×

NMB BANK
NIC ASIA

भक्तपुरमा सडक कालोपत्र गर्न माग गर्दै तीन दिनदेखि प्रदर्शन

भक्तपुर | मंसिर १९, २०८०

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

 चाँगुनारायण नगरपालिका–२ दुवकोटका बासिन्दाले तीन दिनदेखि लगातार सडक कालोपत्रको माग गर्दै सडकमै प्रदर्शन गरेका छन् ।

Muktinath Bank

 सरकारको बजेटमा सल्लाघारी–वीर अस्पताल जाने सडक कालोपत्रे सम्पन्न गर्ने गरी दुई वर्षअघि सीएम ब्राइट क्षितिज जेभी ठेकेदार कम्पनीसँग गत कात्तिक ३ गते भित्र सडक कालोपत्रे सम्पन्न गर्ने गरी रु ४२ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम काम नगरी ठेकेदार कम्पनीले भने सडक अलपत्र पारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठेकेदार कम्पनीले समयमै काम नसकेका कारण सास्ती खेप्नुपरेको भन्दै स्थानीयले गरेको आन्दोलनमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले  नारावाजी गरेर जनतालाई साथ दिए । सडक समयमै कालोपत्र गर्नका लागि सम्बन्धित निकायलाई बारम्बार अनुरोध गर्दा पनि अटेर गर्दा जनताले गरेको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको भन्दै उनले सडक चाँडो कालोपत्र सम्पन्न गर भन्दै नारा लगाएका थिए ।  


Advertisment
Nabil box
Kumari

सडक समयमै कालोपत्रे गर्न अनुरोध गर्दै स्थानीयले पटकपटक सडक डिभिजन कार्यालय भक्तपुरमा माग गरे पनि सुनुवाइ नभएपछि गत आइतबारदेखि स्थानीयले दुवाकोट मोडको मुख्य सडकमै चिया र खाजा खाएर आन्दोलनमा उत्रिएका हुन् ।

Vianet communication
Laxmi Bank

 सडक कालोपत्र सुरु गरेपछि मात्रै आन्दोलन रोकिने भन्दै स्थानीयले सडकमै ग्यास चुलो लगाएर प्ले कार्डसहित प्रदर्शन जारी राखेका छन् भने नगरप्रमुख र अन्य जनप्रतिनिधिले ऐक्यबद्धता जनाएका छन् । 

सडक कालोपत्रे नहुँदा दैनिक धुलो, धुवाँ र प्रदूषणका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउँदै चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले दसैँअघि डिभिजन कार्यालयका प्रमुखलाई भेटेर सडक कालोपत्रे तत्काल थाल्न दबाब दिए पनि अटेर गरेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x