×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

राष्ट्रियसभाको १९ सिटमा आज मनोनयन दर्ता, दलहरूले टुंग्याए उम्मेदवार

काठमाडाैं | पुस २३, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । त्यसका लागि सत्ता गठबन्धनले भागबण्डाको आधारमा उम्मेदवार उठाएका छन् भने एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दिन लागेका छन् । 

Muktinath Bank

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि १० वटै सिटको लागि उम्मेदवार तय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० सिटको लागि उम्मेदवार तय गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
बाग्मतीमा जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ भने गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार उम्मेदवार बन्ने भएका छन् । 


Advertisment
Nabil box
Kumari

लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको हो ।

Vianet communication

यसैगरी गठबन्धनबाटै माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार टुंग्याएको छ भने नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुंग्याएपनि औपचारिक रुपमा नाम सार्वजनिक गर्न बाँकी रहेको एक नेताले बताए । 

उम्मेदवार चयनप्रति महामन्त्री गगन थापाले लिखित फरक मत राखेका छन् । 
यस्तै जसपाले पूजा चौधरीलाई मधेसमा उम्मेदवार बनाएको छ । गठबन्धनबाट चार दलबीच १९ सिटमा भागबण्डा भएको हो । 
००००
एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । 

यस्तै मधेशबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बन्दा बागमतीबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यकरअपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका धु्रबराज विश्वकर्मा उम्मेदवार बनेका छन् । 

यस्तै गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार बनेका छन् । 

लुम्बिनीमा महिला तर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती उम्मेदवार  हुँदा कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
यस्तै सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी उम्मेदवार बनेका छन् ।
००००
यसैगरी राप्रपाले पनि राष्ट्रिय सभाको लागि सातवटै प्रदेशका उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेल, बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।
गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि उम्मेदवार टुंगो लगाएको राप्रपाले जनाएको छ । राप्रपाले सत्ता गठबन्धनसँग तालमेल गर्ने

मानसिकता बनाएको थियो । तर सत्ता गठबन्धनले इच्छा नदेखाएपछि राप्रपाले छुट्टै उम्मेदवार उठाएको हो ।
सत्ता गठबन्धनको मतभार धेरै रहेकाले गठबन्धनले १९ सिटमै जित हाँसिल गर्ने पक्कापक्की देखिएको छ । 
००००
निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि सातै प्रदेशका मतदाताको संख्या र मतभार सार्वजनिक गरेको छ । 
प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा आयोगले आइतवार सातवटै प्रदेशका मतदाता र मतभार सार्वजनिक गरेका हो । 

राष्ट्रिय सभा सदस्यको लागि प्रदेश सभा सदस्यको प्रतिसांसद मतभार ५३, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका प्रतिमतदाता मतभार १९ रहेको छ ।
००००
त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । 
००००
सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ ।
००००
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त भएका छन् । 
मुख्यमन्त्री केदार कार्कीको सिफारिशमा प्रदेशप्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
००००
काठमाडौं जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।
००००
लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।
००००
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

शनिवार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
००००
नेपाल स्टक एक्सचेञ्ज परिसूचक २६ दशमलव ३६ अङ्कले घटेको छ ।

नेप्से परिसूचक आइतवार १ दशमलव २८ प्रतिशतले घटेर २ हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x