कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | फागुन १६, २०८०
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई छोड्न नसकिनेबारे छलफल गरेको छ । माओवादीको मंगलबार बसेको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले अध्यक्ष कांग्रेसलाई छोड्न नहुने गरी मत आएको जानकारी माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
००००
सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का विवादसम्बन्धी मुद्दा खारेजको फैसला सुनाएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारङ्गाप्रसाद सुवेदीको संयुक्त इजलासले गत माघ १४ गते गरेको फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै उक्त विवादको मुद्दा खारेज हुने फैसला सुनाएको हो ।
००००
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिए ।
००००
गुन्डा नाइके रिगल भनिने योगप्रसाद ढकालबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा मानन्धरले बाँकेमा विष सेवन गरेकी छिन् ।
अस्पतालमा छोरालाई भेट्न नपाएको झोँकमा उनले मंगलबार साँझ विष सेवन गरेको बाँकेका प्रहरी प्रमुख सुवास बोहोराले जानकारी दिए ।
००००
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेको हो ।
००००
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ ।
अध्यक्ष पदका उम्मेदवारसमेत रहेका रामदेव यादवले मंगलवार नेपाल सरकार मन्त्रिपरिषद्, सञ्चार मन्त्री रेखा शर्मा, सिफारिश समिति, अध्यक्ष भण्डारीलगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।
००००
मिटर ब्याजविरुद्ध आन्दोलनमा रहेका पीडितहरूले मंगलवार खाली खुट्टा पैदल यात्रा गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा गर्दै भद्रकाली–शहीदगेट– सुन्धारा हुँदै शान्तिवाटिका पुगेका थिए ।
००००
सोमवार संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई काठमाडौं जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अदालतले मंगलवार उनीहरूलाई ७ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।
००००
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कनेक्ट आईपीएस प्रयोग गरेर हुने ठगी र गैरकानूनी क्रियाकलापबारे परेका उजुरीहरू छानबिनका क्रममा दर्जनौंपटक कनेक्ट आईपीएसकै कर्मचारीलाई बोलाएर सोधपुछ गरिएको छ ।
'हामी उनीहरूलाई बोलाएर पटक पटक सोधपुछ गरिरहेका हुन्छौं,' कार्यालयका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, 'जस्तो व्यक्तिलाई पनि खाता खोल्न दिएको छ । जस्तोसुकै नागरिकता र फोटो प्रयोग गरे पनि भेरिफाइ गर्दिएको छ । एउटै मान्छेले सयौं सिम किनेर फर्जी नागरिकता बनाएर आईडी खोल्ने गरेको विषयलाई उनीहरू आफैंले नियमन गर्न सक्नुपर्ने हो, तर अटेर गर्छन् ।'
कनेक्ट आईपीएसले एकपछि अर्को गर्दै चरम लापरबाही गरिरहेको छ भने ग्राहकको पैसा पनि गायब भएको गुनासो आइरहेका छन् ।
००००
कर्जा हिनामिना गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको हो ।
००००
त्रिदेशीय ट्वी ट्वान्टी शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । कीर्तिपुरमा २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदा १८६ रन मात्र जोड्न सक्यो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...