×

NMB BANK
NIC ASIA

माओवादी केन्द्रको स्थायी समिति बैठक

माओवादी बैठकः एकता संयोजन समिति गठनदेखि रुपान्तरण अभियानको समीक्षासम्म

काठमाडाैं | पुस २८, २०८०

NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्न प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा एकता संयोजन समिति गठन गर्नेसहितका निर्णय गरेको छ । 

Muktinath Bank

काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म गर्नेसहितका निर्णय गरेको जानकारी प्रवक्ता अग्नीप्रसाद सापकोटाले दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले विधान सम्मेलनको विषयमा मुख्य छलफल गर्यौं । विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म गर्ने निर्णय भएको छ । यसको लागि प्रतिनिधि छान्ने मापदण्ड बनाए छौं, अब माघ २६ गते बस्ने अर्को स्थायी कमिटीले बाँकी काम गर्नेछ,’ सापकोटाले भने, ‘बैठकले पार्टी अध्यक्षको संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।’ 


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि समन्वय समिति गठन गरेको जानकारी पनि उनले दिए । 

Vianet communication

के–के हुँदैछ विधान मस्यौदामा ? 

अब विधान मस्यौदा समितिमा तलैसम्म सुझाव लिने पनि प्रवक्ता सापकोटाले बताए । 

‘मस्यौदा समितिले मस्यौदा सबैलाई बाँडेको छ । तलैसम्मको सुझाव लिन्छौं । जनताको समेत सुझाव लिएर आगामी स्थायी समितिमा छलफल गरिन्छ । अनि विधान सम्मेलनमा जान्छौं,’ उनले भने, ‘माओवादीले परिवर्तन र अग्रगमनको नेतृत्व गरेको छ । अब सिंगो राज्यलाई निर्देश गर्ने गरी अगाडि बढ्छौं । जनस्तरबाट छलफल गरेर विधान अधिवेशन गर्ने, नेपाली विशेषता र मौलिकताको विधान बनाएर अगाडि बढ्छौं ।’

माओवादी केन्द्रले जनताको सबै प्रकारका गुनासा र समस्याको सम्बोधन गर्ने, रोजागरी बढाउने,  गरिबी हटाउने, आधारभूत विषयलाई प्राथमिकता राख्ने तयारी गरेको सापकोटाले बताए । 

पार्टीले पम्फा भुसालको नेतृत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । सोही समितिले पार्टीलाई विधानको मस्यौदा बुझाएको थियो । विधानमा अब २१ दिनसम्म पार्टीका तल्लो कमिटीसँग सुझाव लिने तयारी छ ।

null 

रुपान्तरण अभियानबारे 

बैठकमा पार्टीको रुपान्तरण अभियानको प्रारम्भिक समीक्षा भएको माओवादी केन्द्रले जनाएको छ । अभियानका विषयमा प्रदेश इन्चार्जबाट रिपोर्टिङ लिने र प्रारम्भिक समीक्षा गर्ने काम भएको प्रवक्ता सापकोटाले बताए । विस्तृतमा स्थायी समितिबाट निर्णय हुने उनको भनाइ छ । 

अध्यक्ष प्रचण्डले यसपटकको अभियान विगतको भन्दा प्रभावकारी भएको बताएका थिए । 

‘अध्यक्षले अभियान विगतका भन्दा सबैभन्दा प्रभावकारी भएको बताउनुभयो । अभियानले पार्टीलाई गतिशीलता दिने पार्टीको अभियान सफल बनाउन कोशेढुंगा सावित भएको ठहर गरेको छ,’ उनले भने, ‘निर्वाचनमा मात्रै होइन अघिपछि पनि माओवादी आउँदारहेछन् भन्ने विश्वासको आधार बनेको छ । कार्यकर्तामा आशा पलाएको छ ।’ 

मूल्यांकनको आधार राम्रोसँग बनाएको, पार्टी काममा नेता कार्यकर्ताको योगदानको मूल्यांकन गरेको माओवादी केन्द्रको भनाइ छ । 

बजेटमा नयाँ अभ्यास

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले बैठकमा आर्थिक विकासलाई आफूले मूलमन्त्र बनाएको बताएका थिए । 

‘प्रधानमन्त्री एवं अध्यक्षले कूटनीतिमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । तर मुख्य जोड आर्थिक विकास नै भन्ने छ । यसैले बजेट बनाउँदा पुरानो अभ्यासलाई अन्त्य गर्ने बताउनुभएको छ,’ प्रवक्ता सापकोटाले भने । 

अब बजेट बनाउँदा सरकार, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगको छलफलमा मात्रै सीमित नहुने पक्षमा प्रधानमन्त्री रहेको उनले बताए । 

‘बजेट बनाउँदा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको कुरा उठाइन्छ । बजेटको सिलिङ बनाउन सबैसँग छलफल गरिन्छ । आमूल परिवर्तन गर्ने, आर्थिक विकासमा सर्वाधिक जोड दिने गरी बजेट ल्याउने प्रण प्रधानमन्त्रीले गर्नुभएको छ,’ उनले थपे । 

यसका लागि नीति कार्यक्रम एक–दुई महिनाअघि छलफल गर्ने तयारी प्रधानमन्त्रीले गरेको पनि सापकोटाले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x