×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

एमालेलाई पनि ‘भाग’ दिने चर्चा, शेखरको कटाक्ष

काठमाडाैं | पुस १९, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रियसभामा मिलेर जान प्रस्ताव गरेका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको भागबण्डाको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेको बैठकमा ओलीले यस्तो प्रस्ताव गरेका हुन् । 

Muktinath Bank

बैठकमा एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई मिलेर जान प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी राजेन्द्र पाण्डेले बताए । ‘हामीलाई राष्ट्रियसभामा जिरो नगर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा राष्ट्रियसभामा एमालेले के प्रस्ताव लिएर आउँछ त्यसपछि सत्ता गठबन्धनले धारणा बनाउने पनि पाण्डेले बताए । 


Advertisment
Nabil box
Kumari

राष्ट्रियसभामा खाली हुने सिटमा यसअघि दलले लिएका सिट सोही सत्तारुढ दलले लिने र एमालेको ९ सिट खालीमा कसरी मिलाउने भन्नेमा पनि छलफलकेन्द्रित भएको उनको भनाइ थियो ।
००००
यसैबीच एमालेलाई गठनबन्धनबाटै भाग लिने विषयमा कांग्रेस नेता शेखर कोइरालाले कटाक्ष गरेका छन् । 

Vianet communication

कोइरालाले टीआरसी विधेयक र केही काण्डबाट बच्न सत्ता गठबन्धन दलहरूले एमालेको साथ खोजेको टिप्पणी गरेका छन् ।  बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया दिँदै उनले कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा र्पयो भनेर रोइलो गर्नेहरूले आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेको बताए ।

एमालेसँग मिल्नुका पछाडि गठबन्धन दलका आ(आफ्नै स्वार्थ रहेको उनको टिप्पणी छ । कुनै दलको नामै नलिई उनले भनेका छन्, ‘सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ ।’

कोशी प्रदेशमा कांग्रेसका केदार कार्कीले संस्थापन पक्षसँग विद्रोहगरी एमालेसँग मिलेर सरकार बनाएका थिए ।
००००
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि अर्धनग्न प्रदर्शन भएपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । सिंहदरबार प्रवेश गर्नेलाई बुधवारदेखि कडाइ गरिएको हो । दक्षिण ढोकाबाट पैदल हिँडेर सिंहदरबार प्रवेश गर्नेलाई विगतमा भन्दा कडाइ गरिएको हो ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताहरूसँग सामुहिक भेट गरेका छन् । पूर्वराजाले भैरहवामा बुधवार आफ्नो पार्टीका नेतासँग सामुहिक भेट गरेको जानकारी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दिएका छन् । 

नागरिक अभिनन्दनका लागि भैरहवामा पुगेका पूर्वराजा ज्ञानेन्द्रसँग आफूहरूले भेट गरेको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका हुन् ।
००००
लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्र (दाङको देउखुरी)मा लगाइएको बैंकको ऋणको सीमा हटाएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निणर्य गरेको हो ।
००००
न्याय परिषदको बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट ४ जना र कानून व्यवसायीतर्फबाट ९ जना गरी ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो ।
००००
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ ।

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले बिहिबार हस्ताक्षर गर्ने कार्यक्रम तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता एवं  सहसचिव नवीनराज सिंहले जानकारी दिए ।
००००
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा २०७२ सालको भन्दा फरक किसिमले पुनर्निर्माण हुनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले जोड दिएका छन् । 
००००
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा बुधवार दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 
 अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो ।
००००
प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तानसमेत हुन् । 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।
यसैबीच प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज परिसूचक दोहोरो अङ्कले बढेको छ। बुधबार  नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय ६ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता शेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ ।
००००
काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी हतकडीसहित फरार भएका हुन्।
००००
आगामी वर्ष वैशाख १६ र १७ गते काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना हुने भएको छ ।

यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो । सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x