×

NMB BANK
NIC ASIA

विराटनगर, ३ जेठ– तस्करीको साढे ३८ क्विन्टल सुन र सनम शाक्य हत्याकाण्ड प्रकरणमा अहिले जिल्ला अदालत मोरङमा थुनछेक बहस चलिरहेको छ । सरकारतर्फका वकिलहरुको बहस सकिसकेको छ भने प्रतिवादी (अभियुक्त) पक्षका वकिलको बहस चलिरहेको छ । 

Muktinath Bank

मोरङ जिल्ला अदालत स्रोतका अनुसार बुधवारसम्म प्रतिवादीका तर्फबाट बहस गर्न ६५ जना कानून व्यवसायीहरुले ११३ वकालतनामा दर्ता गराएका छन् । बुधवारसम्म प्रतिवादीका तर्फबाट ३५ जना वकिलहरुले बहस गरिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सनम अपराधि अरु निर्दोष


Advertisment
Nabil box
Kumari

अदालतमा बहस चलिरहेकै समयमा केही अधिवक्ताहरुले भने सुन तस्करी प्रकरणमा मारिएका सनम शाक्यलाई ‘अपराधी’ करार गरिसकेका छन् । 

Vianet communication

सुन प्रकरणमा जोडिएका व्यापारी र प्रहरी अधिकारीको प्रतिरक्षामा उत्रिएका अधिवक्ताहरुले सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे) र मारिएका सनम शाक्य बाहेक अरु ‘निर्दोश’ भएको दावी गरेका छन् ।

बुधवार तत्कालीन प्रहरी जवान बिष्णुबहादुर खड्काको प्रतिरक्षामा बहस गरेका वरिष्ठ अधिवक्ता हिक्मत पौडेलले उनकै शब्दमा अपराधी (सनम शाक्य)को मृत्यु भइसकेकाले अपराध पनि मरिसकेको दलिल पेश गरे । 

बुधवारको सुनुवाईमा सबैभन्दा पहिले बहस गरेका पौडेलले सनमको हत्याबाहेक सुन तस्करीको कुरा काल्पनिक कथा मात्रै भएको दावी पनि गरे । ‘सनम शाक्यको हत्यासँग सम्बन्धित मात्रै मुचुल्का छन् । सुन तस्करीको कुनै तथ्य नै छैन,’ बहसमा आफ्नो दलिल पेश गर्दै अधिवक्ता पौडेलले भने, ‘सुन तस्करीका सम्बन्धमा काल्पनिक कथा बुनिएको छ श्रीमान् ।’

अधिवक्ता पौडेलले सुन तस्करी हिसाव किताव राखिएको भनेर प्रहरीले बरामद गरेको भनेको लग बूक (डायरी)लाई प्रमाण मान्न नसकिने जिकिर गरे । ‘प्रमाण ऐनको दफा १४ अनुसार त्यस्तो डायरीलाई प्रमाण मान्न सकिँदैन,’ बहसका क्रममा ऐनको दफा पढेर सुनाउँदै अधिवक्ता पौडेलले भने, ‘प्रमाणका रुपमा बरामद भएको भनिएको डायरी र लगबूकको आधिकारिकता पनि छैन ।’

जवान खड्काको प्रतिरक्षामा उत्रिएका पौडेलले सुन तस्करीमा अन्य प्रहरी अधिकारीको संलग्नता नरहेको पनि दावी गरे । 

यस्तै प्रहरी जवानकै प्रतिरक्षमा बहस गरेका अर्का अधिवक्ता खगेन्द्र बहादुर श्रेष्ठले स्पष्ट आधारबिनै प्रहरी अधिकारी र आफ्नो पक्षका जवान विष्णुबहादुर खड्कामाथि अभियोग लगाइएको दाबी गरे । 

सुन तस्करीका अभियुक्तका ‘महंगा वकिल’

सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न भन्दै सरकार वकिलको कार्यालय मोरङले ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा संगठित अपराध र कर्तव्य जान मुद्दामा अभियोग पत्र दायर गरेको छ । 

सरकारी वकिलको कार्यालयले अभियोग पत्रमा २०४४–४५ सालदेखि नै नेपालमा सुन तस्करी हुने गरेको उल्लेख गरेको छ । अहिले मुद्दा खेपीरहेको समूह २०६९ सालदेखि संगठित भएको सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्रमा उल्लेख गरेको छ । 

सरकारी वकिलको कार्यालयले सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न भन्दै प्रहरीका बहालवाला ८ जना १ जना पूर्व कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएका प्रहरीकर्मचारीमध्ये निलम्बित प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्याम बहादुर खत्री फरार छन् भने अन्य ८ जना हिरासतमा छन् । 

हिरासतमा रहेकामध्ये अधिकांश प्रहरी कर्मचारीले भने आफ्नो प्रतिरक्षाका लागि तुलनात्मक रुपमा महंगा मानिने (बढी सेवाशुल्क) लिने कानून व्यवसायी छानेका छन् । पूर्वमहान्याधिवक्ता रमन श्रेष्ठदेखि वरिष्ठ अधिवक्ता शम्भु थापाले सुन तस्करीका अभियुक्तको प्रतिरक्षामा बहस गरेका छन् । 

काठमाडौंका कानून व्यवसायीबीच चल्ने चर्चाका अनुसार वरिष्ठ अधिवक्ता शम्भु थापाले कुनै १ व्यक्तिको पक्षमा १ घण्टा वकालत  ३ देखि ४ लाख रुपैयाँ लिन्छन् । जबकि उनले आइतवार मोरङ जिल्ला अदालतमा सुन तस्करीका अभियुक्त प्रहरीका निलम्बित एसपी विकास खनाल र सुन व्यापारी भनिएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङको पक्षमा २ घण्टा बहस गरे । 

त्यस्तै पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भुजुङ गुरुङ, विकासराज खनाल र प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलाको प्रतिरक्षामा बहस गरे । 

वरिष्ठ अधिवक्ता श्रेष्ठमार्फत बहस गराएका एक व्यक्तिको भनाइअनुसार उनले १ घण्टा बहस गरेवापत २ लाख ५० हजार रुपैयाँ लिन्छन् । लोकान्तरसँगको कुराकानीमा भने अधिवक्ता श्रेष्ठले आफ्नो पारिश्रमिक खुलाएनन् । 

‘कसैले मलाई महंगो वकिल भन्छन् पनि होला । तर म आफूले गर्ने वकालतअनुसारको सेवाशुल्क लिन्छु,’ लोकान्तरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘तर मैले कति पारिश्रमिक लिन्छु भनेर मिडियामा भन्नु त भएन नि !’  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x