फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
कास्की | चैत १७, २०८०
पोखराकी चिनु गुरुङ हुनेखाने परिवारमै हुर्किइन् । बिहेवारी बिहे पनि हुनेखाने परिवारमै भयो । श्रीमान् लाहुरे भएकाले उनलाई आर्थिक अभाव थिएन । तर पनि चिनुलाई केही कमीको आभास भइह्यो । त्यो आभास थियो आफ्नो कमाइको । आत्मनिर्भरताको कमीले झक्झक्याइरहेको थियो । त्यसैले पनि उनले ठानिन्– आफ्नै व्यापार गर्ने । २८ वर्षअघि गरेको त्यही आँटले आज उनलाई आफ्नै परिचय दिएको छ । गण्डकी प्रदेशमा उनलाई उत्कृष्ट सौन्दर्यकर्मीका रूपमा चिनाएको छ । यो परिचय बनाउनु अगाडिका उनका संघर्ष भने अथाह छन् ।
चिनु सानैदेखि सौन्दर्यमा रुचि राख्थिन् । बालापनदेखि नै श्रृंगार गर्न रुचाउँथिन् उनी । रुचि भए पनि श्रृंगारबारे धेरै जानकारी थिएन । आफ्नो रुचिको विषयपछि व्यवसाय नै होला भन्ने उनलाई लागेको थिएन । तर, सौन्दर्य क्षेत्रमा लाग्न एकदिन उनलाई समयले नै जुराइदियो । भारतीय सेनामा कार्यरत श्रीमान् भारतको मद्रासमा भएको बेला उनी पनि त्यहीँ पुगेकी थिइन् । त्यहाँ उनी दुई वर्षजति बसिन् । त्यही समयका उनलाई सौन्दर्य व्यवसायले आकर्षण गरेको हो ।
श्रृंगारमा रुचि राख्ने चिनुको ध्यान आर्मी क्वाटरमा रहेकी एक महिलाले तानिरहेकी थिइन् । संजोग नै यस्तो पर्यो– उनको ध्यान खिचिरहेकी महिला सौन्दर्यकर्मी थिइन् । चिनुले उनैमार्फत् सौन्दर्यसम्बन्धी तालिम लिइन् । ‘क्वाटरमा बस्दा एक जना आर्मीकी मिसेसमा मेरो आँखा पर्यो । उहाँले बाहिर निस्कँदा राम्रो ड्रेस लगाएको देखेँ । उहाँको व्यक्तित्व देखेर प्रभावित भएँ,’ उनले सम्झिइन्, ‘उहाँले ब्युटी पार्लरमा काम गर्नुहुन्छ भन्ने थाहा पाएपछि उहाँप्रति मेरो थप चासो भयो । पछि उहाँसँग भेटघाट भयो । श्रृंगारसम्बन्धी विषय सिक्ने मौका पाएँ ।’
चिनुले शुल्क तिरेरै ६ महिनासम्म सौन्दर्यसम्बन्धी तालिम लिएकी हुन् । उनले नेपालमा कटिङ सिकेकी थिइन् । त्यो मद्रासमा काम लाग्यो । ‘नेपालमा कटिङबाट कमाएको पैसा पार्लर सिक्न खर्च गरेँ,’ उनी भन्छिन्, ‘यसरी मैले आफ्नो इच्छालाई सार्थक बनाउँदै लगेकी थिएँ ।’
सौन्दर्य तालिम लिएर विसं २०५३ सालमा नेपाल फर्किएपछि चिनुले पृथ्वीचोकमा रहेको एउटा पार्लरमा तीन महिना भोलिन्टियर काम गरिन् । परिवारले लगानीका लागि ३० हजार रुपैयाँ दिए । त्यसको तीन महिनापछि सोही पार्लर खरिद गरेर आफैँ सञ्चालन गर्न थालिन् । नाम जुराइन्– गुरुङ ब्युटी पार्लर ।
चिनुका अनुसार २७ वर्षअघि सौन्दर्य वा श्रृंगारबारेको बुझाइ अलि नकारात्मक थियो । ‘ब्युटी पार्लर भनेपछि राम्रो नजरले नहेर्ने, विश्वास नगर्ने अवस्था थियो । यसैले धेरै मेकअप गर्न मन नलाग्ने हुन्थ्यो । नक्कल गरे भन्ने पर्छ कि भन्ने डर लाग्थ्यो,’ त्यो बेलाको अवस्था उनले सम्झिइन् ।
सौन्दर्य पेशाबारे समाजको दृष्टिकोण बुझेपछि पनि चिनुलाई त्यसले धेरै असर गरेन । तर, यसको असर सेवाग्राहीलाई भने पर्यो । ‘त्यो बेला कमैमात्र ग्राहक आउँथे । आउने पनि लुकेर आउँथे । डराएर कपाल काट्थे । जाँदा छोपेर हिँड्थे,’ उनी भन्छिन् ।
चिनुको १६ वर्षको उमेरमै बिहे भएको थियो । पसल शुरू गर्दा पनि उनी २१ वर्षकी मात्र भएकी थिइन् । तर, एउटा छोरा भइसकेको थियो । यसर्थ घरगृहस्थीको पनि जिम्मेवारी थियो उनमा । बुहारी भएर व्यापार चलाउँदा उनले समाजबाट वचन सामना गर्नुपथ्र्यो । जे–जसो होस् परिवारले भने साथ दियो । यही साथका एकपटक भने उनको पाइला थोरै डगमगाएका थिए । महिनाको एक हजार भाडा तिरेर पृथ्वीचोकमा व्यवसाय सञ्चालन गरेकी थिइन् । आम्दानी कमै हुन्थ्यो । त्यसमा पनि एकपटक कमाएको पैसा चोरी भएपछि उनमा व्यापार गर्ने–नगर्ने अन्योल भएको थियो ।
‘चोरीको घटना भएको बेला हप्तादिनसम्म पनि बोनी हुन्थेन । त्यसले मलाई झनै यो पेशामा के गर्ने भन्ने भएको थियो । परिवारले पनि थप लगानीका लागि अन्य रकम नदिने भए । कमाइ नभए छोड्न सल्लाह दिए । यसले गर्दा मलाई व्यवसायलाई निरन्तरता दिनमै सकस भएको थियो,’ उनले दुःखका पुराना दिन सम्झिइन् ।
चिनुलाई याद छ– पहिलो महिनाको कमाइ २ हजार ५०० मात्र थियो । भाडा थियो एक हजार । काम गरेपछि घरमा पनि बुझाउनुपर्ने बाध्यता पनि थियो उनलाई । पसलमा लगानी कमै हुन्थ्यो ।
‘कुन पैसाले भाडा तिर्ने, कुन पैसाले लगानी गर्ने ? यस्तै दोधारमा थिएँ म,’ उनी भन्छिन् । यद्यपि, समस्या भोग्नुपरे पनि चिनुले हार भने मानिनन् । व्यवसाय गरिरहिन् ।
एक वर्षको अन्तरालमा नै उनको पार्लरले ‘पिकअप’ लिन थाल्यो । एक्लै धानिरहेको पार्लरमा स्टाफ चाहियो । तर, उनले स्टाफ राख्ने आँट गरिनन् । अर्कोतिर उनको व्यवसायले टर्निङ प्वाइन्ट लिँदै थियो । यसपछि उनले सौन्दर्यको तालिम दिएर थप पैसा कमाउने र स्टाफ राख्ने । नाम राखिन्– गुरुङ ब्युटी एकेडेमी । पार्लरसँगै ट्रेनिङ इन्टिच्युट पनि चलाइन् ।
‘स्टाफको जरुरत भयो । पोखरामा स्टाफ कहाँबाट खोज्ने ? ब्युटी पार्लर नै न्यून थिए । एकेडेमी खोल्न पुगेको पनि मेरो अभावले गर्दा हो । मलाई कामदार चाहिएको थियो, उनी भन्छिन्, ‘मैले कहाँबाट ल्याउनु । मैले इन्डियामा जसरी सिकेकी थिएँ, मैले त्यहीअनुसार सिकाएँ ।’
एक वर्ष सौन्दर्यसम्बन्धी काम सिकाएपछि स्टाफ राख्ने आँट गरेको चिनुले बताइन् । चिनुले विसं २०६२ सालमा तालिम केन्द्रलाई साच्चै एकेडेमीकै रूपमा विकास गरिन् । उनी सीटीईभीटीमा आबद्ध भइन् ।
२७ वर्षको अन्तरालमा धेरै कुरा फेरिएको चिनुले महसुस गरेकी छिन् । ‘अहिले महिलाहरू कपाल काट्दा खुलेर कस्तो देखिएको छ भन्न सक्ने भएका छन्,’ खुसी हुँदै उनी भन्छिन् ।
३० हजार रुपैयाँको लगानीमा शुरू भएको पार्लर अहिले न्युरोडको भवनमा दुई फरक–फरक कम्पनीका रूपमा सञ्चालनमा छन् । गुरुङ ब्युटी एकेडेमी र गुरुङ ब्युटी पार्लर प्रालिका नामले सञ्चालित ती बेग्लाबेग्लै कम्पनी हेर्दा व्यविस्थत लाग्छन् । चिनुको कम्पनीमा ९० जनाले रोजगार पाएका छन् । न्युरोडमा रहेको एकेडेमीमा मात्रै अहिले २५ जना स्वरोजगार छन् । भाटभटेनी र पृथ्वीचोकमा यसका फ्रेन्चाइज छन् । आजकल पोखराका अधिकांश पार्लरमा उनकै विद्यार्थी भेटिन्छन् । यो सफलतालाई आफनो लगनशीलता र अनुशासन ठान्छिन् उनी । उनलाई यो सफलता पाउन भने १० वर्ष लाग्यो । व्यवसायमा परिमार्जन गरेपछि आफूले सफलता पाएको उनी बताउँछिन् ।
अहिले विभिन्न संघसंस्थामा समेत आबद्ध भएकी छिन् चिनु । संघर्षरत रहँदा साथ नदिनेले अहिलेको सफलताको गुणगान गाउन थालको उनको भनाइ छ । ‘पहिले सौन्दर्य पेशामा लाग्ने बेला मैले धेरैको साथ पाइनँ । जब म सफल भएँ । सबैले गुणगान गाउँछन् । बलेको आगो मात्र ताप्ने चलन छ,’ उनले गुनासो गरिन् ।
त्यो बेला धेरथोर रकम नपत्याउँदा आफूले गहना बेचेर पार्लरमा लगानी गरेको चिनु सम्झिन्छिन् । ‘त्यो बेलामा २०–५० हजार आवश्यकता परेको बेला नपत्याउनु भनेको मलाई असहयोग गर्नु हो,’ उनी पुरानो दिन सम्झिन्छिन्, ‘सहयोग माग्दा कसैले पनि पैसा नदिएपछि मैले आफैँले लाउने गरेका गहना बेचेरसमेत लगानी गरेकी छु ।’ कम्पनी दर्ता गराउँदा प्रशासनले साथ नदिएका घटना पनि उनीसँग छन् । आफूलाई साथ चाहिँदा नपाएका कारणले पनि चिनुलाई लाग्छ– आँट गर्नेलाई साथ दिनुपर्छ ।
कठिनाइ भोग्दै अघि बढेको चिनुको व्यवसाय अहिले करोडको पुँजीमा परिर्वतन भएको छ । उनकै भनाइ विश्वास गर्ने हो भने पोखराका ९० प्रतिशत सौन्दर्यकर्मी उनकै एकेडेमीका उत्पादन छन् । ब्रान्ड बनिसकेको गुरुङ ब्युटी पार्लरमा कामको अनुभव र प्रमाणपत्र (सर्टिफिकेट)का लागि मानिसको लाइन नै लाग्ने गर्छ । सौन्दर्य क्षेत्रबाट चिनु आफू मात्र अब्बल बनिनन् अरुलाई पनि आर्थिक रूपमा सक्षम बनाउन मद्दत पुर्याउँदै आएकी छिन् । उनका अनुसार कास्कीमा ९० प्रतिशत व्यवसायमा सौन्दर्य क्षेत्रबाट आर्थिकरूपमा सशक्त छन् । यी सबै उनकै एकेडेमीका उत्पादन हुन् । योबाहेक स्याङ्जामा, लेखनाथ, पर्वत, बागलुङ र म्याग्दीमा पनि छन् ।
‘म संरक्षक हुँ–होइन थाहा छैन । तर म धेरैका लागि संरक्षक बनेँजस्तो फिल भने हुन्छ,’ उनी भन्छिन्, ‘उनीहरू आर्थिक रूपमा सशक्त बनेका छन्, उत्पादनमूलक कामममा लागेका छन्, अरुलाई रोजगारी दिएका छन् ।’
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...