×

NMB BANK
NIC ASIA

डोटीका कांग्रेस राजीनामा दिएर सडकमा, सभापति भन्छन्- 'अब आन्दोलन नै गर्ने हो'

माघ ४, २०७४

NTC
Premier Steels

काठमाडौं४ माघसरकारले ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि सबैभन्दा तनाव डोटीका कांग्रेस नेता/कार्यकर्तालाई भएको छ । आफ्नो जिल्लामा प्रदेश राजधानी नतोकिएकोमा दु:ख त सबैलाई छ, तर कांग्रेसहरुलाई दु:ख मानेर तथा आन्दोलन गरेर मात्र सुख छैन, सत्तारुढ दल हुनुको नाताले जनतालाई जवाफ पनि दिनुपरेको छ ।

Muktinath Bank

आफ्नै सरकारले आफूहरुले भनेको नसुनेपछि बुधाबर प्रदेश राजधानी तोकिएको केही घण्टा नबित्दै उप-सभापतिसहित जिल्ला कमिटीले नै राजीनामा घोषणा गर्‍यो। यसरी राजीनामा दिनेहरुको सूचीमा सभापति प्रदीप देउवाको नाम थिएन। तर, उनी पारिवारिक कामको शिलशिलामा काठमाडौंमा रहेकाले छुटेका रहेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफू परिवारको सदस्य बिरामी परेकाले उपचारका लागि राजधानीमा रहेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

दीपायललाई प्रदेश राजधानी नबनाइएकोमा देउवाले दु:ख व्यक्त गरे । 'सभापति (शेरबहादुर देउवा)ज्यूलाई ४/५ पटक भेट्यौँ, हुन्छ-हुन्छ भन्नु'भो तर, भएन,' लोकान्तरसँग उनले दु:खेसो पोखे।

Vianet communication

पार्टीबाट राजीनामा दिने जिल्ला नेताहरुप्रति नै उनको सहानुभूति देखियो। 'कांग्रेसकै सरकार भएको बेलामा, आफ्नै प्रधानमन्त्री भएको बेलामा यस्तो भयो, अनि के गर्नु?' जिल्ला कमिटीले नै राजीनामा दिएको प्रसंगमा उनले भने।

जिल्ला गएर साथीहरुको राजीनामा फिर्ता गराउने कि आफू पनि मिसिने त? 'फिर्ता गर्ने त कुरै हुँदैन, साथीहरुले मासको बीचमा घोषणा गरिसक्नु'भो, अब आन्दोलन नै गर्ने हो,' उनले भने।

देउवाले गृहजिल्ला फर्किनुअघि एकपटक शीर्ष नेतालाई भेट्ने सोचेका छन्, यद्यपि राजधानी तोकिएपछि अहिलेसम्म कुरा भएको छैन।

उनले सबै हिसाबले प्रदेश राजधानीका लागि दीपायल उपर्युक्त रहेको बताए । 'उच्च अदालत, क्षेत्रीय प्रशासन कार्यालय सबै दीपायलमै छ, ऐतिहासिक ठाउँ पनि हो, अब जे हुन्छ, आन्दोलनबाटै हुन्छ,' उनले भने ।

हेर्नुहोस् कांग्रेसका जिल्ला नेताहरुले दिएको राजीनामा-

जिल्ला सभापति देउवाले फेसबुकमार्फत नै जिल्ला कमिटीले दिएको राजीनामाप्रति ऐकेबद्धता जनाएका छन् ।

यस्तो छ उनको अभिव्यक्ति- 

'प्रदेश नं. ७ को अस्थायी राजधानी डोटी हुनुपर्छ भनी हामीले गरेका प्रयत्नहरूलाई बेवास्था गर्दै जुन सरकारले अस्थायी मुकाम तोकेको छ, त्यसले डोटीको इतिहास पहिचान मेटाउने काम गरेको छ र डोटेली जनताका लागि खेदजनक छ । किमार्थ स्वीकार गरिन्न । साथै उक्त निर्णयलाई तत्काल सच्याउन जोडदार माग गर्दछु र जिल्लाबासी तथा पार्टीका साथीहरूले चालेका आन्दोलका हर कदमरूमा मेरो दृढ समर्थन छ । साथीहरू लडाईँ शुरु भएको छ, त्यसलाई गन्तव्यमा पुर्‍याउनु छ, संयमका साथ अगाडि बढ्न पनि अनुरोध गर्दछु ।'

सरकारी निर्णयको विरोधमा डोटीमा आन्दोलन चर्किँदै गएको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको 'शवयात्रा'सहित उग्र प्रदर्शनसमेत भएको थियो । आन्दोलन अझै जारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x