×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

घट्यो बैंकहरूको नाफा, ट्रायलमा आफ्नै सवारी साधन प्रयोग दिन निर्देशन

काठमाडाैं | माघ ८, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पछिल्लो आर्थिक मन्दीको प्रभावले बैंकहरूको नाफामा गिरावटमा देखिएको छ ।
चालू आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकहरूले कमाएको आम्दानी १० प्रतिशतले खुम्चिएको छ भने २० मध्ये ३ वटा बैंकले मात्र नाफाको दर बढाउन सफल भएका छन् ।

Muktinath Bank

खराब कर्जा बढेको, बैंकमा थुप्रिएको तरलताका कारण ब्याज आम्दानी कम भएको र पुरानो ऋण असुली नभएकाले बैंकहरूको नाफा घट्नुको प्रमुख कारण मानिएको छ ।
००००
सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई निर्देशन दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत माघ ५ गते केन्द्रका सचिव रामआधार साहको अध्यक्षतामा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल, ट्राफिक प्रहरी, प्रधानमन्त्री कार्यालयका उपसचिवदेखि केन्द्रका सहसचिवहरू समेतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गरी परीक्षा दिनबाट वञ्चित गरिएको र प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गरी परीक्षा दिन बाध्य पार्ने गरिएको थियो ।
सवारी साधन भाडामा दिएबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी रूपमा शुल्क असुल्ने गरेका थिए ।

Vianet communication

उक्त विषयमा केन्द्रमा परेको उजुरी सन्दर्भमा छलफल भई सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार निर्देशन दिइएको हो ।
००००
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 
सुर्खेत जिल्ला अदालतकी स्रेस्तेदार निर्मलाकुमारी खड्काले सिंहसहितका केही व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको लोकान्तरलाई जानकारी दिइन् । 

हत्या मुद्दामा प्रहरीले जरुरी पक्राउ पुर्जीको समर्थनका लागि आएपछि अदालतले समर्थन दिएको उनले बताइन् ।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो । सुर्खेत वीरेन्द्रनगरस्थित जन माविमा राजबहादुरको हत्या भएको थियो ।
००००
यातायात व्यवस्था विभागले ‘डेटाबेस’मा रहेका अवैध २९ हजार १२७ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले उक्त संख्याका अवैध लाइसेन्सलाई सिस्टममा इनभ्यालिड गरिससकेको लोकान्तरसँग बताए ।

’विभागले आन्तरिक छानबिन गर्नका लागि गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा अनुसूची १, २ र ३ बमोजिम डेटाबेसमा रहेका तर जारी नभएका अवैध २९ हजार १२७ लाइसेन्सलाई हामीले सिस्टममा इनभ्यालिड गरेका छौं,’ रिजालले भने, ’सिस्टमभित्र बेवारिसे भएर बसेका र नाम–फोटो मेटेर बेच्नका लागि बनाइएका ती अवैध २९ हजार लाइसेन्सलाई सिस्टममा राखिरहनुको साटो इनभ्यालिड गरेका हौँ ।’
००००
माघ ३ गते काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित सरिता गिरिको घरमा सढेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी स्वयम्भूमा सडेको अवस्थामा फेला परेको शव तनहुँ भीमादकी ५१ वर्षीय सफिना मियाको भएको जानकारी दिएको हो ।
००००
अध्यागमन विभागका कर्मचारीहरू आन्दोलित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई सास्ती भएको छ।
कर्मचारीको आन्दोलनका कारण कुल २२ काउन्टर मध्ये ४ मात्र संचालनमा भएको बताइएको छ ।  जसका कारण यात्रुहरुले सास्ती भोग्नु परेको विमानस्थलका एक अधिकारीले बताए । 
००००
विशेष अदालतले तत्कालीन संविधान सभाका सदस्य इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ। 
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र सुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो।
००००
डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा आन्दोलन शुरू गरेको छ ।
सप्तरीमा रहेको कृषि विश्वविद्यालय अगाडि आइतवार प्रदर्शन गर्दै जनमतले विश्वविद्यालयमा दलीयकरण बन्द गर्नुपर्ने, गैरवैधानिक काममा रोक लगाउनुपर्ने, डीपीआरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग अगाडि सारेको छ ।
००००
संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढङ्गले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिङ्गो सत्रका लागि अलगअलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको छ ।’
००००
दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश डा परशुराम भट्टराईले राजीनामा दिएका छन् । जिम्मेवारी खोसेर सर्वोच्च अदालतमा तानिएको २१ महिनापछि उनले शुक्रवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।
००००
सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई लगायतविरुद्ध छानबिन र कारबाहीका लागि सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेखी पठाउने तयारी गरेको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम सहमतिका आधारमा पूरा हुने बताएका छन् । 
असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा र्पुयाइने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x