×

NMB BANK
NIC ASIA

सुन प्रकरण

महरालाई तत्कालै कारबाही गर्न गृहमन्त्रीको निर्देशन, के छ आयोगको प्रतिवेदनमा ?

काठमाडाैं | चैत ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा छानबिन आयोगले कारबाही सिफारिश गरेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएका छन् । 

Muktinath Bank

प्रहरी महानिरीक्षक वसन्त कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली लगायतलाई आइतबार गृह मन्त्रालयमा निर्देशन दिँदै उनले कारबाही थाल्न निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले बिहीबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन प्राप्त गरेलगत्तै गृहमन्त्री लामिछानेले शुक्रवारदेखि प्रतिवेदन कार्यान्वयन शुरू गरेका थिए । 


Advertisment
Nabil box
Kumari

आयोगले सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान गरेको भन्दै सीआईबीको नेतृत्व परिवर्तन गर्न सिफारिश गरेको थियो । लगत्तै सरकारले किरण बज्राचार्यलाई हटाएर श्याम ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिएको थियो ।

Vianet communication
Laxmi Bank

गृहमन्त्रीको निर्देशनपछि सीआईबीले आयोगको प्रतिवेदन अध्ययन शुरू गरेको छ । 

आयोगको प्रतिवेदनले दोषी ठहर गरेको ‘ठूलो माछा’लाई कारबाही गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् । 

विद्युतीय चुरोट भेपमार्फत भएको सुन तस्करीमा महराको प्रत्यक्ष संलग्नता रहेको प्रतिवेदनमा औंल्याइएको छ । 

तस्करीका लागि पूर्व सभामुखसमेत रहेका महराले डस्टर गाडी नै तस्करहरूलाई प्रयोग गर्न दिएको खुलेको छ ।

महराको कल डिटेल रिपोर्ट (सीडीआर)बाट तस्करहरूसँग परस्पर लिंक देखिएको, डिजिटल फरेन्सिक ल्याब परीक्षण (डीएफएल)बाट पनि केही प्रमाणहरू फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाहेक उनले तस्करहरूलाई लजिस्टिक सपोर्ट गरेको पाइएको छ । दावासँग पैसा लिएर जीवन गुरुङको नाममा डस्टर गाडी दर्ता गरी महराले उपलब्ध गराएको स्रोतको दाबी छ ।

पढ्नुहोस्, यो पनि :
सुन तस्करसँग महराको कनेक्सन : लजिस्टिक सपोर्टदेखि डस्टर गाडी उपलब्ध गराउनेसम्म
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x