×

NIC ASIA

गतिरोध फुकाउने प्रयास

प्रचण्ड र देउवाबीच बुढानीलकण्ठमा ४० मिनेट भलाकुसारी, के भयो कुराकानी ?

काठमाडाैं | जेठ १३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

संसद्को सकसले बजेट ल्याउने विषय पेचिलो बन्दै गइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

संसद्को गतिरोध हटाउन संसदीय छानबिन समिति गठनका लागि निर्णायक छलफल गर्ने तयारी भएका बेला प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा ४० मिनेट कुराकानी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालुटावारमा प्रचण्ड, देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको छलफल डाकिएको थियो । तर, देउवा स्वास्थ्यको कारण देखाउँदै बालुवाटार नआएपछि प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् ।


Advertisment
Rupse Holidays
Nabil box

प्रधानमन्त्री र देउवाको छलफलपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले गतिरोध अन्त्यको विषयमा छलफल भएको जानकारी दिए ।

Vianet communication

‘प्रधानमन्त्रीको निवासमा आज बिहान प्रधानमन्त्री, एमाले अध्यक्ष र हाम्रो सभापतिबीच छलफल तय भएको थियो । उहाँहरू तीनजना बसेर संसद्को गतिरोध अन्त्यबारे छलफल गर्ने कुरा थियो । तर, आज हाम्रो सभापतिको स्वास्थ्य अवस्थाका कारण जान सक्नुभएन,’ परियारले भने, ‘यतै बसौं भन्दा प्रधानमन्त्री आउनुभयो, तर एमाले अध्यक्ष आउनुभएन ।’

कार्यदलले निष्कर्षमा पुर्‍याउन नसके पनि प्रधानमन्त्री गतिरोध अन्त्यका लागि गम्भीर रहेको पाएको परियारले बताए ।

‘सहकारीमा नागरिकको अर्बौं रुपैयाँ अपचलन भएको विषयमा हामीले निरन्तर छानबिन समिति गठनको विषय उठाउँदै आएका छौं ।  उपप्रधान एवं गृहमन्त्री संलग्न रहँदा विभिन्न सहकारीबाट गोर्खा मिडियामा रकम गएकाले छानिबन हुनुपर्छ भन्ने हाम्रो निरन्तरको माग छ,’ परियारले भने, ‘कार्यदलमा सहमति जुट्न नसकेको अवस्थामा प्रधानमन्त्री पनि गम्भीर भएको पाएका छौं । प्रधानमन्त्रीले सम्भव भएसम्म आज साँझ वा भाोलि बिहानसम्म बसेर टुंगोमा पुर्‍याउनुपर्छ भन्नुभएको छ ।’

छानबिन समितिका सम्बन्धमा विकल्प दिए पनि सत्तापक्षले भुलाउने प्रयास गरेको परियार बताउँछन् ।

‘नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको नाम लिएर समितिको अडान लिँदै आएको छ । तर, सत्तापक्षले रविको नाम नलिँदा कसरी छानबिन गर्ने प्रस्ताव ल्याउँछ भनेर कुरिरहेका छौं । हामीले विकल्प दिँदा पनि उनीहरू तयार छैनन्,’ उनले भने ।

परियारले थपे, ‘गोरखा मिडियाको अध्ययन गर्ने भन्ने भएपछि यत्तिले पुग्छ, यहाँ संलग्न व्यक्ति अहिले उल्लेख नगरौं भन्ने प्रधानमन्त्रीको कुरा छ । कम्पनीका सञ्चालक मात्र जवाफदेही हुने हो भन्ने उहाँहरूको कुरा छ,’ परियारले भने, ‘तर हामीले कम्पनीबाट नागरिकको अर्बौं रुपैयाँ लिँदा नियमसंगत लियो कि लिएन भन्ने हेर्नुपर्छ । यत्तिकै समस्या समाधान हुँदैन भनेका छौं ।'

गृहमन्त्री व्यक्ति विशेषको नाम नलिए पनि सहकारीबाट झण्डै एक अर्ब हाराहारी रकम गोर्खा मिडियामा ल्याउने क्रममा कुन तहका कर्मचारीले अपचलन गरे त्यसको टुंगो लगाउनुपर्ने अडान कांग्रेसको रहेको परियार बताउँछन् ।

ओली सहभागी नभएपछि आइतबार बिहान बस्ने भनिएको शीर्ष ३ नेताको बैठक प्रभावित भएको छ । संसद् बैठकअघि नै समिति गठनको गाँठो फुकाउने प्रयत्नमा प्रधानमन्त्री भए पनि कुनै सहमति नभएको हो ।

आगामी मंगलबार बजेट ल्याउनुपर्ने भएकाले त्यसअगाडि संसद् खुलाउनैपर्ने दबाबमा सरकार छ । प्रधानमन्त्रीसँगको भेटपछि देउवा आफ्नै पार्टीका नेताहरूसँग छलफलमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x