×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

विनोद चौधरीकै योजनामा सरकारी जग्गा हिनामिना, च्याम्पियन फूटवेयरका नाममा कीर्ते

काठमाडाैं | माघ २०, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी नै मुख्य योजनाकार रहेको विभिन्न तथ्यहरूले देखाएका छन् ।

Muktinath Bank

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार अहिले जग्गाको स्वामित्व जसको नाममा भए पनि यो सारा प्रकरण विनोद चौधरीकै वरिपरि घुमेको देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनोदका सहोदर भाइ अरुण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजित नारायण सिंह थापा तथा चौधरी ग्रुपको पूर्व कर्मचारीसमेत रहेका सञ्जय ठाकुरलाई बिहीबार पक्राउ गरिएको छ । यससम्बन्धी विस्तृत समाचार लोकान्तरमा पढ्न सकिन्छ ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यापारिक घराना चौधरी ग्रुपका सदस्य शेयर सदस्य रहेको च्याम्पियन फूटवेयरका नाममा सरकारको जग्गा हिनामिना भएको प्रमाण फेला परेको बताएको छ । 


Advertisment
Nabil box
Kumari

काठमाडौंमा रहेको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरुण चौधरीलगायत ३ जनालाई पक्राउ गरेको भोलिपल्ट सीआईबीले पत्रकार सम्मेलन गरेर च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा जालसाजी गरेको पाइएको जनाएको हो । 

Vianet communication

कम्पनी रजिस्ट्रारको कार्यालयले च्याम्पियन फूटवेरलाई दिएको प्रमाणपत्रमा विनोद चौधरी, लुनकरणदास चौधरी, अरुण चौधरीलगायत ७ जना सञ्चालक थिए । सरकारी जग्गा ‘च्याम्पियन फूटवेर’को नाममा ल्याउन भूमिका खेल्ने व्यक्तिचाहिँ विनोद चौधरी थिए । कम्पनी दर्ताको प्रमाणपत्रको दोस्रो नम्बरमा विनोद चौधरीको नाम छ ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न कसैलाई पनि छुट दिन नसकिने बताएका छन् । बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उद्योगी अरुण चौधरी पक्राउ परेको भोलिपल्ट गृहमन्त्री श्रेष्ठले अपराध, ठगी र जालसाजी गर्ने कसैलाई पनि छुट दिन नसकिने बताएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा शान्ति प्रक्रिया र सदन सञ्चालनका विषयमा कुराकानी भएको हो ।
००००
काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट ९ जना पक्राउ परेका छन् । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
००००
रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारलाई आग्रह गरेका छन् । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् ।

कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरिन् । उदयपुरका स्थायी बासिन्दा उनी नेपाली सेनाबाट अवकाश भएपछि करिब रु नौ लाख खर्चेर रुस गएको परिवारले जनाएको छ ।
००००
आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शुक्रवारको खेलमा नेपाल भारतसँग १३२ रनको भारी अन्तरले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि २९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो ।
००००
सर्वोच्च अदालतले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त विवादमा सरकार, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणसँग लिखित जवाफ माग गरेको हो ।
००००
काठमाडौँ महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो ।

प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । 
००००
संसद्को आउँदो हिउँदो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका तयार गरिएको छ ।
संसद् सचिवालयले बनाएको तीन महिने सो प्रस्तावमाथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच  भएको छलफल भएको हो ।
००००
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।
साथै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमतिबिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
००००
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x