×

NIC ASIA

प्रदेश १ ले छुट्टै पात्रो बनाउने, केन्द्र सरकारले तोकेका सार्वजनिक बिदा कटौती गरिने

फागुन २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

बिराटनगर, २० फागुन– प्रदेश नम्बर १ को मन्त्रिपरिषद बैठकले आगामी सय दिनको कार्यक्रम ल्याउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले अब हरेक बिहीवार मन्त्रिपरिषद बैठक बस्ने निर्णय समेत गरेको छ । 

Muktinath Bank

बिहीवारको बैठकले १०० दिने कार्यक्रम ल्याउने निर्णय गरेपनि कार्यक्रम भने आगामी मंगलवार मात्रै सार्वजनिक गरिनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले चालु आर्थिक वर्षको असारसम्मको बजेट तर्जुमा गरी पारित गर्ने निर्णय गरिएको बताए । चैत १५ गते सरकारले चालु आर्थिक वर्षको बजेट ल्याएर पारित गर्ने उनले बताए  ।


Advertisment
Nabil box
Kumari

प्रदेशस्तरमा नयाँ पात्रो

Vianet communication

त्यस्तै आगामी वर्ष २०७५ को लागि प्रदेशस्तरबाट नयाँ क्यालेण्डर (पात्रो) आउने भएको छ । त्यसका लागि कानून मन्त्रालयका सचिवको संयोजकत्वमा मुख्यमन्त्री कार्यालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव र एक जना पञ्चाङ्ग निर्णायक समितीका सदस्य वा बिज्ञ रहनेगरी बार्षिक क्यालेण्डर बनाउन समिति बनाइएको छ । 

देश संघीय संरचनामा गइसकेको अबस्थामा एउटा प्रदेशको बिदा अर्को प्रदेशलाई आवस्यक नपर्ने तथा कतिपय विदाहरु कटौती गर्नुपर्ने समेत हुने भएकोले समिति बनाएर पात्राे निर्माण गर्न लागिएको मन्त्री कार्कीले जानकारी दिए ।

योजना अनुगमनमा मन्त्रीस्तरीय टोली

मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण योजनाहरु समयमै पुरा गर्नका लागि मन्त्रीस्तरीय अनुगमन समिति बनेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की संयोजक रहने गरी सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत तथा  मुख्यमन्त्री कार्यालयबाट प्रशासन हेर्ने सचिवलाई अनुगमन समितिको सदस्य बनाइएको छ । यो समितिले १ नम्बर प्रदेशमा भएका विकास निर्माणका कामको अनुगमन गर्नेछ । 

स्थायी राजधानी र नामको बिषयमा छलफल शुरु

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामको बिषयमा औपचारिक छलफल शुरु भएको जनाएको छ । प्रदेशर सरकारको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता हिक्मतका कार्कीले सरकारले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामको बिषयमा औपचारिक छलफल शुरु भएको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x