कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
काठमाडाैं | माघ २९, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले पार्टीले चलाएको अभियानका कारण माओवादीप्रतिको आकर्षण बढेको दाबी गरेका छन् ।
‘जनतासँग माओवादी अभियान’को समीक्षा प्रतिवेदन पेश गर्दै इन्चार्जहरूले माओवादीमा फेरि एकप्रकारको नयाँ लहर शुरू भएको बताए ।
आइतवारबाट काठमाडौंमा शुरू केन्द्रीय कमिटी बैठकको शुरूमा रिपोर्टङ गर्दै इन्चार्जहरूले जनतासँगको अन्तरक्रियाले माओवादी आगामी चुनावमा पहिलो दल बन्ने आधार तयार गरेको बताएका हुन् ।
००००
नेपाल–क्यानडा एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने खेल बिहान सवा ९ बजे शुरू हुनेछ ।
यसअघि लगातार दुई खेल जितेको नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाह चितवन भ्रमणमा पुगेका छन् । काठमाडौँमा फागुन १ देखि पूर्वराजालाई नै सहभागी गराएर आन्दोलनको उद्घाटन गर्ने दुर्गा प्रसाईंले योजना भएपनि त्यसलाई छल्दै पूर्वराजा चितवन पुगेका हुन् ।
उनी केही दिन चितवनमै बस्ने र साईले निम्ता दिएपनि सहभागी नहुने पूर्वराजा निकट स्रोतले जानाएको छ ।
००००
मोडल तथा गायक दुर्गेश थापामाथि स्टेजमा गाउँदा गाउँदै जुत्ता प्रहार भएको छ । स्याङ्जाको वालिङमा प्रस्तुति दिइईरहेका बेला उनीमाथि टाउकोमै जुत्ताले प्रहार भएको हो ।
‘राजा आयो राजा, बजाईदिन्छु बाजा’ बोलको गीत गाइरहेको बेला उनीमाथि जुत्ता प्रहार भएको थियो । तर, उनीमाथि जुत्ता प्रहार भएपनि उन गाउनबाट रोकिएनन् ।
००००
नेपाली कांग्रेसको हिन्दुराष्ट्र पक्षधरले पार्टीको महासमिति बैठकअघि तयारी बैठक बोलाएको छ । बैठकमा आफूहरुको तर्फबाट राखिने मुख्य एजेण्डा तय गर्न फागुन ४ गतेका लागि बैठक बोलाइएको हो ।
सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिका सहसंयोजक लोकेश ढकालले फागुन ५ गते नयाँ बानेश्वरस्थित बानेश्वर बैकेटमा अपरान्ह १२ः३० बजेदेखि महासमितिमा उठान गर्ने प्रमुख एजेन्डाबारे छलफल हुने जानकारी दिए । उनले सोही बैठकमार्फत महाअभियानको घोषण पत्र जारी गरिने कार्यकमसमेत तय भएको समेत जानकारी दिए । कांग्रेसभित्रका हिन्दुवादीहरुले निरन्तर आफ्नो अभियान चलाउने बताइएको छ । बेलाबेला कांग्रेसम हिन्दुराष्ट्रको पक्षमा बहस हुँदै आएको छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भ्रष्टाचार मुलुकको स्वस्थ आर्थिक–सामाजिक जीवनका लागि सबैभन्दा ठूलो बाधक भएको बताए । यसले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्बको सिर्जना, मानवअधिकारको हनन तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात पार्ने हुँदा नियन्त्रण बाञ्छनीय रहेको बताए ।
००००
ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो ।
उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
००००
काठमाडौँको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
००००
हत्या आरोपमा पुर्पक्षमा कारागारमा थुनामा रहेका पूर्व मन्त्री आफताब आलमको मुद्दामा रौतहट जिल्ला अदालतले जाहेरवाला घाइतेको शारीरिक परीक्षण प्रतिवेदन पेश गर्न आदेश गरेको छ ।
स्रेस्तेदार उद्धव ढोडारीका अनुसार १ नम्बर इजलाशका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले आइतवार उक्त आदेश गरेको हो ।
००००
लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।
रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको बैठकले निर्देशन दिएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइए–नलिइएकोबारे सरकारसँग प्रश्न गरेका छन् ।
सार्वजनिक जग्गा हिनामिनामा पक्राउ परेका च्याम्पियन फूटवेयरका शेयर सदस्य अरुण चौधरीसरह शेयर रहेका विनोदसँग बयान किन नलिएको भनेर लामिछानेले प्रश्न गरेका हुन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्त कुँवर समेत उपस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा लामिछानेले चौधरीसँग बयान लिए–नलिएकोबारे प्रश्न गरे ।
००००
एक वर्षको अवधिमा नेपालबाट ४५९ विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागले सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको जानकारी दिएको हो ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएको पनि जानकारी दिए ।
००००
नेपाल पत्रकार महासंघको संस्थापक को भन्ने विवादले उघ्र रुप लिएपछि महासंघका पूर्व सभापतिको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रम बिथोलिएको छ ।
महासंघको प्रदेश प्रतिष्ठान शाखाले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’ विमोचन कार्यक्रममा जनजाति पत्रकार संघले हस्तक्षेप गरेको हो ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...