×

NMB BANK
NIC ASIA

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक सभा

एकपटक असफल भए पनि कम्युनिष्ट एकताको लागि निरन्तर पहल गर्नुपर्छ: प्रचण्ड

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक असफल भए पनि कम्युनिष्ट पार्टीबीच एकताको लागि निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले ७४ को एकता विविध कारणले बचाउन नसकिए पनि प्रयास गरिरहनुपर्ने बताएका हुन् । 

Muktinath Bank

‘कम्युनिष्टबीच एकता गर्नुपर्छ भन्ने चेतनाको साथ २०७४ सालको चुनावमा हामीले प्रयोग पनि गर्यौं । त्यो एकताको प्रयोग थियो । आम जनताले अनुमोदन पनि गरेका थिए तर, विविध कारणले बचाउन सकिएन । एकपटक असफल भयो भन्दैमा एकताको प्रयास छोड्न हुँदैन। निरन्तर प्रयास गर्नुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकतन्त्रको सुदृढीकरण, जनताको दैनिकी सुधारको लागि समाजवाद अबको क्रान्तिको बाटो भएको उनले बताए । ‘चुनौतीको सामना, जोखिम उठाउँदै अगाडि बढ्ने कम्युनिष्ट आन्दोलनमा नियम जस्तै हो । जटिलता र चुनौती भए पनि स्वाधीनता र वामपन्थी एकताको लागि जोखिम उठाउनु राम्रो हो ,’ उनले भने, ‘कुनै पनि दलले सहकार्य र एकतामा जान पहल गर्नैपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

समाजवादप्रति कम्युनिष्टहरू एकतावद्ध भए पनि यसलाई कसरी प्राप्त गर्ने भन्नेमा फरक मत भएको पनि उनले बताए । 

Vianet communication

कम्युनिष्ट आन्दोलन वैचारिक बहसकै बीचबाट निर्मित हुने उनले बताए । ‘राजनीतिक, आन्दोलन संघर्षकै विचारबाट हुन्छ । वैचारिक बहसको बीचाट आन्दोलन निर्मित हुन्छ,’ प्रचण्डले भने, ‘नरबहादुर कर्माचार्य कम्युनिष्ट आन्दोलन, मजदुर संगठनको नेताको रुपमा पार्टी निर्माणमा संलग्न हुनुभयो । जीवनभर नै आन्दोलनको पक्षमा, वर्गसंघर्ष र सही विचारको पक्षमा उभिनुभयो । उहाँ निष्ठावान र सरल अभिभावक हुनुहुन्थ्यो । पुरानो पिँढीका निष्ठावान नेताकै प्रेरणाले कम्युनिष्टबीच एकता गर्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x