×

NIC ASIA

काठमाडौं, २९ मंसिर– कन्चनपुरकी एक युवतीको विगत दुई वर्ष अघिदेखि महिनावारी रोकिएको थियो । यौन स्वास्थ्यको विषयमा समाज र परिवारमै पनि खुलेर कुराकानी गर्ने वातावरण थिएन । त्यसैले उनले आफ्नो समस्याको बारेमा परिवारलाई बताउने चाहना भएपनि  बताउन सकेकि थिइनन् ।

Muktinath Bank

महिनावारी रोकिने वित्तिकै कुनै पुरुषसँग शारीरिक सम्बन्ध थियो र गर्भवती भएको हो कि भनेर अनुमान गर्ने समाजको प्रवृति छ । समाज र घरपरिवारले नराम्रो सोच्छन् कि भन्ने डर र लाजले उनले आफ्नो परिवारमा समेत आफू महिनावारी नभएको कुरा भनिनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिनावारी नभएपनि दुई तीन साताको फरकमा अत्याधिक पेट दुख्ने गरेपछि उनले आफ्नो समस्या लुकाएर बस्न सकिनन् ।  परिवारमा आमा र दिदीलाई आफ्नो समस्या बताएपछि  उनकी दिदीले उनलाई स्वास्थ्य परीक्षण गराउँन काठमाडौंमा ल्याएकी छिन् ।


Advertisment
Nabil box
Kumari

‘बहिनीको महिनावारी रोकिएको दुई वर्ष भइसकेछ । मैले त केही महिनाअघि मात्रै थाहा पाएको हो । म यतै बस्ने भएर बहिनीलाई कन्चनपुरबाट उपचारको लागि काठमाडौं नै बोलाए ।’ नाम नबताउने सर्तमा उनकी दिदीले लोकान्तरसंग भनिन्,‘अविवाहित युवतीहरु महिनावारी रोकिएको छ भन्ने सुन्यो भने हाम्रो समाजले शंकाको दृष्टिले हेर्छ । त्यहिभएर समस्या भएपनि खुलेर बोल्न सकिन्न । ’

Vianet communication

कन्चनपुरकी यी युवती त प्रतिनिधि पात्र मात्रै हुन् । समाज र परिवारमा यौन स्वास्थ्यलाई लाज र डरको रुपमा हेर्ने प्रवृतिले धेरै अविवाहित युवतीहरु समस्या लुकाएर बस्ने गर्छन् ।

पुरुषसँग यौन सम्बन्ध नभएपनि महिनावारी रोकिँदा समाजले गलत दृष्टिले हेर्छ भनेर युवतीहरु आफ्नो रोगलाई आफैमा सिमित राख्छन् ।  जब रोगले सहन नसक्ने गरी पिरोल्छ तब मात्रै उनीहरु उपचारमा पुग्ने गछन् ।

थापाथलीस्थित प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा महिनावारी रोकिएको समस्या लिएर आउँने युवातीहरुले खुलेर समस्या नभन्ने गरेको चिकित्सकहरुले बताए । ‘महिनावारीको समस्या भनेपछि हामीले भित्री यौनाङ्गको अवस्था राम्रोसँग हेरेर, पाठेघरमा संक्रमण वा घाउ छ कि भनेर हेर्नुपर्ने हुन्छ ।  किशोरीहरु ‘प्राइभेट पार्ट’ देखाउन लाज मान्छन् । भित्री अंग नहेरी रोग थाहा हुँदैन । ’ अस्पताकी स्त्री रोग विषेशज्ञ डाक्टर देवी गुरुङले भनिन् ।

‘अस्पतालमा विरामीको चाप धेरै हुन्छ । उनीहरु लाजमानेर वेडमा यतिकै बसिदिन्छन् । खुलेर समस्या नै राख्दैनन् सुरुमा त । हामी यौनाङ्गमा मासु पाएको छ कि छैन भनेर हेरेर, जिउँहरु छामेर, हमोर्न लेबलहरु हेरेर रोगको कारण पत्ता लगाउँछौं ।’

महिनावारी रोकिएको समस्या लिएर धेरै युवतीहरु गाइनोको ओपिडिमा आउँने गरेको डा. गुरुङले बताइन् । ‘गाइनोको ओपिडिमा काम गर्न गाह्रो छ, विरामीहरु धेरै हुन्छन् । युवतीहरु आफ्नो यौनाङ्ग देखाउनै मान्छैनन् । त्यसैले धेरै समस्या हुन्छ । उनले भनिन्,‘ सुरुमा खुलेर समस्या नै भन्दैनन् । उनीहरुसंग कुरा गर्न समय लाग्छ ।’

महिनावारी महिलाहरुको प्राकृतिक प्रकृया हो । प्रजनन क्षमताको विकास हुने क्रममा युवतीहरु १२ देखि १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी हुन्छन् ।  सामान्य अवस्थामा स्वास्थ्य जीवनशैली, यौनाङ्गको सरसफाइमा ध्यान नदिदा संक्रमणको कारण महिनावारी रोकिने तथा अनियमितता हुने गर्छ । 

किशोरी अवस्थामा महिनावारी रोकिँदा कसैलाई कुनै लक्षण नदेखिइ रोकिने गरेको डा. गुरुङले बताइन् । उपचारको  लागि आउने विरामीहरुले तल्लो पेट दुख्ने, खाना अत्याधिक रुच्ने, मोटाउने समस्या देखिएपछि महिनावारी रोकिएको बताएको डा. गुरुङले सुनाइन् ।

यस्ता कारणले किशोरीहरुमा महिनावारी रोकिन्छ 

सरसफाइमा ध्यान नदिनु ।
शरीरमा रोग संग लड्ने क्षमतामा कमी आउँनु ।
यौन रोगको संक्रमण हुनु ।
वंसाणुगत गुण 
हर्मोनमा असन्तुलन हुनु । 
पाठेघरमा समस्या हुनु ।

किशोरी अवस्थामा महिनावारी रोकिँदा हर्मोनमा असन्तुलन भइ पुरुषको जस्तै शरीरमा रौंहरु बढ्ने, मोटोपना देखिने र अण्डासय उत्पादन नहुँदा गर्भधारण नहुने समस्या हुने डाक्टर गुरुङले बताइन् ।

नियमित महिनावारी हुनु महिलाको लागि स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । महिनावारीलाई नियमित बनाउन स्वास्थ्यकर खानपान र स्वास्थ्यकर जीवनशैलीले महत्वपूर्ण भूमिका हुन्छ ।

महिनावारी नियमित गराउन यस्तो कुरामा ध्यान दिनुस्

सम्भव भएसम्म अर्गानिक खाना खाने ।
केमीकल राखेको खाना नखाने ।
यौनाङ्गको सरसफाइमा विशेष ध्यान दिने ।
महिनावारी अनियमितता भएमा वा रोकिएरमा समयमै उपचार गराउने ।
अत्याधिक क्याफिन र सुगर पाएको पेय पदार्थ सेवन नगर्ने ।
 मोटोपन नियन्त्रण गर्ने ।

सन्दर्भ तस्वीर

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x