरसम्म पुगेकाले प्रहरीको थप भूमिका दिनुपर्ने अवस्था छ ।’

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधको रूपमा सेवन गर्दा शरीर र मानसिक रूपमा असर गरी स्मरणशक्तिमा ह्रास आउनुको साथै ओभर डोजले ज्यान जानसक्ने खतरा हुने डा. रोशन खड्काले बताए । ‘यसको अधिक मात्रामा प्रयोगले मानसिक समस्या मात्र गर्दैन । ओभर डोजले ज्यान जान सक्नेसम्म खतरा हुने गर्दछ,’ डा. खड्काले भने, ‘स्वास प्रस्वासमा समस्या भएर पेटमा पनि थुप्रै समस्या हुने गर्दछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x