×

NMB BANK
NIC ASIA

कोशी प्रदेश सभाको एक वर्ष

अस्थिरतामा रुमलिएको कोशी प्रदेश: एक वर्षमा पाँच मुख्यमन्त्री र २१ मन्त्री

वर्षभरिमा तीनवटा कानुन निर्माण

काठमाडाैं | मंसिर ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन भएको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा कोशीमा सरकार बनाउने र गिराउने खेलमात्रै भएको छ । एक वर्षमा ५ मुख्यमन्त्री र २१ जना मन्त्री बनिसकेका छन् ।

Muktinath Bank

गत पुस २४ मा एमालेका हिक्मत कार्की दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा र जसपाको समर्थन  थियो । केन्द्रमा गठबन्धन फेरिएसँगै उनको सरकार ढल्यो । त्यसपछि कोशीमा स्थिर सरकार बन्न सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार २१ मा कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बने । सभामुख बाबुराम गौतमलाई छुट्टै हस्ताक्षर गर्न लगाएर उनी मुख्यमन्त्री बनेका थिए । सभामुखको हस्ताक्षर असंवैधानिक  भन्दै सर्वोच्च अदालतले थापालाई साउन ११ मा पदमुक्त गरिदियो । त्यसपछि सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रो पटक मुख्यमन्त्री बने । संवैधानिक संकट टारेर मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत लिँदा अर्काे संकट आइलागेको थियो । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन उपसभामुख सिर्जना दनुवार बिरामी भएको बहाना बनाएर काठमाडौँ हानिइन् । एमाले र राप्रपाका ज्येष्ठ ८ सांसद पनि अनुपस्थित भए । बैठकको अध्यक्षता गर्ने अधिकार भने उपसभामुख दनुवारले इस्राइल मन्सुरीलाई दिएकी थिइन् । मन्सुरी कांग्रेसका हुन् । बैठकको अध्यक्षता गरेका मन्सुरीले थापाको पक्षमा मतदान गरेर विश्वासको मसमेत दिए । 

Vianet communication
Laxmi Bank

भदौ २१ गते सर्वाेच्च अदालतले थापालाई पदमुक्त गरिदियो । थापालाई सर्वाेच्चले दोस्रो पटक पद मुक्त गरिदिएको थियो । त्यसपछि हिक्मत कार्की संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री बने । 

कार्कीले एक महिना सरकार चलाए । राप्रपाले समेत साथ नदिएपछि उनले  विश्वासको मत पाउने सम्भावना देखिएन । उनले असोज २० गते राजीनामा दिए । त्यसपछि एकाएक राजनीतिमा नयाँ मोड आयो । सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको थियो । गठबन्धनको निर्णय लत्याउँदै एमालेको साथ लिएर आफ्ना पक्षका ८ सांसदसहित असोज २७ गते कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बने । 

हिक्मत कार्की नेतृत्वको पहिलो सरकारले पुस २५ गते एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । मेन्याङ्बो र सिटौला १७९ दिन मन्त्री भएका थिए भने निर्मला १४२ दिन मन्त्री भएकी थिइन् । 

दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले पुस २९ गते माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईँ, जीवन आचार्य र एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरे । चापागाईँ र आचार्य र राजभण्डारी १७५ दिन मन्त्री बनेका थिए । 

उद्धव थापाले २०८० असार २२ गते २ जना मन्त्रीहरू नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगू र कांग्रेसबाट प्रदीपकुमार सुनुवार नियुक्त गरेका थिए । उनीहरू सरकारमा २६ दिन बसेका थिए । 

थापा नेतृत्वको सरकारले असार २४ गते पुनः माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त गरेको थियो ।  तीनै जना ३ हप्ता मात्रै झन्डावाल गाडीमा हिँड्न पाए ।  

२०८० साउन ११ गतेको सर्वाेच्च अदालतको आदेशबाट पदमुक्त भएका थापा साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भए । थापाले साउन १७ गते माओवादीबाट बाबुराम गौतम, कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगुलाई पुनः मन्त्री नियुक्त गरे । मुख्यमन्त्री थापाले साउन २६ गते पुनः जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । 

प्रदेशसभा ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मुख्यमन्त्री थापाले साउन ३१ गते राज्यमन्त्रीमा बनाए । गौतमले १ महिना कटाएका थिए । उनले ३५ दिन आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समालेका थिए ।  गयानन्द मण्डल र निर्मला भने २३ दिन मात्रै मन्त्री बने । 

सर्वोच्चले भदौ २१ गते मुख्यमन्त्री थापालाई पदमुक्त गरेपछि ठूलो दलको हैसियतमा  एमालेका हिक्मत कार्की मुख्यमन्त्री बने ।  भदौ २२ गते नै मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन ५ सदस्यीय मन्त्रिमण्डल गठन गरे । जसमा एमालेका तिलकुमार मेन्याङ्बो, पाँच कर्ण राई, एकराज कार्कीलाई मन्त्री र सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । पहिलो चरणमा नियुक्त भएका मन्त्रीले ३७ दिन झन्डावाला गाडीमा हिँडेका थिए । कार्कीले असोज ८ गते बुद्धिकुमार राजभण्डारी, एकराज कार्की, लिलाबल्लभ अधिकारी र निरन राई रामप्रसाद महतोलाई मन्त्री नियुक्त गरे । उनीहरू १९ दिन मात्रै मन्त्री बने । 

पाँचौँ मुख्यमन्त्री बनेका केदार कार्कीले एमालेका रामबहादुर राना मगर र शमशेर राईलाई पहिलो चरणमा मन्त्री बनाएका थिए । कार्की पुरानै गठबन्धनमा फर्केपछि  एमालेका मगरले भने कार्तिक १८ गते राजीनामा दिए । उनी २२ दिन मन्त्री बनेका थिए ।

कार्कीले माओवादी र नेकपा (एकीकृत समाजवादी)लाई पनि सरकारमा सहभागी गराउँदै कात्तिक १७ गते गणेश उप्रेती र कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् । उनीहरू पदमा बहाल नै छन् ।

एक वर्षमा तीनवटा कानुन निर्माण गरेको प्रदेश सभा प्रदेशको नामकरण गर्न भने सफल भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x