×

NMB BANK
NIC ASIA

सीमामा सतर्कता

पूर्वी नेपालका सीमा नाकामा कडाइ: सईको नेतृत्वमा प्रहरी परिचालन, कुकुरसहित गस्ती

विराटनगर | मंसिर ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भारतसँग सिमाना जोडिएका पूर्वी नाकामा अझै केही दिन सुरक्षा जाँचमा कडाइ गरिने भएको छ । भारतसँग जोडिएका चार जिल्लाका नाकाहरूमा अझै केही दिन सुरक्षा जाँचमा कडाइ गरिने भएको हो ।

Muktinath Bank

नेपालमा धर्मको नाममा आन्दोलन र प्रदर्शन भइरहेको बेला भारततर्फबाट पनि घुसपैठ हुनसक्ने आशंका गरेर सुरक्षा निकायले विशेष निगरानी र गस्ती बढाएको हो । भारतबाट अवैध घुसपैठको आशङ्कामा सरकारले केही दिनदेखि पूर्वी नाकामा कडाइ गरिरहेको छ । सीमावर्ती क्षेत्रमा प्रहरीले कुकुरसहित गस्तीलाई निरन्तरता दिएको छ भने जाँच कडा पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमा नाकामा अझै केही दिन विशेष सुरक्षा सतर्कता कायम राखिने प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाले बताए । ‘हामीले तीनदेखि झापा, मोरङ, सुनसरी र इलामका नाकाहरूमा कडाइ गरेका थियौं,’ बास्तोलाले भने, ‘अब परिस्थिति कस्तो हुन्छ थप सुरक्षा विश्लेषण गरेर अगाडि बढ्छौँ । तर, अझै तीन/चार दिन गस्ती र निगरानीमा विशेष ध्यान दिन्छौं ।’


Advertisment
Nabil box
Kumari

काठमाडौंमा व्यवसायी दुर्गा प्रसाईँले मंसिर ७ गते प्रदर्शन गर्ने तयारी गरेसँगै सुरक्षा निकायले भारतीय नाकामा निगरानी र जाँच बढाएको थियो । सुरक्षा निकायले भारतबाट केही संख्यामा मानिसहरू आउनसक्ने आशंका गरेपछि नेपाल प्रवेश गर्नेहरूको परिचयपत्र, काम तथा अन्य विवरणबारे विशेष चासो दिएर जाँचलाई कडा पारिएको थियो । 

Vianet communication
Laxmi Bank

प्रसाईँले भारतबाटसमेत आफ्नो कार्यक्रम सहभागी हुन मानिसहरू आउने सञ्चारमाध्यमबाट सार्वजनिक गरेपछि सुरक्षा निकायले विशेष ध्यान दिएको थियो । 

मोरङको जोगवनी, झापाको काँकरभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर र सुनसरी जिल्लाका विभिन्न नाकाहरूमा  प्रहरीले कडाइ गरिरहेको छ ।
 
प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्नेहरूले परिचय देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ । 

नाकामा वरिष्ठ सई र असईको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरूलाई प्रहरीले नाकाबाटै फर्काइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x