कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
इलाम | बैशाख ८, २०८१
इलाममा चुनावी सरगर्मी बढेको छ । इलाम–२ मा वैशाख १५ गते हुने उप चुनावको लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवार मात्रै होइन प्रचार प्रसारमा केन्द्रीय नेताहरूको समेत लर्काे लागेको छ । उपनिर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी समूहले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
चुनाव प्रचारका लागि पूर्वप्रधानमन्त्रीदेखि बहालवाला मन्त्रीहरूसमेत इलाम पुगेका छन् । रास्वपाले धेरै केन्द्रीय नेता उतारेको छ । यसअघि पनि इलाममा प्रचारप्रसार गरेर फर्किएका रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रचारमा जुटेका छन् । रास्वपाले इलाममा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।
रविले इलामका विभिन्न ठाउँमा चुनावी सभा गरिरहेका छन् । रास्वपा इलामका अध्यक्ष मानबहादुर घिमिरेका अनुसार लामिछाने १२ वैशाखसम्म इलाममै रहनेछन् । शुक्रवार रविले माङसेबुङको लारुम्बा र मागमालुङको दुई वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । शनिवार फाकफोकथुम र माङसेवुङमा दुई वटा सभा छन् ।
उनीसँगै उपसभापति स्वर्णिम वाग्ले पनि अहिले चुनावी प्रचारमा खटिएका छन् । लामिछाने र वाग्ले मात्रै होइन रास्वपाका अन्य चार सांसद पनि प्रचारमा छन् । मिलनसँगै रास्वपाका ५ सांसद घर दैलो गर्दैछन् । जसमा सन्तोष परियार, असीम शाह र निशा डाँगी छन् । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ पनि आउने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावको मिति घोषणा भएपछि नै यही क्षेत्रमा खटिएका छन् । सहप्रवक्ता रमेशप्रसाईँ मिलनको चुनावी अभियानमा निरन्तर हिँडेका छन् । चुनाव आउन एक सातामात्रै बाँकी रहँदा कांग्रेस, कांग्रेस र स्वतन्त्र उम्मेदवारले पनि प्रचारलाई तीव्रता दिइरहेका छन् ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुधवार इलामको देउमाई नगरपालिकामा सुहाङ नेम्वाङलाई मत मागेर काठमाडौं फर्किइसकेका छन् । ओलीसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश पूर्वमुख्यमन्त्री शेरधन राईलगायत नेताहरू पनि इलामको चुनावी प्रचारमा सक्रिय रहेका थिए । एमालेको चुनावी अभियान पार्टी स्थायी कमिटी सदस्य एवं इलाम इन्चार्ज शिवमाया तुम्बाहाम्फेको कमान्डर बनेर खटिरहेकी छिन् ।
आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसका शीर्ष नेताहरूको दौडधुपगरी रहेका छन् । कांग्रेसले जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । चुनावी प्रचारका क्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले इलाम बजारमा मतदातासँग भेटघाट र घरदैलो गरेका छन् । कोइरालाले चुनावमा एकजुट भएर खट्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।
यस्तै शनिवार इलाम बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा शुक्रवार नै इलाममा आइपुगेका छन् । महामन्त्री थापाले यसअघि पनि फाकफोकथुम गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी प्रचारकै लागि पूर्वमहामन्त्री शशांक कोइराला पनि इलाम आइपुग्दैछन् ।
कोशी प्रदेशको नामकरण पछाडि एकजुट भएका पहिचान पक्षधर पनि यस पटक साझा उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएका छन् । पहिचानवादीको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले समेत चुनावी अभियानलाई तीव्रता दिएका छन् । विभिन्न ४१ वटा घटक दल र संघसंस्थाको समर्थनमा उम्मेदवार बनेका थेगिमको समर्थनमा धरान उपमहानरपालिका हर्क साङपाङ, अधिवक्ता स्वागत नेपाल, लेखक युग पाठक इलाम आएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आफ्नो दलका उम्मेदवार जीतबहादुर राईको पक्षमा चुनावी प्रचारमा होमिएका छन् । खनाल राईका चुनावी कमान्डरसमेत हुन् ।
इलाम २ मा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि इलाम–२ मा उपचुनाव हुन लागेको हो ।
इलाम–२ मा चुनावी प्रचार तीव्र भइरहँदा नयाँ मतदाता भने कसलाई मतदान गर्ने भनेर खुलेका छैनन् । इलाम बजारको एक पुस्तक पसलमा भेटिएका कैलाश दुलालले अहिलेसम्म कसलाई मतदान गर्ने भनेर खुलिनसकेको बताए ।
‘विदेशमा जस्तो भएको भए म कुनै उम्मेदवार मन परेन भनेर मतदान गर्थें तर यहाँ त्यो व्यवस्था छैन,’ उनले भने, ‘अहिलेसम्म कसलाई मतदान गर्ने भनेर निक्र्याेल गर्न सकेको छैन ।’ उनले अझै बुझेर मात्रै मतदान गर्ने बताए । रास्वपाका जिल्ला सभापति मानबहादुर घिमिरेले पनि मतदाता खुलिनसकेको बताए । इलाम बजारमा ट्याम्पो चलाउने धनबहादुर देवानले नयाँ पाटीलाई नभई नयाँ उम्मेदवारप्रति मतदाता उत्साहित रहेको बताए ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...