×

NMB BANK
NIC ASIA

बेथितिका अनेक रूप

स्थानीय तहमा बेथिति : कतै वडाध्यक्षलाई अल्लोको कोट, कतै भत्ता लिन कीर्ते हस्ताक्षर

काठमाडाैं | फागुन ९, २०८०

NTC
Premier Steels

सुनसरीको बराहक्षेत्र नगरपालिकाले प्रत्येक वर्ष मेयर कप फूटबल प्रतियोगिता गर्दै आएको छ ।

Muktinath Bank

स्थानीय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको प्रतियोगिता यसपालि माघ दोस्रो साता आयोजना गरिएको थियो । मेयर कपका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता सकिएपछि वडाध्यक्षहरूलाई मायाको चिनो बाँडियो । 


Advertisment
Nabil box
Kumari

मायाको चिनो थियो, संखुवासभाबाट किनेर ल्याइएको अल्लोको कोट । नगर खेलकुद विकास समितिको संयोजकमा वडा नम्बर ७ का वडाध्यक्ष कपिल आचार्य छन् । 

Vianet communication

मेयर कपमा वडाध्यक्षहरूलाई कोट बाँडिएपछि अहिले चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जालभरि खेलकुद विकास समिति र नगरपालिकाको विरोध भएको छ ।

खेलाडी उत्पादनका नाममा वडाध्यक्षलाई मायाको चिनो बाँडिएको भन्दै स्थानीयले विरोध गर्न थालेका हुन् । 

खेलकुद समितिका संयोजकसमेत रहेका वडाध्यक्ष आचार्यले भने मायाको चिनो दिँदा अनावश्यक विरोध भइरहेको तर्क गरे । 

‘कार्यपालिका बैठकमा पनि सजिलो होस् भनेर नेपालमै उत्पादन भएको अल्लोको कोट मायाको चिनोस्वरूप दिएको हो,’ वडाध्यक्ष कार्कीले भने, ‘भत्ताबाट सिलाएर लाउनुहोस् भनेको छु । शिशाको फ्रेममा पशुपतिलगायत अन्य क्षेत्रका मठमन्दिरको तस्बिर दिनुभन्दा संखुवासभाका महिला दिदीबहिनीहरूले दुःखले बुनेको अल्लोको कपडा दिएका हौै ।’ 

मेयर/उपमेयरलाई भने मायाको चिनो स्वरूप खुकुरी दिइएको उनले बताए । राम्रो कामको चर्चा नभएको भन्दै उनले गुनासो गरे । धरानबाहेक कसैले लिग फूटबल गर्न नसकिरहेका बेला आफूले गरेको उनको दाबी छ । उनी सप्तकोशी युवा क्लबका अध्यक्ष पनि हुन् ।

‘हामीले वसन्त ऋतु माविको खेल मैदानमा त्यत्रो लिग गरायौं । युवा क्लबबाट खेल्ने ५/६ जना आर्मीमा प्रवेश गरेका छन्,’ उनले भने, ‘यस्ता कुराचाहिँ कसैले बुझिदिँदैनन् । मायाको चिनोको विषयमा चर्चा गरेको देख्दा अचम्म लागेर आउँछ ।’ 

उनले चाँडै खर्च विवरण सार्वजनिक गर्नेसमेत बताए ।

कोट पाउने वडाध्यक्षहरूले भने खुशी व्यक्त गरेका छन् । 

वडा नम्बर ५ का वडाध्यक्ष रोहित काफ्लेले मायाको चिनो पाउँदा खुशी लागेको बताए  । 

यस्तै वडा नम्बर ११ का वडाध्यक्ष कृष्णकुमार महतोले पनि मायाको चिनो दिँदा अनावश्यक हल्ला गर्नु गलत भएको बताए । 

०००

मोरङको बेलबारी नगरपालिकास्थित श्रमिक महिला समाजले प्रशिक्षार्थीको कीर्ते हस्ताक्षर गरेर रकम भुक्तानी माग गरेको पाइएको छ । 

श्रमिक महिला समूहले बेलबारी नगरपालिकामा पुस १६ गते महिला हिंसाविरुद्धको तालिममा सहभागीहरूको कीर्ते हस्ताक्षर गरेको खुलेको हो ।

यो संस्थाले बेलबारी नगरपालिकाका १, ३, ८, ९, १० र ११ नं. वडामा कार्यक्रम गरेको थियो । 

एकदिने तालिममा प्रशिक्षार्थीलाई यातायात तथा खाजा खर्च २०० रुपैयाँ दिएको कीर्ते कागज र कीर्ते हस्ताक्षर गरेर श्रमिक महिला समूहले बेलबारी नगरपालिकामा ११ हजार ४०० रुपैयाँ रकम भुक्तानी गर्न कागज पेश गरेको पाइएको हो ।

बिजुली मालपोत टोल विकास संस्थाका ५७ जना प्रशिक्षार्थीहरूले बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, उपमेयर नीतु थापा कोइराला र प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाललाई गत बिहीबार ध्यानाकर्षण पत्र बुझाएका छन् । भत्ता पनि नपाएको र आफूहरूले हस्ताक्षर पनि नगरेको भन्दै स्थानीय महिलाले विरोध गरेका हुन् । 

null

null

null

null

वडाले सहभागी पठाइदिनु भन्ने पत्र पठाएपछि सहभागी पठाइएको मालपोत टोल विकास संस्थाका अध्यक्ष चुणामणि अधिकारीले बताए । ‘म वडामा व्यक्तिगत काम लिएर गएको थिएँ । त्यही कार्यक्रमको बिल भरपाई प्रमाणित गरेर वडा सचिवले नगरपालिकामा पठाउन लाग्नुभएको रहेछ । मैले उपस्थिति र भत्ता बुझेको हस्ताक्षर हेरौँ भनेर हेर्दा हस्ताक्षर फरक देखिएपछि रोक्न लगाएँ,’ उनले भने ।

अध्यक्ष अधिकारीले भत्ता जनही २ सय मात्रै भए पनि बेतिथि भएकाले खबरदारी गरेको बताए ।

यता बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले घटनाको छानबिन गर्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x