×

NMB BANK
NIC ASIA

सत्ता उलटफेर

कांग्रेसले फेरि सत्ताबाट किन खायो बल्ड्याङ ?

काठमाडाैं | फागुन २१, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

२०७९ पुस १० मा जस्तै फेरि पनि कांग्रेस आफ्नै कारणले सत्ता राजनीतिको खेलमा बल्ड्याङ खान पुगेको छ ।

Muktinath Bank

आफ्नो गल्ती स्वीकार्दै कांग्रेस जसोतसो सरकारमा सहभागी हुँदै राष्ट्रपति मात्रै हत्याएको थिएन, गत वर्ष चैत १७ गतेदेखि सरकारमा सहभागी भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले बाहिरिने र कांग्रेस भित्रिने क्रमको ११ महिनापछि फेरि राजनीतिमा अर्को नाटकीय मोड फागुन २० को मध्यरातमा आएको छ, जसले गत वर्षको १० पुस गते बनेकै एमाले, माओवादी, रास्वपा र जसपाको समीकरण बनाएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तो समीकरण बन्नुलाई कांग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई दोष दिएको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकमा उनले प्रधानमन्त्रीले गठबन्धन तोडेको दाबी गर्न पनि भ्याए ।  

Vianet communication
Laxmi Bank

तर, पाँचै वर्ष अगाडि बढ्ने दाबी गरिएको गठबन्धन तोड्ने काम प्रधानमन्त्रीले नभई कांग्रेसकै कारण भएको दाबी नेताहरू गर्छन् । 

‘अहिले आएर त प्रधानमन्त्रीले कांग्रेसको समझदारीको उत्कर्ष रूप देखाउनुभएको हो । प्रचण्डजस्तो खेलाडीको मूभ र मानसिकता बुझ्न नसक्दा कांग्रेस उत्तानो टाङ खान पुगेको हो,’ कांग्रेसका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीय प्रणालीमा असहयोग गरेपछि कुर्ने भन्ने नै हुँदैन । समयअनुसार नचलेपछि हाम्रा मन्त्री झण्डा छोपेर हिँड्नुमा हामी नै जिम्मेवार छौं ।’ 

सुशासनका सवालमा सरकारले नागरिकस्तरको मन जित्न गरेको कामदेखि महासमिति बैठकसम्म आइपुग्दा कांग्रेसले एकपछि अर्को गल्ती गरेको ती नेता बताउँछन् । 

‘देशको प्रधानमन्त्रीजस्तो व्यक्तिले कार्यकालको एक वर्ष पुगेको अवसरमा मन्त्रीले काम गरेनन्, फेरेर भए पनि नतिजा दिनुपर्छ भनेर बोल्नुभयो, हाम्रो पार्टीले सुनेन । प्रधानमन्त्रीले फेरि पटक–पटक सार्वजनिक मञ्चबाटै मन्त्री फेर्नैपर्ने भो भनेर भन्नुभयो, तर हाम्रो सभापति टसकोमस हुनु भएन,’ कांग्रेसका ती नेता भन्छन्, ‘यो बीचमा माअ‍ोवादीले कोशीको मुख्मन्त्रीमा खाएको धोका, लाचार र अर्थहीन अर्थमन्त्रीका कारण प्रधानमन्त्री आजित हुनुभएको थियो । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीको प्रस्तावले नै माओवादीलाई झन् आक्रामक बनाइदियो । यसैले कांग्रेसबाट प्रचण्डले छिटोभन्दा छिटो मुक्ति खोज्दा परिणाम गठबन्धन टुटेको हो ।’

विश्वव्यापी मारका कारण अर्थतन्त्र डामाडोल हुँदा अर्थमन्त्रीबाट प्रधानमन्त्रीले धेरै सकारात्मक अपेक्षा गरेका थिए । पुरानो दलको नेताको रूपमा अर्थमन्त्री डा. प्रकाशरण महतले अर्थतन्त्रका चुनौतीलाई चिर्नेगरी कदम चाल्ने अपेक्षा प्रधानमन्त्रीको थियो । तर, उनले यस्तो सामर्थ्य देखाएनन् । नतिजा दिन नसक्न हो भने महतलाई हटाएर कांग्रेसबाटै नतिजा दिन सक्ने अर्थमन्त्री पठाउन गरेको आग्रहलाई लत्याएपछि प्रचण्ड देउवासँग झन् असन्तुष्ट बन्न पुगे ।

पछिल्लो दुईतीन महिनायता त प्रधानमन्त्री र अर्थमन्त्रीबीच बोलचाल नै नभएको नेताहरू बताउँछन् । 

‘बजेट ल्याउने बेला भएको छ । ओरालो लागेको अर्थतन्त्रलाई उकास्न प्रभावशाली बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले बजेटको अंक नै कटाइदिनुभयो । यतिमात्रै होइन, प्रधानमन्त्री र अर्थमन्त्रीबीच त पछिल्लो तीन महिनायता बोलचाल समेत रहेनछ,’ ती नेता भन्छन्, ‘यीबाहेक प्रधानमन्त्रीका सामान्य चासो र कतिपय संवेदनशील विषयमा आएको दुईचार लाखको बिलसमेत अर्थमन्त्री रोकिदिएपछि प्रधानमन्त्री हैरान हुनुभएको हामीले सुनेका छौं ।’ 

एकजना गम्भीर बिरामीको उपचारसम्बन्धी ५ लाखको प्रधानमन्त्रीको फाइल पनि अर्थमन्त्रीले फिर्ता गरिदिएका थिए । यतिमात्रै होइन, इन्टरनेसलन पार्लियामेन्टको एउटा महत्त्वपूर्ण छलफलमा जानका लागि राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहितका युवा नेताहरू जान खोजेको कार्यक्रमका लागि ८५ माग गरिएकोमा महतले ४५ लाख मात्रैको स्वीकृति दिएका थिए । 

एकजना गम्भीर बिरामीको उपचारसम्बन्धी ५ लाखको प्रधानमन्त्रीको फाइल पनि अर्थमन्त्रीले फिर्ता गरिदिएका थिए । यतिमात्रै होइन, इन्टरनेसलन पार्लियामेन्टको एउटा महत्त्वपूर्ण छलफलमा जानका लागि राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहितका युवा नेताहरू जान खोजेको कार्यक्रमका लागि ८५ माग गरिएकोमा महतले ४५ लाख मात्रैको स्वीकृति दिएका थिए । 

यतिमात्रै होइन, टेरामक्स प्रविधि खरिदमा विवादमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एउटा ठेक्का सम्झौतामा २० करोड लिएको आरोप लाग्दासमेत उनलाई हटाउन नसक्ने अवस्था प्रधानमन्त्रीको पुगेको ती नेता बताउँछन् ।

ती नेताका अनुसार कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला जित्दा माओवादीकी चम्पादेवी कार्की पराजित हुनुपरेपछि प्रचण्ड आफैं पनि आक्रोशित बनेका थिए ।

प्रचण्डको केन्द्रीय कमिटीमा ‘यो सरकार कांग्रेसले बनाएको होइन, गठबन्धनको विषय विचारणीय प्रश्न हो,’ भन्ने भनाइले प्रचण्डले गठबन्धनको काँध फेर्ने प्रस्टै संकेत दिए पनि कांग्रेसले नबुझेको टिप्पणी ती नेताले गरे ।

‘प्रचण्डले माघ २९ गते पार्टीकै बैठकमा यस्तो बोल्दासमेत हाम्रा नेताहरू सजग भएनन् । गाँठो नफुकाइ सभापतिलाई छैटौंपटक प्रधानमन्त्रीको तयारी गर्न उचालिरहे । प्रधानमन्त्रीलाई दिनकै तीनपटक भेट्छु भन्ने पूर्णबहादुर खड्काले नै नीति प्रस्तावमा माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनिदिए,’ ती नेता भन्छन्, ‘माओवादीले नै कांग्रेसलाई ठूलो दल बनाइदिँदा धन्यवाद दिनुपर्ने तर महामन्त्रीहरू पनि उस्तै अपमानको शैलीमा गठबन्धन गर्दैनौं, कांग्रेसलाई मात्रै भोट दिन्छौं भन्ने बेमौसमका कुरा गरेपछि माओवादी भड्किने आधार बन्यो ।’ 

गत वर्ष पनि सल्लाहकार र निकटकै गलत सूचनाको कारण प्रचण्ड र देउवाको समीकरण ओलीले उल्ट्याएका थिए । यसपटक पनि त्यस्तै भएको नेताहरू बताउँछन् । 

‘कांग्रेसका १० जना नै मन्त्रीका विषयमा पटक–पटक प्रश्न उठ्दा हामीले राम्रो काम गरिरहेका छौं भनेर ढाकछोप गर्ने काम उपप्रधानमन्त्री खड्काले गर्नुभयो । उहाँले दिनकै तीनपटकसम्म प्रधानमन्त्रीलाई भेट्ने गरेको कुरा आएका छन् । तर, प्रधानमन्त्रीको असन्तुष्टि कांग्रेसका विवादित र नतिजा नदिने मन्त्रीमा भएपछि हटाउन होइन, महासमिति बैठकमा समेत उहाँले राम्रो काम गरेको दाबी गर्न छाड्नुभएन,’ कांग्रेसका ती नेता भन्छन्, ‘गठबन्धन भत्किनुअघि आइतबार साँझ सभापतिलाई समेत खड्काले आफ्नो भेट प्रधानमन्त्रीसँग भइरहेको छ, त्यस्तो केही हुँदैन भनेपछि देउवाले तत्काल समस्या छैन भन्दै मन्त्रीहरूलाई भनेको देखिन्छ । यो भनेको अर्कोतिर गठबन्धन बनिसक्दा पनि सूचनामा पहुँच नहुनु हो ।’

अघिल्लोपटक पुस १० र अहिले फागुन २० दुवैपटक सभापति देउवाले आँखा चिम्लेर विश्वास गरेका खड्का र महतबाट प्राप्त गलत सल्लाह र अडानले डुबाएको नेताहरू बताउँछन् । 

प्रचण्ड र ओलीबीच भइरहेको भेटपछि देउवाले कुनै टिप्पणी नगर्ने तर संयमित हुन नेताहरूलाई निर्देशन दिएका थिए । तर अन्तिमसम्म पनि प्रचण्डलाई गाल्नैको लागि मन्त्री फेर्न र राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई दिन तयार नहुने अडानमा देउवा बसे । 

प्रचण्डले मुड बदलेपछि मन्त्री पनि फेर्ने, अध्यक्ष पनि छाड्ने गरी देउवा तयार भए । सोमबार बिहान उपसभापति खड्का र नेता कृष्णप्रसाद सिटौलालाई दूत बनाएर अन्तिम वार्ता गर्न देउवाले पठाए पनि । तर, प्रचण्डले ‘परिस्थिति धेरै अगाडि बढ्यो, तपाईंहरूले ढिला गर्नुभयो’ भनेपछि दुवै नेता चुपचाप देउवा निवास फर्किएको नेताहरू बताउँछन् । 

कांग्रेसकै चरण-चरणका धोका र एमालेले पहिले भएको गल्ती रियलाइजेसन गरेकाले नयाँ समीकरण सम्भव भएको प्रधानमन्त्रीले माओवादी बैठकमा ब्रिफिङ गरेका छन् । अब कम्युनिस्टबीच एकता गरेर जानेसम्मको तयारी भएको प्रचण्डले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x