×

NMB BANK
NIC ASIA

राजनीति

राष्ट्रियसभामा भागबन्डाकाे प्रयास : सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडाैं | पुस २१, २०८०

NTC
Premier Steels

 राष्ट्रिय सभा निर्वाचनमा एक भएर जानका लागि  १९ सिटमा भागबण्डा मिलाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटको विषयमा समान्य छलफल हुनुबाहेक ठोस सहमति जुट्न नसकेको बताइएको छ । 

Muktinath Bank

गठबन्धन दलबीच १९ सिटको भागबण्डा मिलाउन निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति जुट्न सकेको छैन । बैठकपछि राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले भागबण्डाको विषयमा अझै सहमति जुटिनसकेको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैलाई मिलाएर जान आफू तयार रहेको बताएका थिए । बैठकमा समग्र विषयमा छलफल भएपनि ठोस सहमति नभइसकेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार गठबन्धनमा कांग्रेसले १० भन्दा बढी सिटमा दाबी गरेको छ भने माओवादीले पनि ७ सिटमा दाबी गरेको छ । यस्तै साना दलले पनि सोहीअनुसार दाबी गर्दा भागबण्डा मिलाउन सकस भइरहेको छ । 

Vianet communication

गठबन्धनले नेकपा एमालेलाई समेत टीआरसीमा सहमत भएको खण्डमा सिट दिन सकिने बताएको भएपनि अन्ततः त्यो च्याप्टर बन्द भएको छ । एमालेले टीआरसीमा सहमत हुन नसक्ने जवाफ दिएपछि गठबन्धन दलबीचमात्रै भागबण्डा मिलाएर जानेबारे छलफल अघि बढेको हो । गठबन्धन एक भएर गएको खण्डमा एमालेले राष्ट्रियसभाका सबै सिट गुमाउने अवस्था छ । 

नेताहरुका अनुसार आइतबार पनि छलफल गरेर सहमति जुटाउने तय भएको छ । यद्यपि बैठक आइतबार कतिबेला बस्ने भन्नेबारे भने टुंगो लागिसकेको छैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x