कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | बैशाख २७, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् । यससँगै कार्की पदमुक्त भएका छन् ।
सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
नयाँ सरकार गठनको लागि खापुङले तीन दिनको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउन सक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।
एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि एकाएक रक्षात्मक बनेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका यादव नेतृत्वको जसपा नेपाल र राई नेतृत्वको जसपा दुबैले सरकारलाई समर्थन कायमै राख्ने बताएका छन् ।
सरकारमै रहेका घटक दलले आफ्नोविरुद्ध सुनियोजित षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप उपेन्द्रको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा यादवले उक्त आरोप लगाएका थिए । उनले आफूविरुद्ध भ्रम फैलाएर पार्टी फुटाउने काम गरेको गुनासो पनि गरे ।
००००
आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने बुधबार पशुपति क्षेत्रमा भेटिएकी छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको अधिकारीले बताए ।
००००
‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८०’ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट केही सुझाव तथा संशोधनसहित पारित भएको छ । विधेयकमा दफाबार छलफलपछि समितिको बुधबारको बैठकले प्रतिवेदनसहित पारित गरेको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे बोलेपछि पौडेलले चासो राखेका छन् ।
यससँगै विज्ञ नेपालले विज्ञप्तिमार्फत आफ्नो धारणा बाहिर ल्याएका छन् । “यस विषयमा राष्ट्रपतिले चासो र जिज्ञासा राख्नुभएकामा केही अनलाइनमा आएका विषयमा मैले पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रकाशन भएकामा दुःखी भएको अवगत गराएको छु”, विज्ञ नेपालले भनेका छन् ।
००००
नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले सन्दीप लामिछानेमाथि बलात्कारको आरोप प्रकरणमा आफूलाई मुछेकोका आपत्ति जनाएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खड्काले आफ्नो चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले आरोप लगाइएको भन्दै बुधबार साँझ सामाजिक सञ्जालमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
००००
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् ।
बुधबार एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा विगतमा धेरै क्षति पुगेको बताएका हुन् ।
००००
सोमवारदेखिको हावाहुरी र वर्षाले काठमाडौं उपत्यकालगायत मुख्य शहरको वायु प्रदूषण घट्न थालेको छ ।
‘एयर क्वालिटि इन्डेक्स’ को बुधबारको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क ८९ मा झरेको छ ।
००००
नक्कली लाइसेन्स प्रकरणको छानबिनमा लहरो तान्दा पहरो थर्किने संकेत देखिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका क्रममा हालसम्म ९ जनालाई पक्राउ गरेको छ ।
००००
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल प्रचण्डबाहेक अरु कसैलाई पार्टीले प्रधानमन्त्री अफर गरेर पत्र नदिएको बताएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै लेखकले प्रचण्ड बाहेककालाई प्रधानमन्त्री अफर गरेको कुरा लगत भएको बताएका हुन् ।
००००
प्रतिनिधि सभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इलामका जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले सोहीअनुसार अगाडि बढ्ने उनले बताए ।
सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले यस्तो बताएका हुन् ।
००००
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ ।
सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको उपस्थितिमा बुधबार आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...