कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | चैत २१, २०८०
दुर्गा प्रसाईंले इजाजत प्राप्त गरेको र सर्वोच्च अदालत परिसरबाट बरामद हतियार फरक हुन सक्ने आशंका छानबिन समितिले गरेको छ । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा गठित छानबिन समितिले उक्त आशंका गर्दै थप परीक्षणका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाउने निर्णय गरेको छ ।
'जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति दिइएको हतियार र सर्वोच्च अदालत परिसरमा प्रसाईंका अंगरक्षकबाट बरामद भएको हतियार फरक हो कि भन्ने आशंका हामीलाई लागेको छ,' छानबिन समितिका एक सदस्यले लोकान्तरसँग भने, 'त्यसैले समितिको बुधवार बसेको बैठकले उक्त हतियार परीक्षणका लागि जिल्ला प्रहरी परिसर टेकु पठाउने भनेर निर्णय गरेको छ ।'
त्यहाँबाट प्रहरी ल्याबमा लगेर परीक्षण गरिने उनले खुलाए ।
त्यसबाहेक इजाजत पत्रमा जुनसुकै अवस्थामा देशभर प्रयोग गर्न पाउने भनेर लेखिएको विषयमा समेत छानबिन समितिले आशंका गरेको छ ।
'प्रसाईंले आफैं हातले लेखेको हो वा सम्बन्धित अधिकारीले नै लेखेको हो भन्ने कुरामा पनि हामीले आशंका गरेका छौं,' ती सदस्यले थपे, 'त्यसका लागि पनि फरेन्सिक परीक्षण गर्नुपर्ने विषयमा समितिमा छलफल भएको छ ।'
हतियारको इजाजतसँग जोडिएका सबै सरकारी अधिकारीसँग क्रमशः बयान लिने समय समेत निर्धारण भएको उनले खुलाए । छानबिन समितिमा गृह मन्त्रालयका कानून उपसचिव ऋषि पौडेल, सूचना अधिकारी समेत रहेका उपसचिव एकदेव अधिकारी र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् ।
समितिको बैठक दुईपटक बसेको र प्राप्त भएका कागजातको अध्ययन गरिरहेको समिति सदस्य एकदेव अधिकारीले बताए ।
'अहिले हामी प्राप्त भएका कागजात अध्ययनकै क्रममा छौं । छानबिनको कुरा अहिले भन्न मिल्दैन,' उनले थपे, 'आजसहित छानबिन समितिको दुई बैठक बसिसकेको हो ।'
२०७५ असार २१ गते प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट हतियार प्रयोगको अनुमति पाएका थिए । २०७९ पुस ७ मा २०८१ असार मसान्तसम्मका लागि इजाजत नवीकरण समेत भएको देखिएको छ ।
नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने इजाजत पत्रमा उल्लेख छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...