×

NMB BANK
NIC ASIA

घरधनीलाई फाइदा पुग्नेगरी महानगरले घटायो बहाल कर !

विराटनगर | फागुन १७, २०८०

NTC
Premier Steels

विराटनगर महानगरपालिकाले बहाल करमा हेरफेर गरेको छ । आर्थिक ऐनको पहिलो संशोधनमार्फत् महानगरले घर धनीहरूलाई फाइदा पुग्नेगरी घर बहाल कर घटाएको हो ।

Muktinath Bank

महानगरले आर्थिक ऐन संशोधन गर्दै  चल्तीको बजार क्षेत्रमै घर बहाल कर घटाएको छ । यसले महँगोमा बहाल लगाएर नक्कली सम्झौता बनाई न्यून कर तिर्दै आएका घरधनीहरूलाई थप फाइदा हुने भएको हो । एक महिनाअघि नगर सभालबाट पारित आर्थिक ऐन कार्यान्वयनमा आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरले विराटनगरको ट्राफिक चोकदेखि जलजला चोक, मात्रिका चोकदेखि हस्पिटल चोक र कञ्चनबारी चोक क्षेत्रका व्यवसायिक भवनहरूको बहाल कर घटाउने निर्णय गरेको छ । विराटनगरको चल्तीको व्यापारिक क्षेत्र हो । 


Advertisment
Nabil box
Kumari

नगर सभाबाट महानगरले वडा नम्बर ७ को मात्रिका चोकदेखि हस्पिटल चोकसम्म मूल सडक छुने व्यवसायिक भवनहरूसँग लिइँदै आएको बहाल करको दर घटाएको छ । महानगरले उक्त सडकमा पर्ने भवनहरूबाट प्रतिवर्गफिट १५० रुपैयाँका दरले बहालकर लिँदै आएकोमा त्यसलाई घटाएर ११० रुपैयाँ कायम गरेको छ । यसैगरी मात्रिका चोकदेखि हस्पिटल चोकसम्मको भित्री सडक दायाँबायाँका व्यवसायिक भवनका सटरसँग प्रतिवर्गफिट १५० रुपैयाँ बहाल करलाई घटाएर १०० रुपैयाँ बनाउने निर्णय गरेको छ । 

Vianet communication

यस्तै विराटनगर महानगरपालिका ९ ट्राफिक चोकदेखि जलजला चोकसम्म मूल सडकले छोएका व्यवसायिक भवनहरूको बहाल कर प्रतिवर्गफिट १५० रुपैयाँ कायम रहेकोमा त्यसलाई घटाएर ११० रुपैयाँ बनाउने निर्णय गरिएको छ । यस्तै धरान रोडबाट पूर्व महावीर चोकसम्मका सटरहरूको बहाल कर १०० रुपैयाँबाट घटाएर ८० रुपैयाँ बनाउने निर्णय गरेको छ । 

विराटनगर–३ कञ्चनबारी चोकबाट पूर्व, उत्तर र दक्षिणतर्फ १०० मिटरभित्रका सटरहरूको बहाल कर पनि घटाइएको छ । यसअघि १०० रुपैयाँ प्रतिवर्गफिट बहाल कर लिँदै आएको महानगरले कर घटाएर ८० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो । 

महानगरले विराटनगर–७ मा केही ठाउँका व्यवसायिक भवनहरूको बहाल कर निर्धारण गर्ने निर्णय पनि गरेको छ । धरान रोडदेखि महावीर रोड तथा हनुमान मन्दिर दक्षिण पश्चिमका सटरहरूको बहाल कर ९० रुपैयाँ बनाउने निर्णय पनि महानगरले गरेको छ । 

विराटनगर महानगरपालिकाले मिनी मार्टमा मदिरा बिक्री गर्ने व्यवसायिक फर्मको दर्ता तथा नवीकरण शुल्क बढाएको छ । मदिरा बिक्री गर्ने मिनी मार्टले तिर्दै आएको शुल्कमा थप दश हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको हो । 

शहीद रंगशालामा दिवाकालीन प्रयोग गर्दा १० हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको छ । रात्रिकालमा रंगशाला प्रयोग गर्ने विषयमा भने महानगर मौन देखिएको छ । 

यस्तै महानगरले घर तथा विभिन्न संघ संस्थामा जनशक्तिलगायत अन्य सेवा उपलब्ध गराउने फर्म तथा व्यवसाय दर्ता तथा नवीकरण शुल्क ५ हजार रुपैयाँ लाग्ने व्यवस्था पनि थप गरेको छ ।

राजश्व नउठेपछि घर बहाल कर घटाइएको विराटनगर महानगरका अधिकृत सरोज गौतमले बताए । ‘विराटनगरमा १० प्रतिशतले पनि घर बहाल कर तिरेका छैनन्,’ उनले भने, ‘६० प्रतिशत व्यापारीले महानगरमा दर्ता पनि गरेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x