×

NMB BANK
NIC ASIA

जलवायु परिवर्तनको सन्देश दिने प्रयास

साढे तीन वर्षदेखि पैदल यात्रा गरिरहेका रोहनः २० देश पार गर्दै विश्वकै चिसो ठाउँ पुग्ने संकल्प

पुगे भारतका २९ राज्य, बंगलादेशका ६४ र नेपालका १२ जिल्ला

धनगढी | फागुन १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

काँधमा झोला, हातमा डायरी, अल्लारे ठिटो । एक्लो यात्रा, एक्लोपन ! झट्ट हेर्दा लाग्छ, उनी पर्यटक हुन् । तर केहीबेर उनका कुरा सुन्दा थाहा हुन्छ, उनीभित्र एक हुटहुटी छ । यो परिचय भारतको नागपुरका रोहन अग्रवालको हो ।

Muktinath Bank

रोहन जलवायु परिवर्तनसम्बन्धी सन्देश दिन साढे तीन वर्षदेखि यात्रामा छन् । यो अवधिमा उनले भारतका २९ राज्य र बंगलादेशका ६४ जिल्लासहित नेपालका १२ जिल्ला पुगिसकेका छन् । १५ दिनअघि दार्चुलाको सीमाक्षेत्रबाट नेपाल प्रवेश गरेका उनी हाल धनगढीमा छन् । यो अवधिमा उनले दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका विभिन्न ठाउँमा जलवायुसम्बन्धी जनचेतना फैलाउने काम गरेका छन् । योबाहेक उनले कोशी प्रदेशका ६ जिल्ला पनि घुमिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

‘विद्यालय, क्याम्पससँगै बढी भीडभाड हुने ठाउँहरूमा मैले जलवायु परिवर्तनका असर, यसका कारण र अब गर्नुपर्ने कामका बारेमा जानकारी गराएको छु । त्यतिमात्रै होइन जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सामाजिक काममा सक्रिय व्यक्तिहरूसँग पनि प्रकृति बचाउनका लागि अनुरोध गरेको छु,’ लोकान्तरसँगको कुराकानीमा उनले भने । 

Vianet communication
Laxmi Bank

भारत, बंगलादेश र नेपालका भू–भाग घुम्दा आफूले जलवायु परिवर्तनका असर धेरै देखेको रोहन बताउँछन् । ‘भारतको क्षेत्रफल ठूलो छ त्यहाँ जनसंख्या पनि ठूलो छ । त्यहीअनुसार जलवायु परिवर्तनका असर देखिने गरेका छन् । नेपालमा जनसंख्या कम छ, भारतको तुलनामा यहाँ केही कम मात्रामा वातावरण परिवर्तन भएको देखिन्छ । मैले सुदूरपश्चिम र कोशी प्रदेशका ६–६ जिल्ला घुमेको छु । पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा वातावरण बढी दूषित छ । तराईमा प्लास्टिकको प्रयोग पनि बढी भएको देखे,’ उनले थपे ।

इन्जिनियर बन्ने सपना त्यागेर यात्री

रोहन अहिले २२ वर्षका मात्र भए । उनको पारिवारिक स्थिति मध्यम खालको छ । बुवाले जुसको पसल चलाएका छन् । त्यहीँ पसलबाट उनको परिवार चलिरहेको छ । आमा सीमा गृहिणी हुन् । उनकी बहिनी अध्ययनरत छिन् । परिवारको जेठो छोराको रुपमा रहेका रोहनको इन्जिनियर बन्ने सपना थियो । त्यसका लागि उनले दिल्लीस्थित एक विद्यालयमा अध्ययनसमेत गरिरहेका थिए । सामाजिक कार्यमा समेत सक्रिय उनी विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागी भइरहन्थे । जलवायु परिवर्तनको असर बढ्दै गएपछि देश–विदेशमा यसको सन्देश फैलाउने हुटहुटी उनमा पलायो । ‘भारतका चारधामको यात्रा गरे पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ । कसैले धर्म र जातका लागि, त कसैले रहरका लागि विभिन्न यात्रा गरिरहेका छन् । तर मैले पृथ्वी जोगाउनका लागि यात्रा गर्ने संकल्प लिएको छु,’ उनले भने ।

null

जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन भारतका विभिन्न प्रान्तहरूमा जान थालेपछि उनको पढाइ प्रभावित बन्दै गयो । सपना एकातिर अनि काम अर्कोतिर हुन थालेपछि उनले इन्जिनियर बन्ने सपनामा पूर्ण विराम लगाए । ‘सचेतना फैलाउन बाहिर जाँदा पढाइ छुट्न थाल्यो। अनि मैले विषय नै परिवर्तन गरेँ । अहिले म कमर्स अध्ययन गरिरहेका छु । इन्जिनियर बन्ने मेरो सपना सपनामै सीमित रह्यो,’ उनी थप्छन्, ‘अझै पाँच वर्ष म यही काममा सक्रिय हुन्छु । त्यसपछि फेरि इन्जिनियरिङ पढ्नका लागि मेरो उमेर नै ढल्किहाल्छ । युवापुस्तामा जलवायुसम्बन्धी सचेतना फैलाउन पाइरहेको छु, म यसमै सन्तुष्ट छु ।’

रुससम्म पुग्ने संकल्प

जलवायुको सन्देश बोकी धनगढी आइपुगेका उनी यहाँका विद्यालय, कलेज, सरकारी कार्यालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा जनचेतनामूलक कार्यक्रम गरी कर्णाली प्रदेशका लागि हिँड्ने बताउँछन् । ‘प्रकृति मासिँदै गएको छ । वातावरण दूषित हुँदै गएको छ । युवा पुस्ता सचेत हुनुपर्ने बेला आयो । होइन भने विश्व नै तहस–नहस हुने अवस्था सिर्जना हुन्छ,’ उनी भन्छन्, ‘यही सन्देश बोकेर अहिले म नेपालको यात्रामा छु । गत वर्ष कोशी प्रदेशको भ्रमण गरेको थिए । धनगढीपछि कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेश पुगेर सन्देश फैलाउन चाहन्छु ।’

null

मधेस प्रदेश हुँदै भारत जाने र त्यहाँबाट भुटानको यात्रामा निस्किने उनको योजना छ । 

भुटानपछि  म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओस, सिंगापुर, चीनलगायत २० देश पार गरी रुससम्मको यात्रा गर्ने उनले तालिका बनाएका छन् ।

अन्तिम गन्तव्य साइबेरिया

रुसको साइबेरिया यस्तो ठाउँ हो जहाँ जाडो मौसममा तापक्रम माइनस ७० डिग्री सेल्सियसभन्दा तल जाने गर्दछ ।  त्यहाँको ओम्याकोन संसारको सबैभन्दा चिसो ठाउँ हो । जहाँ मानिस स्थायी रुपमा बस्छन् । यो आर्कटिक सर्कलको चिसो उत्तरी ध्रुव क्षेत्रमा अवस्थित छ ।  तापक्रम माइनस ५५ डिग्री सेल्सियसभन्दा बढी भए मात्र यहाँका विद्यालयहरू बन्द हुन्छन् । जाडोमा औसत न्यूनतम तापक्रम माइनस ५५ डिग्री सेल्सियस हुन्छ ।  ‘मलाई विश्वको सबै भन्दा चिसो ठाउँ सम्म पुग्नु छ । अहिले चिसो ठाउँमा पनि जलवायु परिवर्तनले तातो बढ्न थालेको छ,’ रोहन भन्छन्, ‘त्यहाँ पुगेर पनि म सचेतता फैलाउन चाहन्छु । त्यहाँको अवस्थाको अध्ययन गर्न चाहन्छु ।’

जलवायु परिवर्तनका असर देखिएका देशहरूमा पुगी सचेतना फैलाउने उनको लक्ष्य छ ।

null

पाँच वर्षको अवधिका लागि यात्रा तालिका बनाइसकेका राेहनले  त्यसपछिको यात्रा भने तय गरिसकेका छैनन् । स्थानीय सहयोगीबाट उनको यात्राको खर्च चलिरहेको छ । अधिकांश समय पैदल यात्रा नै गरिरहेका उनी बेला–बेला लिफ्टको पनि प्रयोग गर्ने गर्दछन् ।

भारतबाट शुरुवात भएको उनको यात्रा रुसमा टुङ्गिने छ । ‘साढे तीन सालदेखि निरन्तर यात्रामा छु । मेरो मुख्य उद्देश्य जलवायु परिवर्तनका खतरनाक प्रभावबारे जनचेतना फैलाउनु र यसको नियन्त्रणका लागि एकताको सन्देश दिनु हो,’ उनले थपे, ‘पर्यावरणका बारेमा आफ्नो सन्देश दिनका लागि मैले धेरै विद्यालय र संस्थानको भ्रमण गरेको छु ।  

मुख्य उद्देश्य– जलवायु परिवर्तनको सन्देश

जलवायु परिवर्तनको असर बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सचेत हुनुपर्ने बेला आइसकेको रोहन बताउँछन् । ‘जलवायुको नकारात्मक असर बढ्दो छ । यसैकारण चिसो समयमा पनि गर्मी, गर्मी समयमा चिसो, वर्षायामको समयमा पनि पानी परिरहेको छैन,’ विज्ञको शैलीमा उनी भन्छन्, ‘पानी नपर्नु पर्ने मौसममा पानी परिरहेको छ । जलवायुकै असरले नेपालमा भूकम्पको प्रकोप पनि बढ्दै छ ।’

जलवायु परिवर्तनका असर र बच्ने उपायका लागि एक्लो प्रयासले केही नहुने भन्ने तर्क गलत भएको उनी दाबी गर्छन् । ‘एक्लो प्रयासले धेरै हुन्छ । मैले नेपाल लगायतका २० वटा देशमा सचेतना फैलाउने हो । विद्यालय शिक्षामा जलवायुलाई जोड दिनुपर्छ । बालबालिका यसका बारेमा सचेत भए प्रकृतिको संरक्षण हुन्छ । वनजंगल मासिँदैन र यसले विनाश निम्ताउँदैन,’ उनको दाबी छ ।

null

प्रकृतिको विनाश यही गतिमा हुँदै गए पृथ्वी नै तहस-नहस हुन सक्ने उनको भनाइ छ । ‘मान्छेलाई सास फेर्न मुस्किल हुन्छ । प्राकृतिक विपत्ति बढ्छ । रुख र पानीका मुहान सुक्न थाल्छन् । महामारी फैलिन्छ । जनावर मर्न थाल्छन् । त्यसैले हामीले बेलैमा सचेतना अपनाउनु पर्छ,’ उनले थपे ।

विश्वभरि तापक्रम बढिरहेका कारण पृथ्वी अहिले द्रुत जलवायु परिवर्तनको अवस्थामा रहेको रोहनको ठम्याइ छ । जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानीको कमी हुन सक्नेतर्फ उनले सचेत गराए । यस्तै खाद्य सामग्री उत्पादन गर्न गाह्रो हुने र जसले गर्दा मानिसलाई बाच्न कठिन हुने उनको तर्क छ ।

‘केही स्थानमा जोखिमपूर्ण रुपमा नै अत्यधिक गर्मी हुन सक्छ । चर्को गर्मी, आँधी वा ठूलो वर्षाजस्ता चरम मौसमी अवस्था नियमित हुन सक्छ,’ उनले थपे, ‘पृथ्वीमा रहेका हिउँ र हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । साइबेरियाजस्ता  स्थानका हिउँ पग्लँदा त्यहाँबाट मिथेन ग्यास निस्कन्छ । जसले जलवायु परिवर्तनलाई अझ खराब बनाउँछ । जीवजन्तु लोभ हुने अवस्था आउँछ ।’

जलवायु परिवर्तनका असर रोक्न अधिकतम मात्रामा वृक्षारोपण गर्न रोहनको सुझाव छ  । ‘प्रकृतिलाई मास्नु हुँदैन बचाउनु पर्छ । साइकल वा वातावरणमैत्री सवारीको प्रयोग गर्न, मासु र दुग्ध पदार्थ कम खान आग्रह गर्छु,’ उनले कुरा टुंग्याए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x