×

NMB BANK
NIC ASIA

बिहारहरूले होटलसरह सुविधा दिएर पर्यटक राखेपछि लुम्बिनीका होटल व्यवसायी आन्दोलित

बुटवल | फागुन २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लुिम्बनी प्रदेशका होटल व्यवसायीहरू आन्दोलित भएका छन् । लुम्बिनी विकास कोषभित्र रहेका बिहारहरूले होटलसरह सुविधा दिएर पर्यटक राखेपछि लुम्बिनी होटल संघसँग सम्बद्ध होटल व्यवसायी आन्दोलित बनेका हुन् । उनीहरूले मंगलवार लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र समस्या सभाधान नगरे आत्मदाह गर्नेसम्मको चेतावनी दिएका छन् । 

Muktinath Bank

लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाउन पुगेका लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले एक हप्ता समय दिएको र यो समयभित्र समाधान नभए आत्मदाह गर्नसमेत व्यवसायी बाध्य हुने बताए । ज्ञापनपत्र बुझदै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सम्बन्धित सबै स्थानमा कुरा राख्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लुम्बिनी आएका सबै पर्यटक बिहारभित्र राख्नाले बाहिर होटल व्यवसायी मर्न बाध्य छौँ । जब हामी नै मर्दैछौँ भने हामीले लुम्बिनी विकास कोषलाई पनि चिन्दैनौँ,’ लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले भने, ‘हामीले यो लडाइँ अन्तिम लडाइँको रुपमा लडिराखेका छौँ । १२ वर्षदेखि यही माग राखिराखेका छौँ, अब सहन सक्ने अवस्था रहेन ।’ 


Advertisment
Nabil box
Kumari

अनलाइनबाट बुकिङ गरेर १० दिनका लागि लुम्बिनी आएका पर्यटक भित्र बिहार भ्रमणका गए पनि अर्को दिन बुकिङ क्यान्सिल गरेर जाने गरेको व्यवसायीहरूको भनाइ छ । लुम्बिनीका अधिकांश बिहारमा दैनिक ५० देखि २०० सम्म विदेशी पर्यटक बस्दै आएका छन् । लुम्बिनीमा करिब ९५ भन्दा बढी होटल रहेकोमा १५ वटा बन्द भइसकेका छन् भने १५ भन्दा बढी बन्दको अवस्थामा छन् । लुम्बिनीमा होटल क्षेत्रमा मात्र ७ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । लुम्बिनीभित्र रहेका थाई, चिनियाँ, कोरियाली, बर्मी, कम्बोडियन लगायतका बिहारले पर्यटक राख्दै आएका छन् । हरेक बिहारमा एकपटकमा १०० देखि ४०० सम्म पर्यटकलाई एकैपटक व्यवस्था गर्न सकिने छ । 

Vianet communication
Laxmi Bank

लुम्बिनी गुरु योजनामा एक बिहारमा एकजना पूजारी र तिनलाई स्याहारसुसार गर्नका लागि आवश्यक केही व्यक्ति बस्न मिल्ने चार कोठासम्मको भवन निर्माण गर्न सक्ने उल्लेख छ । 

तर लुम्बिनी बिकास कोषभित्र रहेका बिहारले गुम्बा निर्माणभन्दा पनि होटलशैलीमा बस्ने भवन निर्माणलाई तीव्रता दिएका छन् । जसका कारण लुम्बिनी भ्रमणका लागि आउने हरेक विदेशी आ–आफ्नै बिहारमा गएर बस्ने गर्दा होटल व्यवसायी मर्कामा पर्दै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x