×

NMB BANK
NIC ASIA

खेलाडीको उर्वर भूमि

क्रिकेटरको उर्वर भूमि रूपन्देही: उहिलेका चर्चित सञ्जय-शक्तिदेखि हालका कुशल र देवसम्म

बुटवल | पुस १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देही उद्योग, पर्यटन र व्यापारिक केन्द्र मात्र होइन खेलकुदको पनि उर्वर भूमि हो । त्यसमा पनि भैरहवा शहर क्रिकेट खेल र खेलाडी जन्माउने मलिलो भूमिको रूपमा चिनिन्छ । यहाँबाट नेपाली क्रिकेटका दर्जनौं खेलाडी उत्पादन भएका छन् । आफ्नै प्रयास र मेहनतले नेपाली क्रिकेटको राष्ट्रिय टोलीबाट खेलेर धेरै खेलाडीले देशको नाम चम्काएका छन् । यससँगै रूपन्देहीलाई पनि क्रिकेट खेलाडी उत्पादन गर्ने जिल्लामा अब्बल सावित गराएका छन् । विसं २०४० ताका काठमाडौं बाहिर रूपन्देहीको भैरहवासहित तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ । 

Muktinath Bank

रूपन्देही क्रिकेटमा देशकै अब्बल हुनुका साथै खेलाडीको वृद्धि विकासमा उत्तिकै क्रियाशील छ । रूपन्देही नेपाली क्रिकेटमा ‘फ्याक्टर’ बन्दै आएको छ । जिल्ला क्रिकेट संघ, रूपन्देहीका अनुसार जिल्लाले ४० दशकदेखि निरन्तर दक्ष क्रिकेटर जन्माउँदै आएको छ । ५० को दशकका सञ्जय गुरुङ, मनोज शाही, जगत टमाटा, अनुप थापा र सत्यजीत सरकार आदि रूपन्देहीका पुराना ‘स्टार’ क्रिकेटर हुन् । जगत राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक र सञ्जय अन्तर्राष्ट्रिय ‘अम्पायर’ हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

उनीहरूको सिको गर्दै राजु खड्का, सञ्जीव जोशी, दुर्गा सिंह, दुर्गा सेन, अमित श्रेष्ठ, दलबहादुर थापा, प्रशान्तविक्रम मल्ल, देवश कर्ण पनि जिल्लाबाटै क्रिकेटमा उदाए । तीनै जनाले रूपन्देहीसँगै देशका पनि नाम चम्काए । तेस्रो पुस्ताको रुपमा शक्ति गौचन, वसन्त रेग्मी, अमृत भट्टराई, कृष्ण कार्की, सागर पुन, आकाश गुप्ता र अन्तिम थापा राष्ट्रिय टोलीबाट खेलेका खेलाडी हुन् । यिनीहरूमध्ये रूपन्देहीका लागि क्रिकेटको धरोहरमा पर्छन् गौचन  र रेग्मी । 

Vianet communication
Laxmi Bank

null

बुवा भारतीय सेनामा कार्यरत रहँदा शक्ति भारतको कलकत्तामै जन्मिए । उनै हुर्किए सानैदेखि क्रिकेट खेल्न सिके । ठूलो भएपछि उनले आफ्नै घर भैरअवालाई नै केन्द्रविन्दु बनाएर अघि बढे । भौतिक पूर्वाधार अभावका बीच युवाहरू लगाबका कारण रूपन्देहीका क्रिकेट फस्टाएको शक्ति बताउँछन् । ‘रूपन्देहीको भैरहवा साच्चै क्रिकेटका लागि महत्वपूर्ण स्थान हो । यहाँबाट उत्पादित खेलाडी आफ्नो लगाव र मेहेनतबाट सफल भएका हुन्,’ उनी भन्छन्, ‘क्रिकेट शुरू गर्दा खेलकुदका लागि चाहिने स्रोत–साधन थिएन । तर खेलप्रतिको आकर्षण युवामा बढ्दो थियो । आवश्यक पूर्वाधार जुट्न नसक्दा पनि खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।’ 

राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि शक्तिले रूपन्देहीमा नै एकेडेमी सञ्चालन गरी विद्यालय तहदेखि क्रिकेट खेलाडी उत्पादन गर्न जुटेका छन् । हाल राष्ट्रिय टोलीका सदस्य रहेका सुशन भारी, कुशल भुर्तेल, कुशल मल्ल र देव खनाल रूपन्देहीकै खेलाडी हुन् । यीमध्ये देव यू–१९ टोलीका कप्तान हुन् । यिनीहरू सबै शक्तिकै प्रशिक्षणबाट हुर्किएका हुन् ।

null

राष्ट्रिय टोलीमा धेरै खेलाडी उत्पादन हुन थालेसँगै रूपन्देही अहिले क्रिकेटमय छ । अहिले यहाँ निजी क्षेत्रबाट पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला खेल्नलाई तयार भइसकेको छ । अहिलेका राष्ट्रिय खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छवि बनाउँदै आफ्नो शहरसहित देशलाई चिनाएका छन् । जिल्ला क्रिकेट संघ, रूपन्देहीका पूर्वअध्यक्ष तथा पूर्वखेलाडी प्रेम सेन्चुरी रूपन्देही क्रिकेट खेलाडी उत्पादन गर्ने कारखाना जस्तै बनेको बताउँछन् । 

‘विसं २०४७ देखि २०५२ सम्म भैरहवाले पाँच वर्ष लगातार क्रिकेट प्रतियोगिता गर्दै आयो । त्यसपछि २०५२ मा म जिल्ला क्रिकेट संघको संस्थापक अध्यक्ष भएँ । त्यसछि रूपन्देहीको क्रिकेटले फड्को मार्‍यो । अहिले राष्ट्रिय टोलीमा हाम्रै जिल्लाबाट धेरै खेलाडी सहभागी छन् ।’ क्रिकेट संघ, रूपन्देहीका अनुसार जिल्लामा अहिले र पुराना गरेर ६६ जना राष्ट्रिय खेलाडी छन् । ४ जना क्रिकेट प्रशिक्षक र ४ जना अम्पायर रहेका छन् ।

null

संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार रूपन्देहीमा क्रिकेटको विकास छपियाबाट शुरू भएको हो । त्यहाँ विस २०४५–४६ तिर दलबहादुर थापासहितले यो खेल शुरू गरेका हुन् । ‘छपियाको दयानगरमा क्रिकेट मैदान थियो । त्यहाँ पिच बनाउने धुलो नउडोस् भनेर, गोबर माटोले लिपिन्थ्यो । चुना छर्केर रेखा कोरिन्थ्यो । त्यसपछि छपियाबाट क्रिकेट खेल भैरहवातर्फ आएको हो,’ अध्यक्ष थापाले भने । भैरहवा लुम्बिनी खुकुरी क्लब, तिरुपति क्लब, गल्लामण्डी क्बल र एयरपोर्टका बीच क्रिकेट प्रतियोगिता हुन्थे त्यो बेला । ‘त्यसपछि विस्तारै प्रतियोगिताले रूपन्देही क्रिकेटमा अब्बल बन्यो । जति पनि यहाँबाट खेलाडी माथि पुगे त्यो सफलता हात पारे, त्यो सब आफ्नै परिश्रम र मिहिनेतको फल हो,’ उनले थपे । 

null

आवश्यक पूर्वाधार निर्माण भएको खण्डमा क्रिकेटले यस क्षेत्रमा विकासको थप गति लिनेमा रूपन्देहीबासीले विश्वास लिएका छन् । हुन पनि पछिल्लो समय नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दै गइरहेको छ । राष्ट्रिय क्रिकेट टोलीले हात पारेको सफलताले क्रिकेट प्रेमीमात्र नभएर देशबासीलाई समेत खुशी छर्दै आइरहेको छ । ‘यू–१९, महिला क्रिकेटरदेखि अन्तर्राष्ट्रिय अम्पायर, प्रशिक्षकदेखि राष्ट्रिय टोलीमा खेल्ने धेरै खेलाडी रूपन्देहीले जन्माएको छ,’ पुराना क्रिकेटरसमेत रहेका सेन्चुरी भन्छन्, ‘पछिल्लो समयमा पनि रूपन्देहीमा विद्यालय तहबाटै अब्बल क्रिकेटर तयार भइरहेका छन् ।’

null

पछिल्लो समय रूपन्देहीमा एक्स्ट्राटेक क्रिकेट मैदान बनेको छ । यसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता दिएर प्रतियोगिता शुरू हुने स्वर्ण युगको प्रतीक्षामा यतिबेला रूपन्देही छ । यो रंगशालाले रूपन्देहीमा क्रिकेट खेलाडी उत्पादन गर्न धेरै नै सहयोग पुग्ने विश्वास लिइएको छ । अहिले भैरहवा क्रिकेटका लागि आवश्यक पूर्वाधारमा पनि अग्रस्थानमा छ । भैरहवास्थित सिद्धार्थ रंगशाला क्रिकेट मैदानको रुपमा विकास भइरहेको छ । 

रूपन्देही क्रिकेट संघ नेपालकै सबैभन्दा क्रियाशील जिल्ला संघ रहेको र यसैकारण यहाँबाट खेलाडी उत्पादन धेरै भइरहेको जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्ल बताउँछन् ।  

‘जिल्लामा क्रिकेट खेलको गतिविधि र खेलाडीको अन्तर्राष्ट्रिय सहभागिताको हिसाबल सबैभन्दा अगाडि छ,’ उनी भन्छन्, ‘रूपन्देही क्रिकेट संघ नेपालकै सबैभन्दा क्रियाशील जिल्ला संघ हो । जसले गर्दा यहाँबाट खेलाडी उत्पादन धेरै भइरहेका छन् ।’ 

null

उनका अनुसार अहिले रूपन्देही जिल्लाभित्र राम्रो खेल्न सक्ने खेलाडीका लागि रोजगारीको कुनै समस्या छैन । ‘यहाँका खेलाडीहरू नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्कूल–कलेजहरूमा रोजगारी पाइरहेका छन,’ मल्ल थप्छन्, ‘जसले गर्दा उनीहरू खेललाई निरन्तरता दिँदै आर्थिक रूपमा पनि सबल भइरहेका छन् । रूपन्देहीका खेलाडीहरू विभागीय टोलीका कमर्चारी भई राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । त्यसैले राम्रा खेलाडीको भविष्य उज्ज्वल रहेको म भने देख्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x