चैत ३०, २०८०
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
पाेखरा | माघ २५, २०८०
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ गतेदेखि बाराहीघाट, लेकसाइड पोखरामा हुने भएको छ ।
आयोजक संस्था बुकवर्म फाउन्डेसनलले बिहीवार पोखरामा पत्रकार सम्मेलन गर्दै ११ औं संस्करणको साहित्य महोत्सव फागुन ३ देखि शुरू भएर ७ गतेसम्म चल्ने जानकारी दिएको हो ।
महोत्सवको यस वर्षको संस्करण ५५ भन्दा बढी सेसनको हुनेछ । यस्तै साङ्गीतिक साँझ पनि गरिने आयोजकले जनाएका छन् ।
महोत्सवमा वात्स्यायन कार्टुन प्रर्दशनी पनि हुँदैछ । साथै गोर्खा वुमन : एन इको इन द स्टोरी प्रदर्शनी पनि गरिने भएको छ ।
यस वर्षको महोत्सवमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस : द ट्रायम्फ एन्ड ट्राजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डसमेत सहभागी हुँदैछन् । सो पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ जितेको थियो । यसैमा आधारित ओपनहाइमर चलचित्र पनि बनेको छ ।
यता, प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि महोत्सवमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा चर्चा गरिनेछ ।
विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरीको पनि उपस्थिति हुँदैछ ।
महोत्सवमा हुने सांगीतिक प्रस्तुतिमा कुटुम्ब ब्यान्ड, डा ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्डजस्ता समूहको कन्सर्ट हुँदैछ ।
महोत्सवको पहिलो दिन फागुन ३ मा दिउँसो साढे २ बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत् प्रवचनलगायत कार्यक्रम सञ्चालन हुँदैछ ।
साहित्य महोत्सवले सामाजिक बहस र विमर्श गर्नेछ । यसले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने महोत्सव निर्देशक नीरज भारीले बताए । लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता महोत्सव आवश्यक भएको उनको भनाइ छ ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरू भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजक बताउँछन् । यस वर्षको फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ ।
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...