मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
काठमाडाैं | पुस २१, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
शुक्रवार च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेलले दिए । बैठकले ६ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत समेत गरेको छ ।
००००
राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनसँग मिल्न खोजेको विषयमा एमालेका शीर्ष नेताले नै विरोध जनाएका छन् ।
पछिल्लो केही दिनयता एमाले अध्यक्ष केपी ओलीकै आग्रहमा सत्ता गठबन्धनले राष्ट्रियसभामा भाग दिन खोजेको विषय बाहिरिएपछि एमालेभित्रै विरोध भएको हो ।
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न शुक्रवार बसेको सचिवालयको बैठकमा पनि ओलीले सत्ता गठबन्धन दलसँग भएको छलफलबारे बैठकलाई सामान्य जानकारी गराएका थिए । तर प्रमुख प्रतिपक्षी दल नै कमजोर भएर सत्ता गठबन्धनसँग मिल्न जान खोजेको विषयमा विरोध भएको एक नेताले जानकारी दिए ।
‘हामीले माग गरे अनुसारको पाइने भए पनि एउटा कुरा हो, तर सत्ता गठबन्धनले दिने दुई–तीन सिटको लोभमा प्रमुख प्रतिपक्षी हुनुको पहिचान नै गुमाउनु हुँदैन भन्ने हाम्रो मत छ,’ बैठकमा सहभागी भएका एक नेताले लोकान्तरसँग भने, ‘यसपछि अध्यक्षले जानकारी मात्रै गराएको भन्नुभयो । सत्ता गठबन्धनसँग भागबण्डा लिएर जाँदा कार्यकर्ता र नागरिकलाई दिने जवाफ हामीसँग हुँदैन ।’
००००
सरकारले ललितपुरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा तुल्सीबहादुर श्रेष्ठलाई ल्याएको छ । यसअघि रिक्त रहेको प्रजिअमा गृह मन्त्रालयले शुक्रवार श्रेष्ठलाई ल्याएको हो ।
यस्तै ललितपरको प्रहरी प्रमुखमा शेखर खनाललाई ल्याइएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।
००००
भारतीय विदेशमन्त्री एस जयशङ्कर स्वदेश फर्किएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका जयशङ्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् ।
एमालेले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा के–के सहमति भएको हो जानकारी गराउन सरकारसँग माग गरेको छ ।
प्रमुख प्रतिपक्षीलाई पनि जानकारी नगराइ सरकारले भारतसँग सहमति गरेको आरोप एमालेले लगाएको छ ।
००००
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालको स्वतन्त्रता सार्वभौमिकता, स्वाधिनता र नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको आरोप लगाएका छन् ।
उनले शुक्रवार एक वक्तव्य जारी गर्दै नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्रीका एस जयशंकरबीच बिहीवार भएको सम्झौताप्रति लक्षित गरेर यस्तो आरोप लगाएका हुन् ।
नेपाल सरकारको अनुमतिविना भारतीय दूतावासले नेपालका कुनै पनि परियोजनामा प्रतिपरियोजना २० करोड रुपैयाँ लगानी सहयोग गर्ने निर्णय नेपालको इतिहासमा थप अर्को कलंकित घटनाको रुपमा देखिएको राष्ट्रिसभाका सांसदसमेत रहेका गौतमले स्पष्ट पारेका छन् ।
००००
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताएका छन् । शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय हितप्रतिकूल कुनै सम्झौता कल्पना नगर्ने बताएका हुन् ।
छलफलका क्रममा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगगेका छन् । शुक्रबार मध्याह्न बालकोटस्थित निवासमै पुगेर लामिछानेले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । उक्त भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुई नेताबीच एक घण्टा कुराकानी भएको बालकोट स्रोतले जानकारी दियो । उनीहरूबीच समसामयिक विषयमा छलफल भएको दाबी गरिएपनि थप विषय बाहिर आएको छैन ।
अघिल्लो वर्षको पुस १० गते केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा रास्वपाले पनि साथ दिएको थियो । कांग्रेसले राष्ट्रपति जित्ने भएसँगै एमाले र रास्वपाले प्रचण्ड नेतृत्वको सरकार छोडेका थिए ।
००००
पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी बुढासुब्बा डिजिटल प्रालिले प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।
कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले एक सूचना प्रकाशित गर्दै बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।
००००
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रवार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नो कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।
००००
सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
गोली लागेर मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको प्रहरीले जनाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशबाट उनले शुक्रवार सफाइ पाएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ ।
‘अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुलाई असहज भइरहेकामा सो क्षेत्रको विस्तार भएको छ, प्रस्थानको ‘चेक इन’ क्षेत्रसमेत विस्तार गर्न लागिएको छ,’ महाप्रबन्धक तिवारीले भने ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...