×

NMB BANK
NIC ASIA

काठमाडौं, २९ चैत– सन् २०१६ को नोभेम्बर १० देखि भारतमा प्रतिबन्धित भारतीय रुपैयाँ (भारु)को अहिले पनि नेपालमा कारोबार भइरहेको खुलेको छ । 

Muktinath Bank

राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा प्रतिबन्धित भारुको कारोबार भइरहेको प्रहरीले फेला पारेको छ । प्रहरीले बुधवार राति मात्रै काठमाडौंबाट करिब ५० लाख प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा डेढ वर्ष पहिले नै प्रतिबन्धित भारतीय रुपैयाँ नेपाल ल्याएर अवैध रुपमा कारोबार थालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार ५०० भारुको नोट नेपालमा २२५ देखि २७५ रुपैयाँमा बिक्री हुने गरेको छ । 
‘भारतमा प्रतिबन्धित भारतीय ५०० र १००० दरका नोटको नेपालमा कारोबार भइरहेको भन्ने सूचना पहिले नै मिलेको थियो,’ एसएसपी पोखरेलले भने, ‘त्यस्ता नोटलाई नियन्त्रणमा लिन सक्रियता बढाउँदा अहिले ५० लाख बराबरका ५०० र १००० दरका भारु नोट बरामद गरेका छौं ।’


Advertisment
Nabil box
Kumari

प्रहरीले कूल ४९ लाख ३१ हजार ५०० भारतीय रुपैयाँ बराबरका भारु नोट बरामद गरेको हो । जसमा १००० दरका २ हजार २ सय ६ थान र ५०० दरका ५ हजार ४ सय ५१ थान नोट छन् । 

Vianet communication

प्रहरीले प्रतिबन्धित भारतीय नोटसँगै २ जना नेपालीलाई पनि पक्राउ गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ का ५३ वर्षीय सुनिल देव वैश्य र नुवकोटको शिवपुरी गाउँपालिका–५ का ५० वर्षीय चेत बहादुर नेपाली प्रतिबन्धित भारुसहित पक्राउ परेका हुन् । 

पक्राउ परेका सुनिल देव वैश्य कपडा व्यापारी रहेको खुलेको छ । उनले कपडाको व्यापार गर्न आफूले भारुसटही गरेको प्रहरीसमक्ष बयान दिएका छन् । चेतबहादुर नेपाली भने पूर्वमाओवादी लडाकु रहेको खुलेको छ । 

नेपाल सरकारका नाममा भारुको कारोबार

नेपालमा भारुको कारोबारमा भारतीय नागरिकको बढी सक्रियता देखिएको छ । भारतमा ‘कालो धन’ लुकाएर राखेका व्यक्तिले आफूसँग रहेको प्रतिबन्धित भारु आधाभन्दा पनि कम मूल्यमा नेपाल पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

‘भारु प्रतिबन्ध हुनु अगाडि ठूलो मात्रामा पैसा राखेका व्यक्तिले प्रतिबन्धित भारुको कारोबारका लागि नेपाली बजार प्रयोग गरिरहेका छन्,’ प्रहरी स्रोत भन्छ, ‘नेपाल सरकारले आफ्नो देशमा रहेका प्रतिबन्धित भारु साट्ने विषयमा भारतसँग कुराकानी गरिरहेका बेला त्यस्ता भारु नोट नेपाल आएको देखिन्छ ।’

‘तिमिहरुले किनेको भारु नेपाल सरकारले भारत सरकारसँग साटिदिन्छ भन्दै नेपाली व्यापारीलाई भारु बेचिएको देखिन्छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘सरकारले साँट्ने भन्ने सुनेपछि नेपाली व्यापारीले पनि आधाभन्दा कम मूल्यमा पाएका कारण भारु लिएका रहेछन् ।’

भारतीय विधायक समेत भारु तस्करीमा

प्रहरी स्रोतका अनुसार प्रतिबन्धित भारतीय नोट नेपाली बजारमा पठाउने कार्यमा भारतका केही विधायकको समेत संलग्नता देखिन्छ । भारतको बिहार राज्यको विधानसभाका केही विधायकहरुले सीमा क्षेत्रमा व्यापार गर्ने नेपाली व्यापारीको प्रयोग गरी नेपालमा भारु तस्करी गरेको प्रहरी स्रोतले जनाएको छ । 

‘भारतीय उच्च अधिकारी र विधायकहरुले नै प्रतिबन्धित भारु नेपालमा बिक्री गरेको सूचना पाएका छौं,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘यस बारेमा बिस्तृत रुपमा अनुसन्धान भइरहेको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x