×

NMB BANK
NIC ASIA

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

म्याग्दी | पुस १५, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । 

Muktinath Bank

धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन् ।


Advertisment
Nabil box
Kumari

सुन बचेर सुन्तलाखेती गरेकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ’, हुमेनले भनिन् ।

Vianet communication
Laxmi Bank

अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तलाखेती रहेको उनको भनाइ छ । कान्छो छोरासँगै बसोबास गर्दै आएकी हुमेन र उनका दुई छोराको सुन्तला बगैँचामा अहिले करिब चार सय बढी बोट रहेका छन् ।

हरेक वर्ष रु आठदेखि १० लाखसम्म सुन्तला बिक्री हुने गरेको हुमेन परिवारको भनाइ छ । ‘‘खेतमा धान राम्रो फल्ने थिएन, एक नातेदारले  सुन्तला लगाउन सल्लाह दिएका थिए, उनले पनि खेतबारीमा सुन्तलाखेती लगाएको देखेर, मैले पनि लगाएको हुँ, पछि गाउँभर नै सुन्तलाखेती विस्तार भयो, अहिले हाम्रो गाउँ बास्कुनाबाट सुनकुना भएको छ भन्दा हुन्छ’, उनले थपिन् । 

यहाँ रहेका बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् ।

हरेक घरमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । दुई वर्षअघि बालमखोला सिँचाई आयोजना निर्माण भएपछि सिँचाइ सुविधा पुगेर सुन्तलाखेती थप फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् ।

यहाँ उत्पादन भएको सुन्तला बगैँचाबाटै बिक्री हुने गरेको छ । पोखरा र काठमाडौंको व्यवसायी यहाँका सुन्तला बगैँचामै पुगेर खरिद गर्छन् । सुन्तला फल्न थालेको सुरुवाती चरणमा पोखरा र काठमाडौंसम्म आफैंले  ढुवानी गरेर बिक्री गर्नुपरे पनि पछिल्लो समय भने व्यवसायी बगैँचामै आएर सुन्तला खरिद गर्न थालेका छन् । यसबाट सहज भएको स्थानीय अगुवा किसान दलबहादुर कार्कीले बताए । 

‘सुन्तला नपाक्दै पेश्की रकम लिएर व्यवसायी गाउँमा आउँछन्, यहाँका अधिकांश बगैँचा ठेकेदारले पेश्की लगाएका छन्, जति उत्पादन भए पनि बजारको अभाव छैन’, उनले भने । 

यो वर्ष सुन्तलाको उत्पादन घटेपनि फलको गुणस्तर राम्रो भएकाले विगतको तुलनामा केही बढी मूल्य किसानले हात पारेका छन् ।​

गतवर्ष प्रतिकिलो रु ७२ मा सुन्तला बिक्री गरेकामा यो वर्ष प्रतिकिलो रु ८० मूल्य पाएको किसान कार्कीले जानकारी दिए । बास्कुनामा यस वर्ष सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरेर सुन्तला बिक्री गर्न थालिएको छ । 

मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउन वडाका जनप्रतिनिधि र किसान समूहले मूल्य निर्धारण गरेको किसानसमेत रहेका बेनी नगरपालिका–४ का वडा सदस्य सन्दीप खत्रीले जानकारी दिए । 

बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले गतवर्ष रु एक करोड मूल्य बराबरको सुन्तला निकासी गरेकोमा यसवर्ष फल कम लागेकाले रु ७५ देखि ८० लाख बराबरको सुन्तला निकासी हुने अनुमान गरिएको वडा सदस्य खत्रीले बताए । 

सुन्तला बिक्री गरेर एक जना किसानले रु एक लाखदेखि दश लाखसम्म आम्दानी गर्छन् । परम्परागत रुपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका यहाँका स्थानीयवासीले नगदेबालीको रुपमा सुन्तला खेतीलाई विस्तार गरेका छन् ।

सुन्तला खेतीबाटै यहाँका स्थानीयवासीको आयआर्जनमा वृद्धि र जीवनस्तरमा समेत सुधार भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x