×

NIC ASIA

प्रदेश नम्बर एक – सरकारका सञ्चालनका लागि आवश्यक कानून बनाउन अझै तीन महिना लाग्ने

फागुन २८, २०७४

Prabhu Bank
NTC
Premier Steels

विराटनगर, २८ फागुन– प्रदेश नं. एकको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानूनहरु तीन महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी काम थालेको छ ।

Muktinath Bank

प्रदेश सरकारका लागि आवस्यक पर्ने कानून बनाउनको लागि मन्त्रालयबाट छलफल शुरु भएको हो । सरकार बनेको एक महिनाको अबधिमा एउटा कानूनलाई मात्र अन्तिम रुपमा दिन लागेको सरकारले ३ महिनामा सबै कानूनको ड्राफ्ट तयार गर्ने योजना बनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब एवं प्रदेश सरकारको कानून तर्जुमा समन्वय समितिका संयोजक यज्ञबहादुर खत्रीको अध्यक्षतामा आइतबार बसेकोे बैठकले ३ महिनामा सबै खालका कानूनको ड्राफ्ट तयार पार्ने निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari

बैठकले सबै मन्त्रालयले आफ्नो मन्त्रालयको लागि आवश्यक पर्ने कानूनको सूची ७ दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । कानून निर्माणमा अन्य प्रदेशका सरकारभन्दा पछि परेको १ नम्बर प्रदेश सरकारले एउटा कानूनलाई भने अन्तिम रुप दिएको छ । 

Vianet communication

यसअघिको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको आर्थिक कार्यबिध ऐन–२०७४ आर्थिक मामिला तथा योजना मन्त्रालयबाट आन्तरिक मामिला तथा कानून मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेको छ । अब मन्त्रिपरिषदले त्यसलाई प्रदेशसभामा छलफल र स्वीकृतिका लागि पठाउनेछ । यस्तै कानून मन्त्रालले प्रदेशको कर सम्बन्धि बिधेयकलाई सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषद् कार्यालयमा पठाएको जनाएको छ ।

यसअघि संघीय सरकारले प्रदेश सरकारको लागि आवश्यक पर्ने २२ वटा कानूनको पहिचान गरेको भएपनि त्यो संख्या बढ्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भने ५४ वटा कानून बनाउनुपर्ने प्रारम्भिक सूची तयार गरेको छ ।

सूचीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ७ वटा, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ५ वटा, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ८ रहेका छन् । यस्तै सबैभन्दा धेरै सामाजिक विकास मन्त्रालयमा १२ वटा, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ५ वटा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ११ वटा र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ६ वटा कानून निर्माण गर्नुपर्ने खाका तयार भएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x