×

NMB BANK
NIC ASIA

आर्थिक मन्दीको असर

नयाँ वर्षमा पनि लुम्बिनीका ३० प्रतिशत होटेल मात्रै बुक: पर्यटक आउँछन्, फर्किहाल्छन्

बुटवल | बैशाख १, २०८१

NTC
Premier Steels

पर्यटकीय गन्तव्य लुम्बिनीका होटेल व्यवसायी नयाँ २०८१ मा पनि निरास छन् । नयाँ वर्षमा पनि अपेक्षाकृतरूपमा होटेल बुक नहुँदा व्यवसायी निरास भएका हुन् ।  लुम्बिनी होटल संघका अनुसार नयाँ वर्षका लागि जम्मा ३० प्रतिशत होटेल बुक भएका छन् । नयाँ वर्षमा खासै होटेल बुक हुन नसकेको संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । ‘नयाँ वर्षको पहिलो दिन आन्तरिक पर्यटक हुन्छन्,’ ज्ञवालीले भने, ‘स्टे गर्ने पर्यटक अहिलेसम्म खासै आएका छैनन् । आउँछन्–फर्किन्छन् । आर्थिक मन्दीका कारण होला लुम्बिनीको पर्यटन क्षेत्र कोरोनापछि उठ्न सकेको छैन ।’ 

Muktinath Bank

नयाँ वर्षमा लुम्बिनीमा अत्यधिक गर्मी हुन्छ । पर्यटकहरूले चिसो मौसम खोज्ने गर्छन् । लुम्बिनीमा नयाँ वर्षभन्दा दशैंपछि पर्यटकको संख्या बढी हुन्छ । दशैंपछि झण्डै तीन महिना लुम्बिनीका होटल ५५ प्रतिशत ‘बुकिङ’ हुने गरेको ज्ञवालीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

उनका अनुसार कोभिडभन्दा अगाडि भने नयाँ वर्षमा लुम्बिनीका शत प्रतिशत होटल ‘बुकिङ’ हुने गरेका थिए । दुई वर्षअघि लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भनेपछि नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटक खचाखच भएका थिए । 

Vianet communication

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल हो । लुम्बिनी पर्यटकीय मात्रै नभएर आध्यात्मिक स्थल पनि हो । संसारभरका बुद्धमार्गी र शान्ति प्रेमीको पवित्र गन्तव्य लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य भए पनि बसाइँ छोटो हुने गरेको उनले बताए । 

स्थलमार्ग हुँदै लुम्बिनीमा सबैभन्दा बढी भारतीय पर्यटक आउँछन् । भैरहवामा सञ्चालित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनीमा पर्यटक वृद्धि हुने आशा गरिए पनि त्यो विमानस्थल चल्न नसक्दा आशातीत लक्ष्य हासिल गर्न नसकिएको लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । ‘लुम्बिनीमा आउने पर्यटकहरूमध्ये अधिकांश तत्कालै फर्किने गर्छन्,’ अर्यालले भने, ‘लुम्बिनीबाहेक कपिलवस्तुको तिलौराकोट र परासीको रामग्राम पनि बुद्धसँग जोडिएका महत्वपूर्ण स्थल  हुन् । तर, ती स्थानमा पर्यटकहरू जाँदैनन् ।’ 

null

लुम्बिनीका पर्यटक व्यवसायीको पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम सरकारले ल्याउनुपर्ने उनी बताउँछन् । लुम्बिनी २०८० मा १० लाख १ हजार ५३० जना आन्तरिक र बाह्य पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । १० लाख पर्यटक लुम्बिनीको भ्रमण गरे पनि लुम्बिनीमा बसेर एक/दुई दिन घुम्ने पर्यटकको संख्या २० प्रतिशत मात्र छ । ४० वर्षदेखि चलिरहेको लुम्बिनी गुरुयोजना अझैसम्म पूरा हुन सकेको छैन । 

null

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले आर्थिक मन्दीसँगै रुपन्देहीको पर्यटन क्षेत्र संकटमा रहेको बताए । हरेक दिन रुपन्देहीका होटल बन्द हुँदै गइरहेको अध्यक्ष भण्डारीको भनाइ छ । लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, रामग्राम र देवदहलाई जोडेर वृहत् आध्यात्मिक केन्द्र र शान्ति शहरको रूपमा विकास गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिने उनले बताए । लुम्बिनीसँगै अरू ठाउँलाई जोडेर बुद्ध सर्किटको टुर प्याकेज बनाउन लुम्बिनी क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बाशुदेव घिमिरे बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x