×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

बढ्यो आगलागीका घटना, नेपाललाई १० खर्ब ५३ व्यापार घाटा

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ।  सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पछिल्लो २० दिनयता देशका विभिन्न ७ सय ५९ स्थानमा आगलागीका घटना भएका छन् । गत चैत १९ देखि यही वैशाख ९ गतेसम्म आगलागीमा परेर १६ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।

Muktinath Bank

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगोले जलेर ३२ करोड ६३ लाख १७ हजार चार सय ७५ रुपैयाँ बराबरको क्षति भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वन डढेलो र घर तथा गोठ आगलागीमा परेर एक हजार ८ घर परिवार प्रभावित भएका छन् । जसमा दुई सय ७७ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने दुई सय ७८ घरमा आंशिक क्षति पुगेको छ ।


Advertisment
Nabil box
Kumari

प्राधिकरणका सूचना अधिकृत डा डिजन भट्टराईका अनुसार आगोले जलेर ५ सय ८८ वटा पशु चौपाया मरेका छन् ।
प्राधिकरणका अनुसार ७७ जिल्लामध्ये ६९ वटा जिल्ला आगोबाट प्रभावित बनेका छन्। जसमध्ये सबैभन्दा धेरै मोरङमा ३४ स्थानमा वन डढेलो तथा घरमा आगो लागेको छ ।
००००
नेपाल कम्युनिष्ट पार्टी एमालेको ललितपुरमा  सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई आह्वान गरेको छ ।

Vianet communication

बैठकबाट पारित १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावमा  उक्त आह्वान गरिएको हो । बैठकले गत फागुन २१ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एसका बीचमा बनेको नयाँ समीकरणको निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य प्रारम्भ भएकोमा सन्तुष्टि व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
००००
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने निर्णय गरेको छ ।
००००
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल विरुद्ध विशेष अदालतमा उक्त मुद्दा दायर गरेको हो ।
००००
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले आइतबार दायर गरेको रिट निवेदनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ । उक्त विवादको सुनुवाइ सोमबार हुनेछ ।
००००
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको दिएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका प्रतिधिसँग आइतबार हेटौँडामा भएको छलफलमा उनले कला, संस्कृति संरक्षण गर्ने ऐन पनि तत्काल मस्यौदा हुने जानकारी दिए ।
००००
सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिए । 
मन्त्रालयमा आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताए ।
००००
चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल रु १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले रु १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो ।

चालु आर्थिक वर्षको नौ महिना अवधिमा रु ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र रु एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेन्डामा राखिएको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको उनको भनाइ छ । कतारका अमिर मंगलबार नेपाल भ्रमणमा आउँदैछन् । 
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।शनिवार महाधिवेशन प्रतिनिधि परिषद्को उद्घाटन र राजनीतिक प्रतिवेदन पेश गरेका ओली अस्वस्थ भएपछि आइतवारको बैठकमा उपस्थित भएनन् । उनी घरमै आरामरत छन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।
जोखबहादुर महरा नेतृत्वको सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै जसपाले सरकार छाडेको हो ।
००००
हिउँपहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आइतवार बिहान पौने ९ बजेतिर तालमा ठूलो हिउँपहिरो झरेको स्थानीयले बताएका छन् । 

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ । बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x