×

NMB BANK
NIC ASIA

चाडबाडमा नेपाली उपभोक्ता

सस्तोका लागि सीमापारिः जोगबनीमा नेपाली उपभोक्तादेखि व्यापारीसम्मको भीड

विराटनगरका सुपथ मूल्य पसलमा समेत पाइँदैन चिनी, व्यापारमा पनि मन्दी

विराटनगर | कात्तिक २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको जोगबनी बजारमा यतिबेला तिहारका लागि किनमेल गर्नेको नेपाली उपभोक्ताको भीड बढेको छ । दशैंदेखि शुरू भएको  नेपालको सीमावर्ती बजारको भीड तत्कालै रोकिने छाँट देखिँदैन । प्रायः छठसम्म नै जोगबनीमा नेपाली उपभोक्ताको भीड हुने गरेको छ । 

Muktinath Bank

विराटनगर, इटहरी र धरानमा भन्दा जोगबनीमा लुगाफाटा तथा खाद्यान्न सस्तो पर्ने भएकाले नेपाली उपभोक्ता त्यहाँ जाने गरेका छन् । त्यसो त व्यापारीको गन्तव्य पनि जोगबनीले हुने गरेको छ । विशेषगरी चिनी सस्तो पाइने लोभमा उनीहरूको गन्तव्य सीमापारि हुने गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

अधिकांश उपभोक्ता जोगबनी जाने हुँदा यसको मारमा नेपाली व्यापारी परेका छन् । यसले गर्दा दशैँ, तिहार, छठजस्ता ठूला चाडपर्वमा औद्योगिक नगरी विराटनगरको व्यापारमा मन्दी आउने गरेको छ । 

Vianet communication
Laxmi Bank

चाडपर्व लक्षित घरायसी किनमेलका लागि सीमा नाकामा खासै अवरोध हुँदैन । सामान्य चेकजाँच मात्रै हुने गरेको छ । यसले गर्दा सस्तो सामानको खोजीमा मोरङ, सुनसरी, झापा र धनकुटासम्मका नेपाली उपभोक्ता सीमावर्ती बजार जोगबनी पुग्ने गरेका छन् । ‘चाडपर्व लक्षित किनमेलमा दुई पैसा जोगाउन विराटनगर, रंगेली, बेलबारी, उर्लाबारी, दुहबी, इटहरी, धरान, धनकुटा र दमकसम्मका नेपाली उपभोक्ताले भारतको बजारमा आएर सामग्री लाने गरेका छन्,’ सफारी चालक अनिल साहले भने ।

null

विराटनगरमा ऐतिहासिक रथ यात्रा हुने गरेको छ । रथ तान्नका लागि १० हजारभन्दा बढी मानिस यहाँ आउने गरेका छन् । तर चाडपर्वको बेला देनिक १० हजारभन्दा बढी मानिस जोगबनी जाने गरेको नाकामा खटिएका सुरक्षाकर्मीहरू बताउँछन् ।

त्यसो त सरकारले प्रमुख चाडबाडलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । विराटनगरको साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज २१ गतेबाट नुन र स्टिम जिरा मसिनो चामलको बिक्री गरिरहेको छ । सुपथ मूल्य पसलमार्फत २० रुपैयाँ प्रतिकेजीको नुन १८ रुपैयाँ र ८३ रुपैयाँ प्रतिकेजीको चामल ७६ रुपैयाँमा बिक्री वितरण गरिरहेका छन् । सहुलियत दरमा ७ रुपैयाँ छुटसहित प्रतिव्यक्ति २५ किलोसम्म चामल बिक्री वितरण गर्ने गरिएको खाद्य व्यवस्थाले जनाएको छ ।

null

सुपथ मूल्य पसलबाट बिक्री हुने अन्य खाद्यान्नमा समेत सरकारले पछिल्लो समय कटौती गर्दै आएको छ । विगत २ वर्षयता सोना मन्सुली र बासमती चामल प्राप्त हुनै छोडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

nullउपभोक्ताले रुचाउन छोडेपछि विगत २ वर्षदेखि साल्ट ट्रेडिङले पनि नुनमात्र बिक्री गरिरहेको छ । यसअघिका चाडपर्वमा चिनी पनि बिक्री वितरण गर्दै आएको थियो । तर अहिले त्यहाँ चिनी पाइँदैन । उपभोक्ताले किन्नै छोडेपछि सरकारले पठाउन बन्द गरेको । साल्ट ट्रेडिङले जनाएको छ ।

null 

यसले गर्दा पनि उपभोक्तासँगै व्यापारीहरू पनि चिनी किन्नका लागि सीमापारि जोगबनी जाने गरेको पाइएको छ ।

nullमोरङको बेलबारीका केदारमणि पौडेल चिनी किन्नका लागि ६० किलोमिटर दूरी पार गरेर जाेगबनी जाने गरेको बताउँछन् । ‘चिनी किन्न जोगबनी  जानैपर्छ । यसैबेला खाद्यान्न र लताकपडा पनि लिएर आउँछु,’ उनले भने ।

null

अर्की उपभोक्ता दुर्गा नेपालले पनि आफू चिनी किन्नकै लागि इटहरीबाट जोगबनीसम्म आएको बताइन् । सबै उपभोक्ता जोगबनी जाँदा विराटनगर भने सुनसान हुने गरेको व्यापारीको गुनासो छ । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x