×

NMB BANK
NIC ASIA

सपना एक, आयाम अनेक

सुदूरकी ‘हिरोइन’ अनुः बुवाको प्रेरणाले नर्स, टिकटकले मोडल !

धनगढी | फागुन १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बुवा स्वास्थ्यकर्मी । घरमा आमासँग खेल्दै हुर्किँदै गरेकी उनलाई बुवाले लगाउने स्वास्थ्यकर्मीको कपडा, बोक्ने औजार र पाउने सम्मान असाध्यै मनपथ्र्यो । स्कूलमा गुरु वर्ग र विद्यार्थी साथीहरूले भविष्यमा के बन्छौँ ? भनेर सोध्दा उनको जवाफ हुन्थ्यो– नर्स । उनले नर्स बन्ने सपना मात्र देखिनन्, त्यसलाई पूरा गर्ने सङ्कल्पसहित सङ्घर्ष पनि गर्न थालिन् । उनी हुन् अनु खड्का । 

Muktinath Bank

धनगढी उप–महानगरपालिका ७ की अनुले अहिले आफ्नो उद्देश्य पूरा गरिसकेकी छिन् । वडा नम्बर १९ फूलबारीमा जन्मिएकी उनले आधारभूत शिक्षा गाउँमै रहेको सरस्वती माध्यमिक विद्यालयबाट पूरा गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्यकर्मी बन्ने सपना बुनेकी अनुले स्वास्थ्य विषय लिएरै पढाइ अघि बढाइन् । फूलबारी उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेपछि भने उनी धनगढी बजारकेन्द्रित बनिन् । कलेज अध्ययन सँग–सँगै प्राविधिक शिक्षा पनि लिन थालिन् अनुले । त्यसका लागि उनले सीटीईभीटीअन्तर्गत अनमी पढिन् । कैलाली बहुमुखी क्याम्पसमा स्नातकसँगै उनले धनगढीमै रहेको शैलेश्वरी फारवेस्ट स्कूल अफ हेल्थ साइन्स टेक्नोलोजीबाट नर्सिङ उतीर्ण गरिन् । २०७४ मा नाम निकाल्न सफल भएकी उनी हाल धनगढीमा रहेको निसर्ग अस्पतालमा कार्यरत मात्र छैनन् कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर पनि गरिरहेकी छिन् । ‘नर्स बन्ने मेरो सपना थियो । त्यसका लागि मैले धेरै मेहनत पनि गरेकी छु । पहिलो प्रयासमै नाम निकाल्न सकेँ, असाध्यै खुसी छु, ’अनुले भनिन् ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication
Laxmi Bank

सपना एक, आयाम अनेक 

नर्स बन्ने सपना लिएर अघि बढेकी अनुको परिचय अहिले त्यतिमा मात्रै छैन । उनी सुदूरपश्चिमकी चर्चित मोडलसँगै समाजसेवी पनि हुन् । ‘समाजसेवा मलाई धेरै मन पर्छ । त्यसैले मैले नर्सिङ क्षेत्र रोजेकी थिएँ । बेला–बेलामा सहयोग पनि गरिरहेकी छु । धरै ठूलो आर्थिक सहयोग त गर्न सकेकी छैन । तर सानै भए पनि धेरैलाई सहयोग गर्न पाउँदा खुसी छु,’ उनले भनिन् । 

अभिनयकलामा पनि पोख्त अनु सुदूरपश्चिम क्षेत्रकी चर्चित मोडल पनि हुन् । हालसम्म उनले अभिनय गरेका तीन दर्जनभन्दा बढी म्युजिक भिडियो बजारमा आइसकेका छन् भने एक दर्जनको सुटिङ सकिएको छ । ‘मैले अभिनय गरेका भिडियोहरूमा राम्रो प्रतिक्रिया आइरहेको छ । सबैले माया गरी दिनुभएको छ । निकै खुसी छु । अझै धेरै भिडियो सार्वजनिक हुन बाँकी छन्,’ उनले भनिन् ।

अनु आफ्नो प्रेरणाको स्रोत भने बुवालाई ठान्छिन् । उनका बुवा डम्बरबहादुर खड्का सिनियर अहेब थिए । स्वास्थ्य क्षेत्रमा दशक बिताएका उनी हाल भने अवकाश प्राप्त जीवन बिताइरहेका छन् । बुवालाई आदर्श मान्दै सपना देखेकी उनी हाल नर्स बनेर नागरिकहरूलाई सेवा दिइरहेकी छिन् । अनु मात्र होइन उनकी बहिनी पनि नर्सिङ क्षेत्रमै सक्रिय छिन् । दिदी–बहिनी एउटै अस्पतालमा सँगै काम पनि गरिरहेका छन् । 

....अनि बनिन् मोडल

null

कोरोना भाइरस महामारीको समयमा जनजीवन अस्तव्यस्त थियो । सर्वसाधारणदेखी स्वास्थ्यकर्मीसम्म डर–त्रासमा थिए । त्यही समयमा अनुले अस्पतालको काम छोडेकी थिइन् । यसपछि उनले फुर्सदको समय कटाउन टिकटक खोलिन् । कोरोना त्रास भुल्न टिकटक बनाउन थालिन् । उनले बनाएका दर्जनौँ टिकटकमध्ये ‘छुट्टी बाइगई मुना मदन तेरा काख बाटी’ बोलको गीतका भाइरल बने । एकपछि अर्को गर्दै उनका भिडियोहरू भाइरल हुँदै गए । 

स्कूलमा गुरु वर्ग र विद्यार्थी साथीहरूले भविष्यमा के बन्छौँ ? भनेर सोध्दा अनुको जवाफ हुन्थ्यो– नर्स । उनले नर्स बन्ने सपना मात्र देखिनन्, त्यसलाई पूरा गर्ने सङ्कल्पसहित सङ्घर्ष पनि गर्न थालिन् ।

अब उनी टिकटकमा मात्र सीमित रहिनन् । उनलाई म्युजिक भिडियो खेल्न अफर आयो । यसअघि नर्स पेशाले परिचित अनु अब त्यतिमा सीमित हुन छाडिन् । उनी मोडलका रूपमा पनि चिनिनँ थालिन् । उनको पहिलो म्युजिक भिडियो भने ‘पारी रानी वन’ हो । जसमा शान्तीश्री परियार र देव उपाध्यायको स्वर छ ।  त्यसपछि उनलाई एकपछि अर्को अवसर आउन थाल्यो । ‘तु अब अर्काकी भइगई’, ‘खप्तड चिनारी’  लगायतका तीन दर्जनभन्दा बढी गीतमा उनले अभिनय गरिसकेकी छिन् ।

‘गायक देवराज उपाध्याय सरले मलाई अवसर दिनुभयो । त्यसपछि मलाई धेरै अवसर आए, त्यो बेलादेखि म कलाकारिता क्षेत्रमा सक्रिय छु । कहिलेसम्म सकिन्छ, म अभिनय गरिरहन्छु,’ उनी भन्छिन् ।

null

अनुको अभिनय हेर्ने दर्शक र शुभचिन्तकहरू उनलाई नर्सिङ छोडेर अभिनयमै जम्न सुझाव दिन्छन् । तर उनी भने नर्सिङमै भविष्य देख्छिन् । ‘मेरो सपना म कुनै हालतमा पनि छोड्न सक्दिन । समय मिलाएर अभिनय पनि गर्छु । दुईवटा पेशामा हुँदा स्वाभाविक रूपमै राम्रा अवसरहरू पनि छुटेका छन् । तर त्यसमा मलाई कुनै गुनासो छैन । किनकि म निरन्तर काममा सक्रिय छु,’ उनले भनिन् ।

मुख्य पेशा नर्स, छुट्टीको समयमा सुटिङ

नर्सिङ पेशामा सक्रिय अनुको चर्चा भने मोडलिङबाट छ । सुदूरपश्चिम प्रदेश र आसपासमा अहिले उनलाई नचिन्ने कमै छन् । त्योमध्ये कमैले मात्रै उनलाई नर्सका रूपमा चिनेका छन् । अधिकांशले उनलाई मोडलकै रूपमा चिन्छन् । अभिनयबाट चर्चामा आएकी अनुको प्राथमिकता भने नर्सिङ नै हो । उनी नियमित रूपमा अस्पतालबाट बिरामीलाई सेवा दिइरहेकी छिन् । बिदाको दिन मात्र उनी अभिनयको काम गर्छिन् । ‘अभिनयका कारण मैले कुनै दिन अस्पतालबाट बिदामा बस्नु परेको छैन । फुर्सदको दिन मात्र म सुटिङको काम गर्छु । मलाई अवसर दिनेहरूले पनि मलाई पर्खिनु हुन्छ । मेरो बिदाको दिन राखेर सुटिङ राख्नु हुन्छ,’ उनले प्रष्ट्याइन् ।

null

अभिनय क्षेत्रमा आफ्नो लोभलाग्दो उपस्थितिबाट अनु दंग छिन् । ‘स्कूल पढ्ने बेलामा अतिरिक्त क्रियाकलापअन्तर्गत नाच्ने र अभिनय त म गरिरहन्थे । त्योबाहेक गाउँघरमा आयोजना हुने कार्यक्रममा पनि नाच्ने गरेकी थिएँ । नृत्य मलाई असाध्यै मन पर्छ । यद्यपि पर्दामा देखिन्छु भन्ने त यसअघि कहिले सोचेकी थिइनँ । अहिले आफैँलाई हेर्दा दंग पर्छु,’ उनले भनिन् ।

सुदूरपश्चिम बाहिर वा धेरै लामो दिनको सुटिङ हुने गरी प्रस्ताव आएका धेरै म्युजिक भिडियो रद्द गरेको उनी बताउँछिन् । ‘अवसर धेरै आएको छ । काठमाडौंबाट पनि फोन आइरहन्छ । तर अस्पतालबाट लामो बिदा मिलाउन गाह्रो हुन्छ । त्यसैले मैले आफ्नो प्रदेशबाहिर गएर सुटिङ गरेकी छैन । समय नमिल्दा धेरै सुटिङ छुटेको पनि छ,’ उनी थप्छिन् ।

तीन दर्जनभन्दा बढी म्युजिक भिडियो र जनचेतनामूलक भिडियोको सुटिङका लागि अनु सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय स्थलहरूमा पुगिसकेकी छिन् । उनले अभिनय गरेका गीतहरू प्रायः देउडा छन् । ‘सुदूरपश्चिम देउडाको उर्वर भूमि हो । त्यसैले पनि देउडा गीतका लागि बढीजसो अफर आएको हुन्छ । तर मैले लोकदोहोरी गीतमा पनि अभिनय गरेकी छु । मलाई आधुनिक गीत पनि मन पर्छ । केही समयपछि मलाई आधुनिक गीतमा पनि अभिनय गरेको देख्नु हुनेछ,’ उनी भन्छिन् । 

नर्सबाट सन्तुष्टि, अभिनयबाट नाम

‘सुदूरकी हिरोइन’का उपमाले समेत परिचित अनुले जनचेतनामूलक स्थानीय चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । ‘माया नामको डकुमेन्ट्री टाइपको चलचित्रमा पनि अभिनय गरेकी छु । त्यसमा छाडा चौपायाका कारण सिर्जित समस्या र समाधानको पाटोका बारेमा सन्देश दिन खोजिएको छ,’ उनले भनिन् ।

null 

स्वास्थ्य र मनोरञ्जन दुवै क्षेत्रमा सक्रिय उनलाई नर्सिङबाट सन्तुष्टि र अभिनयबाट नाम कमाइरहकी छिन् । ‘मेरो सपना नै नर्स बन्नु थियो, यसर्थ म यो क्षेत्र छोड्न सक्दिन । जहाँबाट मैले सन्तुष्टि पाइरहेकी छु । अनि छोटो समयमा मैले अभिनयबाट नाम कमाएँ । जुन मेरा लागि असाध्यै ठूलो उपलब्धि हो । दुवै क्षेत्रलाई म सँग–सँगै अघि बढाउँछु । आम्दानीबाट पनि म सन्तुष्ट छु । अस्पतालबाट तलब पाउँछु अभिनय गरेबापत चित्तबुझ्दो पारिश्रमिक आइरहेको हुन्छ,’ उनले भनिन् ।

आफूसँगै अभिनय क्षेत्रमा आएकाहरूबारे खासै अनुको टिका–टिप्पणी छैन । टिकटकबाटै उदाएकी मिस पविबारे उनी भन्छिन् । ‘उहाँसँग भेट भएको त छैन । राम्रो गरिरहनु भएको छ । राजधानीबाटै अहिले अभिनयमा सक्रिय हुनुहुन्छ । अभिनयका लागि काठमाडौं जाने मेरो सोच छैन । मलाई यहीँ रमाइलो छ, यहीँ धेरै गर्नुछ,’ उनले प्रतिबद्धता जनाइन् । 

अनुले नर्सिङ पढ्दा लागेको ६ लाखभन्दा बढी खर्च आफ्नै कमाइबाट उनले तिरिसकेकी छिन् । यस्तै आफ्नै कमाइले स्कूटर चढिरहेकी छिन् । उनलाई अब आफ्नै कमाइले घर–जग्गा जोड्ने चाहना छ । ‘मेरा अब धेरै ठूला सपना छैनन् । यही क्षेत्रमा अझ राम्रो गर्नुछ । मैले यति बुझेकी छु । सपना देख्नु पर्छ र त्यो सपना पूरा गर्नका लागि कडा मेहनत गर्नुपर्छ । म अरूलाई पनि भन्न चाहन्छु । जनसुकै क्षेत्रमा लागे पनि राम्रो मेहनत गर्नुस्, अवश्य सफलता पाइन्छ,’ उनले कुराकानी टुंग्याइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x