×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

उजुरी बोकेर प्रहरीमा पुगिन् गौशाला–२६, सन्दीप क्रिकेटबाट बाहिर–करिअर तहसनहस

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी दिएकी पीडित गौशाला– २६ (परिवर्तित नाम)ले आफ्ना तस्वीर सामाजिक सञ्जालमा हाल्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

Muktinath Bank

उनले बिहीवार आफैँ उपस्थित भएर कारबाहीको माग गर्दै उजुरी दिएको ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए ।
बलात्कार मुद्दामा लामिछाने दोषी ठहर भएर ८ वर्ष कैदको फैसला आएसँगै गौशाला २६ का तस्वीर नामसहित सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । यसो गर्नेहरूविरुद्ध कारबाहीको माग गर्दै पीडित प्रहरीकहाँ पुगेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रवासी नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई निलम्बन गरेको छ । उनले गौशाला २० को तस्बिर सार्वजनिक गरेको आरोप लागेको छ । 
००००
नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।


Advertisment
Nabil box
Kumari

क्यानको निलम्बनसँगै अब उनले घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि क्रिकेट खेल्न पाउने छैनन् । यसअघि उनी आफैंले नेपाली राष्ट्रिय टोलीबाट अलग भएको घोषणा गरेका थिए । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै शिखरमा पुगेको उनको क्रिकेट यात्रा तहसनहस भएको छ ।
००००
यौन हिंसादेखि व्यक्ति बेपत्ता बनाएको अभियोग लागेका रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
००००
राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ ।

Vianet communication

विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिए ।
००००
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्रमा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् ।

टोलीमा विभागका महानिर्देशक रिजाल, निर्देशक समेत रहेका आईटी शाखा प्रमुख मुकेश रेग्मी, लेखा अधिकृत यलप्रसाद रेग्मी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख समेत रहेका सहसचिव रघुराम विष्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका स्वकीय सचिव रामहरि शर्मा छन् । सहसचिव विष्टले भिसा प्रक्रियामा रहेको बताए ।
००००
मुलुकबाट बाहिरने भन्दा भित्रने मुद्राको मात्रामा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति रू दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू ४५ अर्ब ८६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा  छ ।

यसैगरी  मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको हो । 

यसैगरी पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) स्वदेश भित्रिएको छ ।
००००
सरकारले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने भएको छ ।  
बिहीवार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
००००
बूढानीलकण्ठस्थित मध्यवर्ती क्षेत्रमा निर्माण गरिएको ुहोटल फरेस्ट इनु बचाउन मापदण्डमा छेडखानी भएको छ ।
संखुवासभाबाट प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद दीपक खड्काको लगानीमा वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी निर्माण गरिएको ४ तले होटल जोगाउन मध्यवर्ती क्षेत्र (उद्योग स्थापना र सञ्चालन) मापदण्ड– २०६२ परिमार्जन गरिएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठानका पदाधिकारीको छलफलमा बिहीबार प्रधानमन्त्री ‘प्रचण्ड’ले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताएका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x