×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

विवादमा फस्यो रेशम चौधरीको पार्टी, कर्णालीमा एमालेको सरकार

काठमाडाैं | चैत २०, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी विवादमा फसेको छ।  सत्ताको विषयमा सो पार्टीमा विवाद भएको हो । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ (अध्यक्ष) सत्ताको पक्षमा र चौधरी विपक्षमा बस्नुपर्ने भन्ने अडानमा रहेकै बेला सोमबार काठमाडौँमा बसेको बैठकमा कुटाकुट नै भएको छ । 
कुटाकुटको घटनापछि पार्टीभित्र आरोप प्रत्यारोप झाँगिएको छ । यसैबीच नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका महासचिव गंगाराम चौधरीले चैत २३ र २४ गतेका लागि  केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।
००००
नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी माओवादी केन्द्रले प्रदेश कमिटीलाई निर्देशन दिएको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि माओवादीका केही नेताले पार्टीले एमालेलाई नेतृत्व छाड्न नहुने अडान राख्दै आए पनि पार्टीले एमालेलाई मुख्यमन्त्री दिने सहमति भएकाले सोहीअनुसार गर्न प्रदेश कमिटीलाई सर्कुलर पठाएको हो । 

Vianet communication

पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको नेकपा माओवादी केन्द्रका भएको र सोहीअनुसार प्रदेशमा सर्कुलर आएको माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । 

कर्णालीमा हाल माओवादी केन्द्रका राजकुमार शर्माको नेतृत्व छ । उनले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको सन्दर्भमा अब विश्वासको मत के हुन्छ भन्नेबारे चासो उत्पन्न भएको छ । तर, शर्माले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
००००
नयाँ समीकरणअनुसार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।
सोमवार साँझ बसेको बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले राखेको विश्वासको मत प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका हुन् ।

यसैबीच जम्कट्टेलले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगरलाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई  विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालय हेटौंडाले जनाएको छ ।
००००
संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ । 
मंगलबार एक एक सूचना जारी गर्दै समितिले १० दिनभित्र समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने जनाएको छ ।
००००
राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न सोमबार कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ ।
००००
राष्ट्रिय सतर्कता केन्द्रले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहित तीन जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।

बिदामा बसेका बेला कूटनीतिक राहदानीको दुरुपयोग गरी मन्त्रालयको नेतृत्व गर्दै भारत भ्रमणमा गएका सचिव आचार्यलाई राहदानी दुरुपयोग कसुरमा कारबाही गर्न पत्राचार गरिएको हो ।
००००
सरकारले झण्डै एक दर्जन सचिवको सरुवा गरेको छ । सत्ता समीकरण फेरबदल भएसँगै ठूलो संख्यामा सचिवहरूको सरुवा गरिएको हो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवाको निर्णय गरे पनि सचिवहरूले भने सोमबार पत्र पाएका छन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव २६ अङ्कले ओरालो लागेको छ ।
सोमबारको कारोबारमा परिसूचक शून्य दशमलव  ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव  ०७ अङ्कमा सीमित भएको छ ।
००००
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक रहेको बताएका छन् । 
एक साता लामो चीन भ्रमण पूरा गरी सोमबार काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराइदिन आफूले गरेको आग्रहमा चीनले सकारात्मक प्रतिक्रिया जनाएको बताए । 

‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समितिको माग दोर्होयाएको छ । 
सहकारी ठगीको छानबिन नसकिँदासम्म गृहमन्त्रीले नैतिकताका आधारमा पद छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सांसद प्रतिमा गौतमले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन गर्नुपर्ने प्रतिपक्षको मागलाई बेवास्ता गर्दा आशंका झन बढेको बताएकी हुन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x