×

NMB BANK
NIC ASIA

नयाँ गठबन्धन बनेपछि पहिलोपटक प्रचण्ड-देउवा भेट

बालुवाटारमा प्रचण्ड र देउवाबीच भेटवार्ता: के भयो कुराकानी ?

काठमाडाैं | चैत १५, २०८०

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

२१ फागुनमा सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । बिहीबार बिहान ११ बजे बालुवाटारमा भएको भेटमा संसद्‌को गतिरोध र शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । उनका अनुसार प्रचण्ड-देउवाबीच एक घण्टा जति कुराकानी भएको हो ।

Muktinath Bank

‘उहाँहरूबीच एक घण्टाजति सकारात्मक छलफल भएको छ । प्रधानमन्त्रीले देउवाजीसँग संसदलाई विजनेस दिने, शान्ति प्रक्रियाका कामलाई सत्ता पक्ष र विपक्ष नभनी टुंग्याउन मैले पहिलदेखि नै पहल गर्दै आएको छु । जनताको मुद्दामा वादविवाद नगरी अगाडि बढौं । पर्याप्त छलफल गरौं मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीको छ,’ आचार्यले भने, ‘देउवाजीले पनि सकारात्मक जवाफ दिनुभएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसदमा विरोध गर्दै आएको छ । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले स्वार्थ बाझिनेगरी उनी मन्त्री पदमा बस्न नहुने अडान लिँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

यस अघिदेखि नै शान्ति प्रक्रियाका कामलाई सम्पन्न गर्ने टीआरसी विधेयक टुंगोमा पुर्याउन खोजिए पनि दलबीच सहमति जुटिसकेको छैन । यसअघि एमालेको असहमतिको कारण यो विषय अलपत्र पर्दै आएको थियो । एमाले सरकारमा गएपछि पनि यस विषयमा दलहरूबीच संवादको वातावरण देखिएको छैन ।

Vianet communication
Laxmi Bank

कांग्रेससँगको समीकरणमा भएपछि प्रचण्डले यसलाई टुटाउँदै २१ फागुनदेखि एमालेसहितका दललाई जोडेका थिए । प्रधानमन्त्री प्रचण्डले थप एक वर्ष प्रधानमन्त्री बनाएपछि देउवा आफू प्रधानमन्त्री बन्ने पर्खाइमा थिए । तर, प्रचण्डले समीकरण बदलेपछि कांग्रेस प्रधानमन्त्रीसँग असन्तुष्ट रहँदै आएको थियो । यही असन्तुष्टिपछि पहिलोपटक प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x