×

NMB BANK
NIC ASIA

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन

लुम्बिनी कांग्रेसको निष्कर्ष: जनताबारे नसोच्दा परिवर्तनविरुद्ध आवाज उठ्यो, नजरअन्दाज नगरौं

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने

बुटवल | मंसिर १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ । सरकार भद्रगोल देखिएको भन्दै संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन चुस्त मन्त्रिमण्डल र विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने प्रदेश समितिले निष्कर्ष निकालेको हो । 

Muktinath Bank

लुम्बिनी प्रदेशको प्रथम सम्मेलनपछि सोमबार बिहान बुटवलमा पत्रकार सम्मेलन ​गर्दै कांग्रेस लुम्बिनीका सभापति अम्मरसिंह पुनले विज्ञताका आधारमा सरकारमा जाने व्यक्ति चयन हुनुपर्ने बताए । अहिले भएका सरकारको आकार पनि घटाउनुपर्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा सम्मेलनले पारित गरेको छ । ‘निर्वाचनमा हामी आफैं लड्ने हो तालमेल गर्ने छैनौं,’ सभापति पुनले भने, ‘कांग्रेस आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ यो एजेण्डा आसन्न कांग्रेस महासमिति बैठकमा पनि लैजाँदै छौं ।’


Advertisment
Nabil box
Kumari

मुलुक संघीयतामा गएको लामो समय भए पनि अधिकार प्रत्यायोजन नभएको कांग्रेसको निष्कर्ष छ । संघीयताबारे पनि आवश्यक छलफल गर्नुपर्नेमा कांग्रेसको जोड छ । ‘केन्द्रले अधिकार नदिएपछि त्यसको मर्म, भावना र उद्देश्यअनुसार काम हुन सकेको छैन । त्यसैले यो विषयमा पनि अब छलफल गर्नुपर्छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

राजनीतिक पार्टीहरूले जनताका आधारभूत आवश्यकताबारे नसोच्दा प्राप्त उपलब्धीविरुद्ध आवाजहरू उठ्न थालेको कांग्रेस लुम्बिनिको ठहर छ । ‘अहिले उठेका आवाजलाई राजनीतिक पार्टीहरूले नजरअन्दाज गर्न हुँदैन । परिवर्तनका एजेण्डा रक्षा गर्न कमी कमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्छ । यसका लागि परिवर्तनकारी शक्तिहरू एक हुनु आवश्यक छ,’ सभापति पुनले भने । 

पार्टीका तहगत आधारमा सकारी निकायको निर्धारण, निर्देशन, नियन्त्रण र समन्वय तथा मूल्याङ्कनसम्बन्धी तहले गर्न पाउने व्यवस्था हुनुपर्ने उनले बताए । पार्टी संगठनलाई व्यवस्थित गर्न अनुशासनलाई विधिगत आधारमा चुस्त गराउने, पार्टीका सबै समिति एवं पदाधिकारीका कार्यप्रगति प्रविधिमैत्री शैलीमा उपलब्ध गर्ने/गराउने पनि सम्मेलनलेनिर्णय गरेको छ । 

कोषाध्यक्ष पद निर्वाचित हुने व्यवस्था गर्ने, समानुपातिक र लाभका पदलाई व्यक्तिको जीवनकालका लागि एक पटकमात्र हुने व्यवस्था गर्ने तर, समावेशीताको आधारभूत सिद्धान्त बमोजिम हुनेगरी मात्र अवसर दिनुपर्ने, एउटै तहको कार्यसमितिमा बढीमा दुई पटक मात्र मनोनित गर्न पाउनेलगायत निर्णय कांग्रेस लुम्बिनीले जनाएको छ । 

पार्टीमा उठेको लेबी जुन तहले उठाएको हो सोही तहमा ५० प्रतिशत उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, ७५३ वटै पालिकाका सभापति प्रदेश महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्न पनि प्रदेश समितिले माग गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x