×

NMB BANK
NIC ASIA

मधेस प्रदेशमा लागूऔषध दुर्व्यसनविरुद्धको अभियान सुरु

धनुषा | मंसिर १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मधेस प्रदेशका आठवटै जिल्लामा लागूऔषधबारे चेतना फैलाउने उद्देश्यले ‘लागूऔषधविरुद्धको अभियान’ सुरु भएको छ । 

Muktinath Bank

मधेस प्रदेश प्रहरी कार्यालयले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको कार्यक्रममा अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा बढ्दै गएको लागूऔषधको गैरकानुनी प्रयोग र त्यसबारेमा समुदायस्तरमा जागरण ल्याउने अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिभावकले आफ्ना सन्तानहरुमाथि निगरानी बढाउने र दुव्र्यसनबारे समयमै सचेत गराउन सकेमा धेरै समस्या समाधान हुने भन्दै सबैलाई सचेत रहन आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीमले लागूऔषधले युवाहरुको भविष्य अन्धकारमय बनाउने बताउँदै त्यसविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले प्रदेशको आठवटै जिल्लामा लागूऔषधको कुलतमा लागेका युवालाई मनोपरामर्श दिने, दुव्र्यसनका सम्भावित कारण र परिणामबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानका क्रममा विभिन्न कार्यक्रम गरिने जानकारी दिए । 

मधेस प्रदेशका पूर्वगृह तथा सञ्चारमन्त्री एवम् प्रदेशसभा सदस्य भरतप्रसाद साह, प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीलगायतले दुव्र्यसनविरुद्ध सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x