×

NMB BANK
NIC ASIA

हिट फिल्मका नायिका

‘प्रेमगीत’का तीन अभिनेत्री : पूजाबाहेक दुई कता हराए ?

काठमाडाैं | पुस ८, २०८०

NTC
Premier Steels

‘प्रेमगीत’ नेपाली चलचित्रमा ब्रान्ड नाम बनिसकेको छ । यसका तीनवटा श्रृंखला निर्माण भएका छन् र तीनवटै बक्स अफिसमा सुपरहिट भएका थिए । 

Muktinath Bank

सन्तोष सेनको निर्माण रहेको चलचित्रको तीनवटै श्रृङ्खलामा युवास्टार प्रदीप खड्का शीर्ष भूमिकामा छन् । अभिनेत्री भने फरक–फरक छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रेमगीत’मा अभिनेत्री पूजा शर्माले अभिनय गरेकी थिइन् । ‘प्रेमगीत २’मा अश्लेषा ठकुरी र ‘प्रेमगीत ३’मा क्रिष्टिना गुरुङ शीर्ष भूमिकामा छन् । अश्लेषा र क्रिष्टिना प्रेमगीत श्रृङखलाबाटै चलचित्रमा डेब्यु गरेका थिए । 


Advertisment
Nabil box
Kumari

‘प्रेमगीत’ श्रृङखलाका तीन अभिनेत्रीमध्ये पूजा शर्मामात्र सक्रिय देखिएकी छन् । थुप्रै चलचित्रमा अभिनय गरिसकेकी उनको ‘उपहार’ र ‘दान्भी’ चलचित्र प्रदर्शनका लागि तयार छन् । म्युजिक भिडियोमा पनि उनले मोडलिङ गरिरहेकी हुन्छिन् ।

Vianet communication

‘प्रेमगीत २’की अभिनेत्री अश्लेषा ठकुरीले यसपछि ‘मेरी मामु’ चलचित्रमा काम गरिन् । अपेक्षित व्यापार गर्न नसकेको यो चलचित्र प्रदर्शनमा आएको पाँच वर्ष भइसकेको छ तर त्यसपछि अश्लेषालाई दर्शकले अन्य चलचित्रमा हेर्न पाएका छैनन् । उनी दर्शकको नजरमा गुमनाम बनेकी छन् । 

यस्तै, क्रिष्टिनाको पहिलो चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको एक वर्षभन्दा धेरै भएको छ । यो चलचित्रमा छनोट भएदेखि प्रदर्शन हुँदासम्म उनले निकै चर्चा पाएकी थिइन् । नेपाल, भारतलगायतका थुप्रै देशमा एकसाथ प्रदर्शनमा आएको चलचित्रका कारण उनको चर्चा स्वदेशमा मात्र सीमित थिएन । यद्यपि, चलचित्र प्रदर्शनमा आएपछि भने क्रिष्टिना गुमनामजस्तै हुन पुगेकी छन् । 

वर्ष दिनसम्म उनले दोस्रो चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । चलचित्रको अफर नपुगेर वा हो पुगेर पनि कथा चित्त नबुझेका कारण काम नगरेकी हुन् भन्नेबारे उनले केही बोलेकी छैनन् ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा पनि यी सुन्दरी पहिलेजस्तो सक्रिय देखिएकी छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x