×

NMB BANK
NIC ASIA

पोखरामा भोलिदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल

काठमाडाैं | पुस २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरामा  भोलिदेखि चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता सुुरु हुँदैछ । 

Muktinath Bank

खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले आज आयोजित पत्रकार सम्मेलनमा बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र नेपाल आर्मी क्लबबीच हुनेछ । यसैगरी, महिलातर्फ विभागीय टोली एपीएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताका लागि रङ्गरोगन, सरसफाइ, स्टेज तथा अस्थायी प्यारापिट निर्माण गरी खेलमैदानको मर्मतसम्भार गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा पहिलोपटक दुई विदेशी क्लब र सहभागी टोलीमा विदेशी खेलाडी सामेल भएपछि प्रतियोगिता विगतका संस्करणमा भन्दा थप रोचक र प्रतिस्पर्धी हुने शर्माको विश्वास छ । प्रतियोगिताका लागि पोखरा रङ्गशाला भलिबल ट्रेनिङ सेन्टरमा १० हजार जना अट्ने अस्थायी प्यारापिट तयार गरिएको छ । 

Vianet communication
Laxmi Bank

हरेक दिन महिला र पुरुषतर्फका दुई–दुई गरी चार खेल हुने प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिए । भारत हरियाणा राज्यको महिला पुलिस क्लब पहिलोपटक प्रतियोगिताका लागि पोखरा आइपुगेको छ । यसैगरी, चन्द्रागिरि नगरपालिका न्यू डायमन्ड स्पोर्टस क्लब, गण्डकी प्रदेश र तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफ गरी छ टोलीले सहभागिता जनाउनेछन् । 

पुरुषतर्फ श्रीलङ्काको आर्मी टोलीले पहिलोपटक सहभागिता जनाउने भएको छ । पुरुषतर्फ तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको अध्यक्ष शर्माले जानकारी दिए । विजेता महिला तथा पुरुष टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । 

यसैगरी, उपविजेता पुरुष तथा महिलाको टोलीले रु दुई  लाख ५५ हजार पाँच सय ५५ का दरले र तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x