×

NMB BANK
NIC ASIA

युद्ध अन्त्य नहुने संकेत

कमजोर प्रतिद्वन्द्वीविरुद्ध पुटिनको पुनर्विजय: युद्ध अनुमोदित, पश्चिमी देशहरूलाई झट्का !

काठमाडाैं | चैत ६, २०८०

NTC
Premier Steels

भ्लादिमिर पुटिन पाँचौं पटक रूसको राष्ट्रपति बन्ने निश्चित थियो । जुन राजनीतिक परिवेश र परिस्थितिमा चुनाव हुँदै थियो, उनले जित्नेमा कुनै दुविधा थिएन । संसारभरका सबैजसो राजनीतिक विश्लेषक, रुसी मामिलाका जानकार तथा सञ्चारमाध्यमले मतदानअघि नै पुटिनको जीत सुनिश्चित ठानिसकेका थिए ।

Muktinath Bank

पुटिनको विपक्षमा विश्वसनीयता एक जना पनि उम्मेदवार थिएन । पुटिन शासनकालमा दर्जनौं विपक्षी नेता मारिए, जेल परे र कति निर्वासित भए । पुटिनसँग चुनाव लड्न चाहने केही उम्मेदवारलाई निर्वाचन आयोगले अनुमोदन दिएको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत महिना मात्र पुटिनका सबैभन्दा ठूला राजनीतिक प्रतिद्वन्द्वी तथा आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु भएको थियो । उनका अन्य धेरै विरोधीहरू जेलमा वा विदेशमा निर्वासनमा छन् । ७१ वर्षीय पुटिनले कुनै पनि किसिमको विपक्षीलाई उभिने मौका दिएका छैनन् ।


Advertisment
Nabil box
Kumari

पुटिनबाहेक कुनै पनि उम्मेदवारले ५ प्रतिशत मत कटाउन सकेनन् । दोस्रो स्थान हासिल गरेका कम्युनिष्ट उम्मेदवारले ४.३१ प्रतिशत मत पाए भने दानास्कोभले ३.७९स्लुत्स्कीले ३.१९ प्रतिशत मत पाए ।

Vianet communication

७४.२२ प्रतिशत मतदान भएको निर्वाचनमा पुटिनले भने एक्लै ८७.३४ प्रतिशत मत पाए । अघिल्लो निर्वाचनमा उनले ७८ प्रतिशत मत पाएका थिए । यसपटक झन्डै १० प्रतिशत बढी पाए । राष्ट्रपतिका उम्मेदवारले पुटिनले पाएको मत अहिलेसम्मकै धेरै हो । 

अहिले निर्वाचित ६ वर्षको कार्यकाल पूरा गर्दा उनको शासनकाल ३० वर्षभन्दा धेरै हुनेछ । सोभियत शासनकालमा जोसेफ स्टालिनको शासन करिब ३० वर्षको थियो । पुटिन ७१ वर्षका छन् । पुन: विजयी भएसँगै पुटिनले थप ६ वर्ष राष्ट्रपति पदमा रहने पक्का गरेका छन् र यसरी उनी रुसको २०० वर्षमा सबैभन्दा लामो समय शासन गर्ने शासक बन्न लागेका छन् । यो कार्यकालसँगै उनले जोसेफ स्टालिनको सबैभन्दा लामो शासनको कीर्तिमान पनि तोड्ने छन् ।

पुटिनलाई सन् १९९९ मा पहिलोपटक तत्कालीन राष्ट्रपति बोरिस यल्तसिनले प्रधानमन्त्री नियुक्त गरेका थिए । यल्तसिनको मृत्यु हुँदा उनले कार्यवाहक राष्ट्रपतिको भूमिका गर्ने अवसर पाए । त्यसपछि उनले कहिल्यै सत्ताबाट विमुख हुनुपरेन ।

राष्ट्रपति चुनाव पुन: जितेपछि पुटिनले राष्ट्रपतीय निर्वाचनमा अभिव्यक्त भएको जनमतबाट युद्ध जनअनुमोदित भएको बताए । रुसको लोकतन्त्र धेरै पश्चिमी देशको लोकतन्त्रभन्दा बलियो भएको बताए ।

पश्चिमी देशहरूद्वारा चुनावको निन्दा 
तर, पश्चिमी देशहरूले रूसको चुनावको निन्दा गर्दै भनेका छन्, 'यी चुनावहरू न त स्वतन्त्र न त निष्पक्ष थिए ।' जर्मनीले यस चुनावलाई सेन्सरशिप, दमन र हिंसाबीचको ‘नक्कली चुनाव’ भनेको छ।

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रुसको निर्वाचनको निन्दा गर्दै ‘युक्रेनको भूमिमा गैरकानूनी रूपमा चुनाव गराइएको’ बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले 'रुसी तानाशाहको अर्को चुनाव' भनेका छन् । 

रसियामा तीन दिन र रुसले कब्जा गरेको युक्रेनी क्षेत्रहरूमा अझ लामो समयसम्म चुनाव चल्यो। जनतालाई घरबाट निकालेर निर्वाचनमा सहभागी हुन मनाउने प्रयास थियो ।

आइतबार रुसको कब्जामा रहेको बर्दियान्स्क सहरमा निर्वाचन आयोगका एक अधिकारीको मृत्यु भएको खबर बाहिर आएको थियो । रुसका समर्थकहरू सेनाका साथमा मतपेटिका लिएर जनताको घरघरमा गएर भोट लिएको स्थानीयले बताएका छन् ।

तर, जब नतिजा आयो, रुसी टिभी च्यानलहरूले पुटिनको विजयलाई ठूलो जीत घोषणा गरे । रुसी च्यानलका एक पत्रकारले भने, 'यो भ्लादिमिर पुटिनको लागि ठूलो समर्थन र पश्चिमी देशहरूलाई ठूलो सन्देश हो ।'

विजयपछि पत्रकारहरूसँग कुरा गर्दै पुटिनले रुसी राष्ट्रपति अभियानको प्रशंसा गर्दै यो अमेरिकाको भन्दा राम्रो भएको बताए । उनले भने, ‘यो पारदर्शी र बिल्कुल सही छ । अमेरिकाजस्तो होइन जहाँ १० डलरमा भोट किन्न सकिन्छ।'

स्वतन्त्र वाचडग गोलोजलाई मतदान प्रक्रियाको पर्यवेक्षण गर्नबाट रोक लगाइएको थियो। तर, धेरै रिपोर्टहरू बाहिर आएका छन् जसमा चुनावमा अनियमितता भएको भनिएको छ । सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीलाई मतदान केन्द्रमा गएर वा अनलाइन भोटिङ गरेर मतदानमा सहभागी हुन दबाब परेको तर, उनीहरूले भोट हाल्नै पर्ने दबाब रहेको समेत बताइएको छ ।

युलिया नाभेलनाया बर्लिनस्थित रुसी दूतावासबाहिर ६ घण्टासम्म उभिएर विरोध मतदानमा सहभागी भइन् । उनले मतपत्रमा श्रीमान् नवल्नीको नाम लेखेको बताइन् । 

पाँचौं कार्यकालका लागि लाखौं मानिसले पुटिनलाई भोट दिए किनभने तिनीहरूसँग कुनै विकल्प थिएन । यसको सबैभन्दा ठूलो कारण यो हो कि क्रेमलिनले कुनै पनि विश्वसनीय प्रतिद्वन्द्वीलाई उम्मेदवार बनाएन । पुटिनका विरोधीहरू या त जेलमा छन् वा निर्वासनमा बाँचिरहेका छन् ।

'युक्रेनमा सैन्य कारबाही'लाई प्राथमिकतामा राख्ने
सन् २०२२ फेब्रूअरीमा सुरू भएको रुस-युक्रेन युद्ध दुई वर्षभन्दा धेरै लामो भइसकेको छ । युद्ध अन्त्य हुने अहिलेसम्म कुनै सङ्केत देखिएको छैन । निर्वाचनपछि पुटिनलाई यूक्रेन युद्ध जारी राख्न झनै सजिलो भएको छ । अहिले रुसी वार्षिक बजेटको ४३ प्रतिशत रकम युद्ध र सैन्य क्षेत्रमा खर्च भइरहेको छ ।

पुटिनले सेनालाई बलियो बनाउने र 'युक्रेनमा रुसको विशेष सैन्य कारबाही'लाई प्राथमिकतामा राख्ने बताएका छन् । आफूले चुनाव जितेपछि बोलेका पुटिनले प्राप्त नतिजाले रुसको हालको कदमप्रति जनताको विश्वास प्रस्तुत गरेको बताए । उनले रुसीहरू एकताबद्ध हुँदासम्म उनीहरूलाई कसैले भयभित पार्न वा दबाउन नसक्ने बताए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x