×

NMB BANK
NIC ASIA

रविमाथि संसदीय छानबिन

सहकारी अपचलन ठगीको विषय भएपनि कांग्रेसको नियत गठबन्धनमा भ्वाङ पार्ने देखियो– सूर्य थापा

काठमाडाैं | चैत २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले)का सांसद सूर्य थापाले सहकारीको बचत अपचलन ठगीको विषय भएपनि नेपाली कांग्रेसको नियत सत्ता गठबन्धनमा भ्वाङ पार्ने देखिएको बताएका छन् । रवि लामिछाने प्रतिपक्षबाट सत्तामा आएका कारण कांग्रेसले प्रहार गरिरहेको उनले दाबी गरे ।

Muktinath Bank

बुधवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद थापाले सहकारीका वचतकर्ता नठगिने सुनिश्चितताका लागि संसद्ले सरकारलाई निर्देशन दिनुपर्ने बताएका हुन् । ‘सहकारीका वचतकर्ताको रकम अपचलन ठगीको विषय हो, एकजना पनि ठगिन हुन्न । नठगिने कुराको सुनिश्चितता संसद्ले सरकारका निकायलाई निर्देशन दिएर गर्नुपर्छ, यो ल्याकत संसद्ले राख्नु पर्छ,’ उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी गठीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर कांग्रेसले गठबन्धनमा भ्वाङ पार्न खोजेको उनले आरोप लगाए । ‘सहकारीको सन्दर्भमा गरेको अनन्त रोदन सत्ता गठबन्धनमा भ्वाङ पार्ने उदेश्यका साथ गरिएको हो । रवि लामिछाने या कोही व्यक्ति प्रतिपक्षबाट सत्ता पक्षमा आएका कारण गरिएको व्यक्ति केन्द्रित प्रहारको औचित्य छैन,’ थापाले भने । 


Advertisment
Nabil box
Kumari

यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले सहकारी ठगीबारे बोल्न सत्तापक्षका सांसदलाई चुनौती दिएका थिए । सहकारी ठगीमा मुछिएका लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले वैशाख ६ देखि संसद्मा यो कुरा उठाइरहेको छ । 

Vianet communication
Laxmi Bank

यसैबीच, कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक आगामी २०८१ वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x