×

NMB BANK
NIC ASIA

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न भन्दै मन्त्री नै माइतीघर पुगेपछि...

काठमाडाैं | पुस १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी माइतीघरबाट पक्राउ परेका नेता/कार्यकर्तासँगै धर्ना बस्न पुलिस क्लब भृकुटीमण्डप पुगेकी छन् ।

Muktinath Bank

माइतीघरमा निषेधित क्षेत्र तोडेर धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतसहित ५१ जना पक्राउ परेपछि मन्त्री पनि उनीहरूको पछाडि लागेर पुलिस क्लबमा पुगेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउतलगायत जनमतका नेता कार्यकर्तालाई सोमवार बिहान प्रहरीले माइतीघरबाट पक्राउ गरेको थियो ।


Advertisment
Nabil box
Kumari

प्रदर्शनका लागि भनेर मन्त्री अनिता देवी पनि माइतीघर पुगेकी थिइन् । मन्त्रीलाई सशस्त्र प्रहरीले घेरा हालेर प्रदर्शनमा सहभागी हुन नदिएको उनका स्वकीय सचिव नवरत्न साहले लोकान्तरसँग बताए ।

Vianet communication
Laxmi Bank

'मन्त्रीज्यू पनि प्रदर्शनका लागि माइतीघर पुग्नुभएको थियो । उहाँलाई सशस्त्र प्रहरीले घेरा हालेर प्रदर्शनमा सहभागी हुन दिएन । पार्टी अध्यक्षसहित नेता/कार्यकर्ता पक्राउ परेपछि उहाँ पनि प्रहरी कार्यालयमा पुग्नुभएको हो,' साहले भने ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले पनि मन्त्री साहलाई नियन्त्रणमा नलिइएको बताए ।

'मन्त्रीज्यू पक्राउ पर्नुभएको हैन, बिहान नियन्त्रणमा लिइएकालाई भेट्न जानुभएको हो,' एसएसपी खत्रीले लोकान्तरसँग भने ।

मन्त्री अनिता देवी अहिले पनि पुलिस क्लबमा पार्टी अध्यक्ष राउतसहितका नेता/कार्यकर्तासँगै धर्नामा बसेकी छन् । उनी सरकारमा जनमत पार्टीबाट प्रतिनिधित्व गर्ने एक मात्र मन्त्री हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x