×

NMB BANK
NIC ASIA

प्रेमको सुमधुर आभास दिलाउने ‘लभ साशा’

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
तपार्इंलाई लभ स्टोरी चलचित्र मन पर्छ भने लभ साशा हेर्नुस् । भावनाको माध्यमबाट चलचित्रको कथानक पढ्न चाहनुहुन्छ भने यो चलचित्र हेर्नुस् ।

प्रेमकथामा बनेको चलचित्र लभ साशा मुख्य पात्र साशा (केकी अधिकारी) को वरिपरि घुमेको छ । अस्ट्रेलियाबाट विवाह गर्न नेपाल आएकी साशाको आफ्नो घर पोखरा जाने क्रममा बाटोमा कार बिग्रन्छ ।

बिदा मनाउन काठमाडौंबाट पोखरातर्फ स्कूटरमा हिँडेको पर्ल (कर्मा) सँग साशाले लिफ्ट माग्छे । भर्खरै ब्रेकअपको पीडामा रहेको पर्लले केकीलाई लिफ्ट दिन्छ । त्यहीँबाट शुरु भएको उनीहरूको प्रेमकथा कुन मोडमा पुगेर टुंगिन्छ थाहा पाउन चलचित्र नै हर्नुपर्ने हुन्छ ।

सरल, भावनात्मक तथा खुला विचारकी साशासँग पर्ल कसरी आकर्षित हुन्छ र उनी पनि कसरी पर्लसँग नजिकिन्छिन् भन्ने कथालाई मीठो तवरले देखाइएको छ ।

विशेषगरी युरोपेली चलचित्रको प्रभाव लभ साशामा पाइन्छ । फ्रान्सेली निर्देशक एरिक रोहमरका फिल्मको प्रभाव यसमा भेट्न सकिन्छ । चलचित्रमा दृश्यलाई कलात्मक रूपमा लिइएको छ । फिल्मका संवादहरू लोभलाग्दा छन् । पटकथाले फिल्मको गतिलाई स्लो हुन दिएको छैन ।

चलचित्रको अर्को आकर्षक पक्ष भनेको प्रमुख पात्रको अभिनय हो । मुख्य पात्र साशा र पर्लको भूमिकालाई केकी र कर्माले सक्दो न्याय गरेका छन् । द्वन्द्वको संयोजन कम देखिए पनि कथानकमा छरिएका धेरै संवादले चलचित्र सबल बनाएका छन् ।

पूरै चलचित्र साशा र पर्लको परिवेश वरिपरि घुमेपनि सिद्धार्थ (असिफ शाह) विना फिल्मको कथा अधुरो हुन्छ । असिफको अभिनय तारिफयोग्य छ ।

चलचित्रको छायांकन पक्ष सुन्दर छ । सिनेमाटोग्राफर शिवराम श्रेष्ठले कुशल ढंगले परिवेशलाई क्यामेरामा कैद गरेका छन् । लाइटको इफेक्ट कलात्मक देखिन्छ ।

नायक कर्मा र केकीले आफूले चरित्रमा पूरै डुबाएका छन् । कतिपय दृश्यमा दर्शक आफै नै अभिनय गरेका छन् कि भन्ने अनुभूति हुन्छ । लेखन तथा निर्देशनको दृष्टिले प्रचण्डमान श्रेष्ठको काम तारिफयोग्य छ । लेखक बुद्धिसागर लगायत अन्य कलाकारलाई अतिथि भूमिकामा सुहाएको छ ।लेखनको हिसाबले चलचित्र राम्रो छ ।

यद्यपि पूरै चलचित्र हेर्दै जाँदा केही दृश्यमा परिवेश अघि बढ्न सकस पर्छ । केकी, कर्मा र असिफको बाहेक अन्य कलाकारको अभिनय औसत छ ।

मनोद्वन्द्वलाई प्रमुख कलाकारले संकेतद्वारा पेश गरेका छन् जुन यसको राम्रो पक्ष हो । तर फिल्मका पात्रलाई कतैबाट टपक्क टिपेर चलचित्रको कथामा ल्याइएको चाहिँ चित्तबुझ्दो छैन । उनीहरूको प्रस्ट परिचय र चरित्र विकास कतै देखिँदैन ।

फिल्मको शुरुमै पोखरामा रहने साशाकी आमाले ‘छोरीमान्छे भएर एक्लै एक्लै बाहिर बस्नुहुँदैन’ भन्छिन् । तर घरमा आएपछि इङ्गेजमेन्ट हुन लागेकी छोरीलाई पुरुष साथी (पर्ल) सँग सजिलै घुम्न पठाउँछिन् । यसमा संगति भेटिँदैन ।

यस्ता केही स–साना कुरालाई ख्याल नगर्ने हो भने चलचित्र राम्रो बनेको छ । लगभग डेढ घण्टा तपाईं साशाको प्रेममा पर्नुहुन्छ । कति खोला पार गरेर साशा कर्मालाई भेट्न आइन् भन्ने कुराको अर्थ खोज्नुहुनेछ ।
साशा भनेको के रहेछ भन्ने बुझ्नुहुनेछ ।

प्रेममा पर्नुभएको छ भने त यो चलचित्र तपाईंकै लागि बनाइएको हो । तटस्थ भएर हेर्दा पनि फिल्मले तपाईंलाई आनन्द नै दिन्छ ।

३/५ स्टार 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x