×

NIC ASIA

सरसर्ती २४ घण्टा

राजावादीको अपेक्षाविपरीत किन छन् मौन पूर्वराजा ज्ञानेन्द्र ?

काठमाडाैं | मंसिर १०, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

वर्तमान व्यवस्थाविरुद्ध असन्तुष्टि बढेको भनिएकै बेला गत बिहीबार मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौँमा प्रदर्शन गरे । उक्त प्रदर्शनका क्रममा कैयन राजावादीको पनि सहभागिता थियो । शनिबारसम्म प्रसाईंले प्रदर्शन जारी राखेपनि पूर्वराजा ज्ञानेन्द्र शाह भने मौन छन् । 

प्रसाईंले सार्वजनिक रुपमै पूर्वराजाको समर्थनको अपेक्षा गरेपनि पूर्वराजाले भने मौनता मात्रै साँधेका छैनन् राजावादीहरुको अर्को त्यस्तै कार्यक्रममा पुगेर अर्थपूर्ण सन्देश दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 शनिबार झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी भएका पूर्वराजाले समर्थकलाई कुनै सम्बोधन गरेनन् । हजारौँको सहभागितामा उक्त कार्यक्रम भएको र राजावादीहरुले वर्तमान व्यवस्थाका विषयमा केही बेल्ने अपेक्षा गरेपनि त्यसविपरीत पूर्वराजाले केही नबोलेका हुन् । बेलाबेलामा दलहरुको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेर खलबल मच्चाउने गरेका पूर्वराजा आफू पक्षधरहरु सडकमा आइसक्दा पनि रहस्यमय ढंगले मौन भएका हुन् । 


Advertisment
Rupse Holidays
Nabil box

कतिपयले अहिलेनै राजतन्त्र फर्किने आधार तय नभइसकेको तथा राजावादी शक्तिहरुनै पनि एकीकृत भइनसकेकाले पूर्वराजा नखुलेको विश्लेषण गरेका छन् । साथसाथै दुर्गा प्रसाईंको आन्दोलनप्रति पूर्वराजाको विश्वास नरहेको रुपमा पनि हेरिएको छ । प्रसाईंले काठमाडौँमा आन्दोलन गरिरहँदा उनले कुनै  प्रतिक्रिया नजनाउनु र एकाएक झापा पुगेर उनले एकखालको सन्देश दिएको राजावादीहरुको बुझाइ छ ।

Vianet communication

 राप्रपाले झापामा शनिबार भएको कार्यक्रमलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा प्रचार गरेको थियो । जसअनुसार राप्रपाले पूर्वराजा आफ्नो पक्षमा रहेको सन्देश दिन समेत खोजेको देखिन्छ । उसो त प्रसाईंको आन्दोलनमा राप्रपाले औपचारिक रुपमा निर्णय गरेर साथ दिएको छैन भने अनौपचारिक रुपमा दुर्गा प्रसाईंको आन्दोलनमा विश्वस्त हुने आधार नरहेको बताउने गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने दल समेत भएपनि प्रसाईंले आफ्नो दलभित्र खेल्न खोजेको तर औपचारिक रुपमा सहकार्यको प्रस्ताव समेत नगरेको राप्रपाका नेताहरु बताउँछन् । 

यस्तो पृष्ठभूमिमा शनिबारको झापाको प्रदर्शन प्रसाईंलाई जवाफ दिने राप्रपाको रणनीतिक कार्यक्रम समेत भएको बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउन सकिन्छ  कि भनेर भित्रभित्रै लबिइङ गर्दै आएका छन् । तर, अहिले गणतन्त्र विरोधी केही आवाज सुनिएपनि राजतन्त्र नै फर्किने आधार नबनिसकेकाले हतारमा बोल्न ठीक नहुने बुझाइमा उनी  रहेका छन् । जुन कुरालाई पूर्वराजाका निकटस्थहरुले पनि स्वीकार गरेका छन् । पूर्वराजासम्बन्धी यो प्रसंगसहित ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्ने बताएका छन्।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रम अध्यक्ष नेपालले मुलुकमा अहिले अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेबाट देखिएका भ्रम न्यूनीकरण गर्न मोर्चा र गठबन्धनकाबीच समन्वय गरी जनतालाई यथार्थ विषय बताउन सभा, सम्मेलन गर्नुपर्ने बताए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हार्ने डरले चुनाव अघि गरिने गठबन्धन राजनीतिक भ्रष्टाचार भएको बताएका छन् ।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई तम्घासमा सम्बोधन गर्दै अब हारेर चकटीमा बस्न तयार भएकाले कुनै हालतमा कांग्रेसले चुनावी गठबन्धन गर्न नहुनेमा जोड दिए । राजनीतिक, आर्थिक र नैतिक गरेर मुख्य तीन संकल्पका साथ कांग्रेस अगाडि बढ्नुपर्ने उल्लेख गर्दै थापाले आर्थिक अपचलन र नैतिक पतन भएकाहरू पार्टीमा नसुहाउने बताए ।
००००
‘राष्ट्र, राष्ट्रियता, धर्म(संस्कृति र नागरिक बचाऊ’अभियानका अध्यक्ष दुर्गा प्रसाईंले राजतन्त्र पुनस्र्थापना गर्न नेताहरूले बाध्य बनाएको बताएका छन् ।

काठमाडौंको सिफलमा शनिवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हिजो राजा हामीले नै खेदेको हो । तर आज प्रचण्ड, शेरबहादुर र केपी ओलीले राजा सम्झन बाध्य बनाए उनले भने । उनले आफ्नो आन्दोलनमा काठमाडौँबासीले साथ नदिएको भन्दै गुनासो समेत गरे ।
००००
लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ ।

शनिबारदेखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रहरीमा दर्ता भएका मुद्दालाई विष्लेषण गर्दा ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिालिका हिंसामा पर्ने गरेका छन् ।
००००
उदयपुरमा स्कूल बस दुर्घटना हुँदा शनिबार ३ जनाको मृत्यु भएको छ । अन्य ३९ जना घाइते भएका छन्।
०००००
प्रतिस्थापन बजेट विधेयक कोशी प्रदेशसभामा पेश भएको छ ।
बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ शनिबार पेश भएको हो ।
००००
रतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुरू भएको छ । शुक्रवारबाट नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औं संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३ सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका ३ सय ५४ जना सहभागी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x